राजनीति

मुख्यमन्त्रीमा नियुक्त नहुँदै राईको बियर पार्टी (भिडियोसहित)

मुख्यमन्त्रीमा नियुक्त नहुँदै राईको बियर पार्टी (भिडियोसहित)

राजनीति
काठमाडौं । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राजेन्द्र राईले पार्टी दिएका छन्। नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनक्दै स्याम्पियन फोडेर खुसियाली मनाएका हुन्। इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रुपमा केक समेत काटेर खुसी साटेका हुन्। सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले स्याम्पियन फोडेको पनि देख्न सकिन्छ। तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ। उक्त भिडियोमा मुख्य मन्त्री बन्न लागेका राईले नै ‘यो विषय सार्वजनिक नगर्नु’ समेत भन्न भ्याएका छन्। नेकपा एमाले विभाजित गरेर बनाइएको एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राई अबको केही दिनमै मुख्यमन्त्री हुनेछन्। मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत जुटाउन नसकेपछि सोमबार राजीनामा दिएका थिए। उनी ६८ दि...
प्रधानमन्त्री देउवा स्कटल्याण्ड पुगे, आजै कोप–२६ सम्मेलनलाई सम्बोधन गर्दै

प्रधानमन्त्री देउवा स्कटल्याण्ड पुगे, आजै कोप–२६ सम्मेलनलाई सम्बोधन गर्दै

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार र मंगलबार (यही नोभेम्बर १ र २) मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति स्कटल्याण्ड पुगेका छन् । स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् । भ्रमणका क्रममा उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुग्...
सर्वोच्च पुगेका वकिलहरुलाई प्रहरीले लखेटे

सर्वोच्च पुगेका वकिलहरुलाई प्रहरीले लखेटे

राजनीति
काठमाडौं : सर्वोच्च अदालत पुगेका वकिल तथा सर्वसाधरणहरुलाई प्रहरीले लखेटेका छन् । बन्दी प्रत्यक्षीकरणलगायतका रिट दर्ता गर्न सर्वोच्च पुगेका उनीहरुलाई प्रहरीले लखेटेको हो। प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई लखेटेर माइतीघर पुर्‍याएको बताइएको छ । अधिवक्ता स्वागत नेपालले रिट दर्ता गर्न सर्वोच्च पुगेका सेवाग्राहीहरुलाई प्रहरीले लखेटेको जानकारी दिए। उनीहरुले इजलास बन्द गर्न नहुने र न्यायाधीशहरुले सर्वसाधारणको समस्या बुझेर काम फर्किनुपर्ने माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइतबारदेखि कानुन व्यवसायीहरु समेत आन्दोलित भएका छन्। उनीहरु हातमा कालो र सेतो पट्टी बाँधेर विरोधमा उत्रिएका छन्। यता केही कानुन व्यवसायीहरु भने इजलास सुचारुको माग गर्दै आन्दोलित छन्।...
भोलिदेखि तीन मन्त्रीको पद चट् हुँदै

भोलिदेखि तीन मन्त्रीको पद चट् हुँदै

राजनीति
एजेन्सी । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो । यी तीनै जना प्रदेशसभा सदस्य होइनन् । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।...
सीके राउत एकाएक किन पुगे प्रहरी शरणमा ?

सीके राउत एकाएक किन पुगे प्रहरी शरणमा ?

राजनीति
काठमाडौै । सीके राउत नेतृत्वको जनमत पार्टी हारगुहार माग्दै प्रहरीकाे शरणमा पुगेकाे छ । जनमत पार्टीको धनुषामा रहेको केन्द्रीय सचिवालयमा तोडफोड भएकाे भन्दै पार्टीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हाे। तोडफोडमा उत्रिएकाहरूलाई कारबाही गर्न पार्टीले माग गरेको छ। पार्टीले यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा अडियो र भिडियो प्रमाणसहित उजुरी दिएको जनाएको छ। आफ्नो सचिवालय आगजानी र तोडफोडमा उत्रिनेलाई यथाशीघ्र कारबाही गर्न पार्टीले माग गरेको छ। अन्यथा आक्रोशित जनताले केही कारबाही गरे त्यसको जिम्मेवार आफ्नो पार्टी नहुने पनि उसले चेतावनी दिएको छ। आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनीतिक पार्टीसँग आबद्ध केही इन्जिनियरहरूको समेत संलग्न देखिएको पार्टीले आरोप लगाएको छ। आज जनमत पार्टीको सचिवालयले जारी गरेको सूचना लेखिएको छ, ‘इन्जिनियरिङ काउन्सिलले यथाशीघ्र तिनीहरूको लाइसेन्स खारेज गरोयोस्।’ ...
गैरआवसीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह : ‘बेलायती लगानी भित्र्याउन लाग्नुस्, सरकारले आवश्यक सुविधा दिन्छ’

गैरआवसीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह : ‘बेलायती लगानी भित्र्याउन लाग्नुस्, सरकारले आवश्यक सुविधा दिन्छ’

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा शनिबार यहाँ भएको कार्यक्रममा उनले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए । गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । गैरआवासीय सङ्घ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको ब...
एमाले महाधिवेशन र कांग्रेस जिल्ला सभापतिको अभिव्यक्तिपछि झस्किए प्रचण्ड

एमाले महाधिवेशन र कांग्रेस जिल्ला सभापतिको अभिव्यक्तिपछि झस्किए प्रचण्ड

Featured, राजनीति
चितवन : नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्लामा चार दिन बिताए । उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडी र भरतपुरका विभिन्न कार्यक्रममा सहभागी भए । जनताको घर दैलो पनि गर्न भ्याए । सत्तारुढ दलका नेतासमेत रहेका प्रचण्डले बिहीबार माडीको हनुमानझुला पुगेर सुकुमबासीलाई नागरिकता बाँडे । उनले सुकुमबासीलाई गठबन्धनको सरकारले छिट्टै लालपुर्जा दिने आश्वासन पनि दिए । नागरिकता बाँड्ने काम जिल्ला प्रशासन कार्यालयको भए पनि उनले नागरिकतालाई राजनीतिक स्वार्थसँग जोडे । एमालेको महाधिवेशन तय र नेपाली कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठको अभिव्यक्तिपछि प्रचण्ड केही झस्किएको जस्तो देखिन्छन् । विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान गर्न शुक्रबार आयोजित कार्यक्रममा सहभागी भएका प्रचण्ड शुभकामना दिनुको साटो एमाले अध्यक्ष ओली र कां...
बैतडीका ७८ वडामा एमाले अधिवेशन : कहाँ को अध्यक्ष बने ?, ६ वडामा आज अधिवेशन

बैतडीका ७८ वडामा एमाले अधिवेशन : कहाँ को अध्यक्ष बने ?, ६ वडामा आज अधिवेशन

Featured, राजनीति
बैतडी : बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएकाे हाे । दशरथचन्द नगरपालिका-६, पाटन नगरपालिका-.४ र ६ मेलौली नगरपालिका-६ र ७ तथा सुर्नया गाउँपालिका-३ मा शनिबार अधिवेशन हुने एमाले बैतडी कार्यालय सचिव सरस्वती नेपालीले बताइन् । दशरथचन्द नगरपालिका-१ मा बिष्णुदत्त भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएकाे छ । २ मा खड्कसिंह बोहरा, ३ मा राजेन्द्र नाथ, ४ मा प्रेम बोगटी, ५ मा नमराज भट्ट, ७ मा हरिसिंह बडु, ८ मा किसन गुरु, ९ मा भवानीदत्त जोशी, १० मा गोविन्दसिंह बुडाल र ११ मा करन चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताए । शिवनाथ गाउँपालिका-१ मा माधव चाड, २ मा प्रकाश साउँद, ३ मा देवानसिंह साउँद, ४ मा सेरसिंह महरा, ५ मा हमेश पहरी र ६ मा विक्रम धनाडी अध्यक्ष बनेका छन् । मेलौली नगरपालिका-...
लण्डन पुगे प्रधानमन्त्री देउवा, हिथ्रो विमानस्थलमा स्वागत

लण्डन पुगे प्रधानमन्त्री देउवा, हिथ्रो विमानस्थलमा स्वागत

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन पुगेका छन्। नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरे । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहनुहुने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनेछन्। प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सच...
प्रधानमन्त्री देउवाको यस्तो अभिब्यक्तिमाथि गगन थापाको आपत्ति

प्रधानमन्त्री देउवाको यस्तो अभिब्यक्तिमाथि गगन थापाको आपत्ति

Uncategorized, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् । गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन नमिल्ने उल्लेख गरेका छन् । 'यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको बिषय हो उसैले जानोस भनेर नजरअन्दाज गर्न मिल्छ? कदापि मिल्दैन । किनकि यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले, आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन यस मामिलामा मौन बस्नै मिल्दैन,' विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति निकाल्नेमा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे,...