राजनीति

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

राजनीति
काठमाडौं । नेपाल बार एशोसिएसनले पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अल्टिमेटम दिएको छ । शुक्रबार बसेको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको हुँदा जबरालाई इजलासमा नबस्न पनि माग गरिएको छ । १४-१७ कात्तिकसम्म अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोधसभा गर्ने बारको निर्णय छ । न्यायपालिकाको समग्र सुधारका लागि र सेवाग्राहीलाई समान रुपमा सहज, सरल र शुपथ न्याय प्रदान हुने सुनिश्चितता गराउने उद्देश्यले बाध्यात्मक रुपमा आन्दोलनमा उत्रेको बारले जनाएको छ ।...
मुख्य न्यायाधिवक्ता थपलियाद्वारा राजीनामा

मुख्य न्यायाधिवक्ता थपलियाद्वारा राजीनामा

राजनीति
हेटौंडा । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन् । नेकपा (एमाले)ले बागमती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजिनामा दिएका हुन् । एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि थपलियाले पनि राजिनामा दिएका हुन् । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।...
रावलको चिठीपछि ओलीको प्रतिक्रियाः मास्क खोल्नुस् भन्न चिठी लेख्नुपर्छ र !

रावलको चिठीपछि ओलीको प्रतिक्रियाः मास्क खोल्नुस् भन्न चिठी लेख्नुपर्छ र !

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेले शुक्रबार महाधिवेशनको मापदण्ड र कार्यतालिका पारित गर्न भन्दै केन्द्रीय कमिटी बैठक डाकेको थियो । तर, बैठकमा माओवादीबाट एमालेमा समाहित भएका नेता प्रभु साह निकट दुई नेतालाई एकाएक केन्द्रीय सदस्यको शपथ खुवाइयो । एमाले अध्यक्षको ओलीको यो कार्यशैली उपाध्यक्ष भीम रावललाई पचेन । उनले बैठकमा शपथ देखेर अन्योलमा परेको प्रतिक्रिया जनाए । मञ्चमा बसेका ओलीले शपथ खुवाइसकेसँगै बैठक सुरु भयो । बैठकमा एमाले कैलालीका नेता झपट रावलले १० बुँदे कार्यान्वयन नभएको र कैलालीमा मापदण्ड पालना नगरीकनै पार्टी सदस्यता वितरण गरेको भन्दै संगठन विभाग प्रमुखलाई लेखेको पत्र बैठकमा पेस गरे । १० बुँदे सहमतिलाई ‘रटान’ भन्दै आएका ओली त्यसपछि आक्रोशित देखिए । बैठकमा महाधिवेशन तयारीलगायतका विषय उठान गर्दै ओलीले रावलको चिठीप्रति व्यंग्य मिश्रित आक्रोश पोखे । छेवैमा बसेका उपाध्यक्ष युवराज ज्ञवालीतिर हेर्द...
देउवा बेलायत जाँदा कसले पायाे कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ?

देउवा बेलायत जाँदा कसले पायाे कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ?

Featured, राजनीति
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। शुक्रबार बेलायत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले आफू नफर्किन्जेलका लागि खाणलाई जिम्मेवादी दिएको बताइएको छ। बिहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएका थिए। गृहमन्त्री खाणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन। वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाएका छन्। मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन्।...
२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दै

२० सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दै

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाँदै छन्। उनी २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत जान लागेका हुन्। स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान १० बजे कतार एयरको उडानबाट लन्डन जान लागेको परराष्ट्र मन्त्रालयले दिएको छ। पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्...
श्रीमान् मन्त्री बनेर एमाले भए, श्रीमती माओवादीमै रहेर मन्त्री बनिन्

श्रीमान् मन्त्री बनेर एमाले भए, श्रीमती माओवादीमै रहेर मन्त्री बनिन्

राजनीति
काठमाडौं : बागमती प्रदेशमा नयाँ सरकार गठन हुँदा नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान मन्त्री बनेकी छन्। नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेसँगै मोक्तानले पनि मन्त्रीको शपथ लिएकी छन्। कुमारी यसअघि संघीय सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका दाबा लामाकी श्रीमती हुन्। नेकपा माओवादीबाट राजनीति शुरु गरेका श्रीमान्–श्रीमतीमध्ये श्रीमान् एमालेबाट स‌ंघीय मन्त्री बने भने श्रीमती अहिले माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेकी हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ खेमामा विभाजित भएको थियो। एटटा खेमाको नेतृत्व ओलीले गरेका थिए भने अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले गरेका थिए। माओवादी पृष्ठभूमिका दावा ओलीको साथमा उभिएका थिए। पार्टीमा विवाद चुलिँदा आफूलाई साथ दिए...
सरकारले गर्‍याे तीन देशमा राजदूत सिफारिस, काे कहाँ?

सरकारले गर्‍याे तीन देशमा राजदूत सिफारिस, काे कहाँ?

राजनीति
काठमाडौं: सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतमा नेपाली राजदूत पठाउन संसदीय सुनुवाइ समितिमा नामहरु सिफारिस गरेको हो । यी देशबाट हालै सरकारले राजदूत फिर्ता बोलाएको थियो । स्वास्थ्य मन्त्री विरोध खतिवडाले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको हो ।...
नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित तीन मन्त्रीले लिए शपथ

नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित तीन मन्त्रीले लिए शपथ

राजनीति
मकवानपुर : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री पाण्डेसँगै नेपाली काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका हुन्। नेपालको संविधानको धारा (२) को उपधारा ९१० बमोजिम नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ लिएका हुन्। भँडेललाई भौतिक पूर्वाधार, खनाललाई आर्थिक मामिला तथा योजना र मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।...
बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

Featured, राजनीति
मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ सरकार गठनका लागि प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई आफ्नो दावी पेश बुधबार आह्वान गरेसँगै पाण्डेले आफ्नो दावी पेश गरेका थिए । बागमती प्रदेशकी मुख्यमन्त्री अष्...
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ। उनीहरुबीच अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता हुने भएको हो। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा देउवाले मोदीसँग भेट गर्न लागेका हुन्। नेपालको तर्फबाट वार्ताका लागि आग्रह गरिएको र भारतले त्यसलाई स्वीकार गरेपछि देउवा मोदीको भेट हुने पक्का भएको बताइएको छ। कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ। प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन्। देउवा र मोदीबीच पछिल्लोपटक २०७४ को भदौमा भेट भएको थियो। चौथो पटक प्रधानमन्त्री भएपछि देउवा भारत भ्रमणमा गएका बेला वार्ता भएयता उनीहरुको भेट भएको छैन। पछिल्लोपटक प्रधानमन्त्री भएर संसदबाट विश्वासको मत पाएपछि मोदीले देउवालाई फोनमार्फत बधाई दिएका थिए। देउवाले ग्ला...