थापाथली पुलमुनि मृत अवस्थामा भेटिए हरि राई

काठमाडौं । काठमाडौं महानगरपालिका–११, थापाथलीमा रहेको पुलमुनि एक जना ब्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

नजिकै रहेको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । थप अनुसन्धान चलिरहेको छ ।

Facebook Comments