राजनीति

अन्तत: प्रधानन्यायाधीशको विषयमा देउवाले खोले मुख, के बच्ला पद ?

अन्तत: प्रधानन्यायाधीशको विषयमा देउवाले खोले मुख, के बच्ला पद ?

राजनीति
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्। महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए। जवाफमा देउवाले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिने बताएको जानकारी गराएका थिए। ‘प्रधानन्यायाधीशबाट राजीनामा दिन्नँ भन्ने कुरा आएको छ,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘हामी महाभियोगको पक्षमा छैनौं, अरूले लगाए भने थाहा छैन।’ न्यायालयमा बढ्दै गएको गुटबन्दीले शासन व्यवस्थामाथि नै चुनौती खडा गर्नसक्ने भन्दै बैठकमा सहभागी नेताहरूले चासो र चि...
हुम्लामा चीनले सीमा मिचेको सरकारी अध्ययन समितिको निष्कर्ष

हुम्लामा चीनले सीमा मिचेको सरकारी अध्ययन समितिको निष्कर्ष

राजनीति
काठमाडौं । गृह मन्त्रालयले गठन गरेको अध्ययन समितिले हुम्लामा चीनले सीमा मिचेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित समितिले केही दिनअघि मन्त्रालयलाई बुझाएको अध्ययन प्रतिवेदन सार्वजनिक भने गरिएको छैन । प्रतिवेदनमा घुमाउरो शैलीमा नेपाल र चीनबीच हुम्ला जिल्लामा सीमा समस्या रहेको उल्लेख छ । स्रोतका अनुसार गृह मन्त्रालयले हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवाद द्विपक्षीय सहकार्यमार्फत समाधान गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । प्रतिवेदन प्राप्त भएपछि कार्तिक २ गते परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच भएको कुराकानीमा पनि सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । अध्ययन समितिको प्रतिवेदनले सीमाको ४ देखि ११ नम्बर पिल्लरसम्म समस्या देखिएको जनाएको छ । अध्ययन प्रतिवेदनले स्थायी तरिकाले विवाद समाधान गर्न...
केपी ओलीलाई लाग्यो चुनाव, गृहजिल्लाबाट तताउँदै माहोल

केपी ओलीलाई लाग्यो चुनाव, गृहजिल्लाबाट तताउँदै माहोल

Featured, राजनीति
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन् । उनी वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन् । सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली इलेक्सन) मा जानुपर्ने लवइङ गर्दै आएको र गत साता गृहप्रदेश सुदूरपश्चिम जाँदा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले ताजा जनादेशबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएपछि ओली झनै हैसिएका हुन् । किनकि अहिल्यै अवस्थामा वैशाखभित्र मध्यावधि चुनाव भएमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभन्दा आफ्नो पार्टी एमालेले अगाडि हुने ओली पक्षीय आँकलन छ । सत्ता गठबन्धन चुनावी गठबन्धनमा परीणत नहाेस् भन्ने चाहन्छन्, ओली । आगामी वैशाखभित्र स्थानीय तहकाे चुनाव गर्नुपर्ने प्रस्ताव निर्वाचनआयाेगले गरिसकेकाे छ । चुनावकाे खर्चमा मितव्ययिता अपनाउन तीन तहकै...
१५ न्यायाधीशको बटमलाइन प्रधानन्यायाधीश राणाको राजीनामा, आज पनि बैठक बस्दै

१५ न्यायाधीशको बटमलाइन प्रधानन्यायाधीश राणाको राजीनामा, आज पनि बैठक बस्दै

Featured, राजनीति
काठमाडौैं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वाेच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ । न्यायालयमा देखिएको अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकालेका न्यायाधीशहरूको बैठक बिहान साढे ११ बजे बस्न लागेको हो । न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिइसकेका छन् । मंगलबारको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निणर्यका लागि बुधबार छलफलमा जुट्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने न्यायाधीशले अडान लिएका छन् । मंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामूहिक रुपमा भेटेर मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका ...
यी हुन् एमाले पाल्पाका १० स्थानीय तहका कमाण्डर, पदाधिकारीमा युवाको वर्चस्व

यी हुन् एमाले पाल्पाका १० स्थानीय तहका कमाण्डर, पदाधिकारीमा युवाको वर्चस्व

राजनीति
पाल्पा : एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ । हेर्नुहोस कुन पालिकामा कसको नेतृत्व १ तानसेन नगर कमिटी अध्यक्ष : गुराँस आत्रेय उपाध्यक्ष : शशि श्रेष्ठ सचिव : महेशलाल शाक्यसहित ७४ सदस्य नगर कमिटी । २ रामपुर नगर कमिटी अध्यक्ष : विष्णु रेग्मी उपाध्यक्ष : तोयानाथ सारु सचिव : कृतिनाथ श्रेष्ठ ३ तिनाउ गाउँ कमिटी अध्यक्ष : प्रेम श्रेष्ठ उपाध्यक्ष : रोमहादुर लम्तरी सचिव यादव अर्यालसहित ७५ सदस्ययी गाउँ कमिटी ४ रम्भा गाउँ कमिटी अध्यक्ष : योगेन्द्रप्रसाद गैरे उपाध्यक्ष : उमानसिंह सारु सचिव : विजय रानाभाट ५ रैनादेवि छहरा गाउँ कमिटी अध्यक्ष : रामप्रसाद ज्ञवाली उपाध्यक्ष : दानबहादुर थामी सचिवमा मानबहादुर थामीसहित ७५ सदस्यीय गाउँ कमिटी ६ रिब्दीकोट गाउँपालिका अध्यक्ष : आशिष विश्वकर्मा उप...
आज बागमती मुख्यमन्त्री शाक्यकाे पदको छिनाेफानाे

