एमाले पालिका अधिवेशन : पोखरामा पृथ्वीसुब्बा र खगराज निकटबीच प्रतिस्पर्धा
पोखरा : नेकपा एमालेले कास्कीकाे पोखरा महानगरपालिकासहित जिल्लाका पाँचवटै पालिकामा सर्वसहमतिमै नेतृत्व टुंग्याउन प्रयास थालेकाे छ । एमालेले आज मंगलबार देशभर पालिका अधिवेशन गर्दैछ ।
‘सर्वसम्मत नेतृत्व चयन भए सबैभन्दा बढी प्रजातान्त्रिक हुनछहो । मतदान नै गर्नुपर्छ भन्ने छैन,’ एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘सबै जना सर्वसम्मतको पक्षमा हुनुहुन्छ ।’
पोखरा, रुपा र मादीमा पूरानै अनुहार दोहोरिने सम्भावना छ । पोखरामा हाल दीपक पौडेल अध्यक्ष छन् भने रुपामा सहबक्स मियाँ र मादीमा बालकृष्ण गुरुङ छन् । तीनै जनाले अध्यक्षमा दावी गरेका छन् ।
यद्यपि, पोखरामा तेजनारायण अधिकारी र दिलीप न्यौपानेले पनि दाबी गरेका छन् । अधिकारीले भने, ‘सर्वसम्मत अध्यक्ष बन्छु भनेर नै महानगरको प्रतिनिधि बनेको हुँ । अबको अध्यक्ष म नै हो ।’ अधिकारी र पौडेल पृथ्वीसुब्बा गुरुङ निकट छन् भने न्यौपाने खगराज अधिकारी निकटका हुन...








