भीम रावलले राजीनामा दिएकाे विषयमा ओलीले खाेले मुख
काठमाडाैं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक ढिक्का रहेको र १० बुँदे कार्यान्वयन भइसकेको दाबी गरेका छन्।
शनिबार एमालेको वडा अधिवेशन उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले विवाद समाधान कार्यदलबाट भीम रावलले राजीनामा दिनुलाई सामान्य रुपमा लिएको बताए ।
रावलले काम गर्न सकिनँ भन्दै राजीनामा दिएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘उहाँले राजीनामा केबाट गर्नुभयो ? कार्यदलको सहजीकरणका लागि उहाँ संयोजक हुनुहुन्थ्यो । मैले संयोजन गर्न सकिनँ भन्नुभयो, छाड्नुभयाे, यो कुनै ठूलो कुरा होइन ।’
एमाले विभाजनको सँघारमा पुगेका बेला १० बुँदे सहमति भएपछि माधव नेपालको पक्षमा रहेका भीम रावलसहित १० नेता एमालेमै रहेका थिए । एमाले विभाजनमा माधव नेपाललाई साथ नदिए पनि उनीहरुको माग अझै कार्यान्वयन भएको छैन । ओलीको कार्यशैलीप्रति शुक्रबार स्थायी कमिटी बैठकमा ५ बुँदे फरक प्रस्ताव पेस गर्दै संयो...








