मकवानपुर : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री पाण्डेसँगै नेपाली काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका हुन्।
नेपालको संविधानको धारा (२) को उपधारा ९१० बमोजिम नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ लिएका हुन्।
भँडेललाई भौतिक पूर्वाधार, खनाललाई आर्थिक मामिला तथा योजना र मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।