त्रिवि उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्।

प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले अर्याललाई त्रिवि उपकुलपति नियुक्त गरेका हुन्।

अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत भइसकेका छन्।

त्रिवि उपकुलपति सिफारिस समितिले अर्यालसहित तीन जनाको नाम सिफारिस गरेको थियो।

प्रा.डा. केशरजङ्ग बरालले त्रिवि उपकुलपतिबाट राजीनामा दिएपछि प्रा.डा. खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.