आज बागमती मुख्यमन्त्री शाक्यकाे पदको छिनाेफानाे

राजनीति
हेटौंडा : अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ । एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन् । बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति गरिसकेका छन् । जस अननुसार मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएकाे छ । कांग्रेस, म...
चितवन पुगेर प्रचण्डले भने– अब हुने चुनाव मेरालागि अन्तिम हुनेछ

चितवन पुगेर प्रचण्डले भने– अब हुने चुनाव मेरालागि अन्तिम हुनेछ

राजनीति
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्। मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए।उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै उम्मेदवारी दिने पनि बताए। उनले भने, ‘सायद अबको निर्वाचन मेरोलागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनँ।’ सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले बुटबलमा हुने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सारेर आफ्नो महत्व दर्शाइदिएको टिप्पणी गरे। फरक प्रसङ्गमा बोल्दै प्रचण्डले आफूले कुनै निराशाजनक अभिव्यक्ति नदिएको जिकिर गर्दै रुपान्तरणको लागि संकल्प गरेको बताए।...
प्रधानन्यायाधीश राणाले भोलि राष्ट्रपतिलाई राजीनामा बुझाउने !

प्रधानन्यायाधीश राणाले भोलि राष्ट्रपतिलाई राजीनामा बुझाउने !

राजनीति
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पदबाट राजीनामा दिने निष्कर्शमा पुगेको बताइएको छ । प्रधानन्यायाधीश राणाले मंगलबार राष्ट्रपतिलाई राजीनामा बुझाउने तयारी गरेको निकट स्रोतले बताएको छ तर औपचारिक पुष्टि हुन बाँकी छ । प्रधानन्यायाधीश राणानिकट स्रोतले भन्यो, 'न्यायालयमाथि जसरी आक्रमण सुरु भएको छ, यसको निकासका लागि सम्माननीयज्यू राजीनामा दिने निष्कर्शमा हुनुहुन्छ। भोलि राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउनुहुन्छ ।' प्रधानन्यायाधीशको भूमिकाले न्यायालय गम्भीर संकटमा पुगेको भन्दै पूर्वप्रधानन्यायाधीशहरु र नेपाल बार एशोसियसनले राजीनामाको सुझाव दिएका छन् । सर्वाेच्च अदालतकै न्यायाधीशहरुले पनि सोमबार इजलास बहिस्कार गरे । सोमबार दिउँसो चार पूर्वप्रधानन्यायाधीशहरुले एक विज्ञप्ति जारी गर्दै राणालाई राजीनामा दिन सुझाएका छन् । प्रधानन्यायाधीशले राजीनामा नगरे महाअभियोग समेत लाग्न सक्ने चेता...
एमालेबाट निर्वाचित वडाध्यक्ष लागुऔषधसहित पक्राउ

एमालेबाट निर्वाचित वडाध्यक्ष लागुऔषधसहित पक्राउ

राजनीति
सिरहा । प्रहरीले लागुऔषधसहित वडाध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव रहेका छन्। भारतबाट फर्किदै गर्दा माडरमा चेकजाँच गर्ने क्रममा प्रहरीले वडा अध्यक्ष यादवको साथमा लागुऔषध फेला पारेको हो। उनको साथबाट नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामत गरिएको छ। सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔषध बरामद भएको थियो। यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए। पार्टी फुटेपछि पनि उनी एमालमै थिए। प्रहरीले हाल थप अनुसन्धान भइरहेको बताएको छ।...
अन्तत: यस्ताे शर्तमा राजीनामा दिन तयार भए प्रधानन्यायाधीश जबरा !

अन्तत: यस्ताे शर्तमा राजीनामा दिन तयार भए प्रधानन्यायाधीश जबरा !

Featured, राजनीति
काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले राजीनामा दिने हो भने न्यायालय नै नबच्ने टिप्पणी गरेका छन्। मंगलबार १५ न्यायाधीशसँगको भेटमा प्रधानन्यायाधीश जबराले सडक र बाहिरबाट राजीनामा माग्दैमा राजीनामा दिने हो भने न्यायालय बच्न नसक्ने टिप्पणी गरेका हुन्। स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीश जबराले फैसलामा प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामा दिन तयार रहेको बताएका थिए। ‘म संवैधानिक तवरले नियुक्ति भएको हुँ ।निकास दिनेभए सबैले निकास दिँउ’, उनको भनाई उदृत गर्दै स्रोतले भन्यो। संवैधानिक दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ। यसअघि न्यायाधीशहरुले प्रधानन्यायाधीशले न्यायपालिकामा बसेर कार्यपालिकासँग पदको सौदावाजी गरेको, संवैधानिक निकायमा भागबण्डा गर्ने र मुद्दा नहेर्ने प्रवृति भएको लगायतका विषयमा अवधारणा प्रस्तुत गरेर राजीनामा माग्ने तयारी गरेका थिए। यसै ब...