राजनीति

निर्वाचन आयोगले विजयी घोषणा गरेको चार वर्षपछि अर्कै बने वडा अध्यक्ष

निर्वाचन आयोगले विजयी घोषणा गरेको चार वर्षपछि अर्कै बने वडा अध्यक्ष

राजनीति
महोत्तरी : स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका- ५ का स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार रायले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मतगणनाका लागि दिएको आदेशपछि चार वर्षपछि पुनः आइतबारदेखि जनकपुर उच्च अदालतको सभाहलमा मतगणनामा सुरु भएको थियो । रायले २६८ मत र नेपाली काङ्ग्रेसबाट विजयी भएको भन्दै हालसम्म वडा अध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएको निर्वाचन आयोगले प्रष्ट पारेको छ । २ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रायको २६७ मत आएकामा निर्वाचन अधिकृतले चौधरीका तीन बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो । निर्वाचन आयोगले गोलाप्रथाद्वारा नेपाली काङ्ग्रेसका उम्मेदवार चौधरीलाई विजयी भएको घोषणा गरे पनि स्...
सक्रिय राजनीति गर्नका लागि पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

सक्रिय राजनीति गर्नका लागि पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

राजनीति
काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन्। एमाले स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार पूर्व आईजीपी खनाल एमाले प्रवेशको तयारीमा रहेका हुन्। यसका लागि एमाले नेतृत्वसँग सहमति भइसकेको नेता गुरुङको भनाइ छ। उनका अनुसार ९ कार्तिकमा पालिका अधिवेशनपछि खनाललाई पार्टीमा स्वागत गरिनेछ । पार्टी प्रवेश गर्न खनाल तयार भइसकेको गुरुङले जानकारी दिए। मंगलबार कार्तिक ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ।...
आज प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

आज प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

राजनीति
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् । नेकपा एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन खातुन भने फरार छिन् । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी उनी आजको प्रदेशसभा बैठकमा उपस्थित हुने सम्भावना कम छ । विपक्षी गठबन्धनमा रहेको कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मन्चका एक जना सांस...
एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

राजनीति
दार्चुला : दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् । ‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने । शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । केही वडामा अधिवेशन सम्पन्न नेकपा एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानीय तहहरूमा ६१ वटा वडाहरू मध्ये केही वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिबार ...
कर्णाली प्रदेशमा कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने माओवादीको निर्णय

कर्णाली प्रदेशमा कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने माओवादीको निर्णय

Featured, राजनीति
सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको हो । बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने समेत निर्णय गरेको हो । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला गत वैशाख २ गते नेपाली कांग्रेस, माओवादी र तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह -हालको एकीकृत समाजवादी) बीच ११ बुँदे सहमति भएको थियो । कांग्रेसले पूर्व सहमति अनुसार सरकारको नेतृत्व दाबी गर्ने बताएको छ तर मुख्यमन्त्री शाही भने उक्त सम्झौता कार्यान्वयन नगर्ने र बाँकी अवधि आफैंले प्रदेश सरकारको नेतृत्व गर्ने गृहकार्यमा जुटेका छन् । मुख्यमन्त्री शाहीकै प्रस्तावमा विस्तारित बैठकले हालको सरकारलाई नै पूर्ण क...
प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको निरीक्षणमा जाँदै

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको निरीक्षणमा जाँदै

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको निरीक्षणमा जाँदैछन् । प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग संयुक्त रुपमा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको क्षतिको अवस्था र सरकारले गर्नु पर्ने कामबारे छलफल गर्नेछन् । प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खाप...
एकीकृत समाजवादीले तीन महिने संगठन विस्तार अभियान चलाउने

एकीकृत समाजवादीले तीन महिने संगठन विस्तार अभियान चलाउने

राजनीति
बैतडी : नेकपा (एकीकृत समाजवादी) बैतडीको पहिलो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संगठन विस्तार अन्तर्गत पालिकाका कमिटीहरु गठन गर्ने, अहिले गठन प्रक्रियामा रहेका वडा कमिटी गठनलाई निरन्तरता दिने, जनवर्गीय संगठनहरु विस्तार गर्ने, नयाँ सदस्यता थप गर्ने र पुरानालाई नवीकरण गर्ने बताइएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले अबको तीन महिना संगठन विस्तार र सुदृढीकरणमा लाग्ने बताए । विस्तारित बैठकले जिल्ला सचिवालय गठन गर्ने तथा जिल्ला कमिटी सदस्यहरु थप गर्ने निर्णय गरेको छ । सचिवायल सदस्यको टुंगो लगाउने जिम्मेवारी जिल्ला कमिटीका पदाधिकारीलाई दिएको छ । जिल्ला पदाधिकारीले नै स्थानीय तहका इन्चार्जहरु तोक्नुका साथै जनवर्गीय संगठनका इन्चार्जसमेत त...
धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

राजनीति
जनकपुरधाम : धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । '१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,' उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’ ९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशनपश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिबेला एमालेका जिल्ला नेताहरु आ-आफ्...
‘बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन, महाभियोग संसदको विषय हो’

‘बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन, महाभियोग संसदको विषय हो’

राजनीति
काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । ‘हामी छलफलमै छौं । भोलि उहाँलाई भेट्ने कार्यक्रम छ । उहाँसँग भेटेपछि रिपोर्ट कार्यान्वयनमा हाम्रो जोड हुनेछ, उहाँसँग भोलि छलफल भएपछि बारको बैठक बस्छ,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने । महाभियोगको प्रश्न संसदको विषय भएको उनको भनाइ थियो । पूर्व न्यायाधीशहरुको फोरमले प्रधानन्यायाधीशको राजीनामा माग गरेको सवालमा बारले कुनै आधिकारिक धारणा नबनाएको पनि अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘उहाँहरुले आफ्नो विचार दिनुभएको छ । त्यसको अवलम्बन गर्ने या नगर्ने भन्ने त्यो प्रधानन्यायाधीशले सौच्नुपर्ने हो । फोरमको वक्तव्य नेपाल बारमा आईसकेको छैन् । औपचारिक रुपमा अध्ययन गर्छौं । अहिले धारणा बनेको छैन ।’ अध्यक्ष श्रेष्ठले विगतमा भागबण्डाको आधारमा न्यायाधीश...
सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति

सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति

Featured, राजनीति
सुनसरी : नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । आज देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको छैन । वडा वडामासमेत अधिवेशन हुन सकेनन् । जिल्लाका दुई हरिनगरा र बर्जु गाउँपालिकामा बाढीले तहसनहस पारेपछि अधिवेशनको मिति सारिएको छ । तर धरान उपमहानगरमा भने पार्टीभित्रको अन्तरसंघर्षले चारवटा वडामा अधिवेशन हुन नसकेको हो । केन्द्रमा भएको १० बुँदे सहमतिअनुसार पार्टी चल्नुपर्ने अडान लिएका स्थानीय नेताले वडा अधिवेशनमा आफ्नो वर्चश्व कायम राख्न पनि अलग अलग अधिवेशन सम्पन्न गरेका हुन् । धरान ८, ५, १० र ११ मा अध्यक्ष केपी ओली पक्ष र नेता भीम आचार्य पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर नयाँ नेतृत्व चुनेका छन् । अधिवेशनबाट पार्टी संङ्एिर एकै होला भन्ने आस गरेका कार्यकर्ता पार्टीमा पुरानै समस्या दोहोरिएपछि निराश बनेका छन् ।...