आजबाट नयाँ लाइसेन्सका लागि आवेदन खुल्याे, कसरी दिने आवेदन ?

काठमाडाैं । यातायात व्यवस्था विभागले आजबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुल्ला गरेको छ।

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागि प्रक्रिया अघि बढाउन सक्ने भएका छन्।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुला भएकाे जानकारी दिए।

सेवाग्राहीले यातायात व्यवस्था विभाग साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.