चितवन पुगेर प्रचण्डले भने– अब हुने चुनाव मेरालागि अन्तिम हुनेछ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्।

मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए।उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै उम्मेदवारी दिने पनि बताए।

उनले भने, ‘सायद अबको निर्वाचन मेरोलागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनँ।’

सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले बुटबलमा हुने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सारेर आफ्नो महत्व दर्शाइदिएको टिप्पणी गरे।

फरक प्रसङ्गमा बोल्दै प्रचण्डले आफूले कुनै निराशाजनक अभिव्यक्ति नदिएको जिकिर गर्दै रुपान्तरणको लागि संकल्प गरेको बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.