अन्तत: यस्ताे शर्तमा राजीनामा दिन तयार भए प्रधानन्यायाधीश जबरा !

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले राजीनामा दिने हो भने न्यायालय नै नबच्ने टिप्पणी गरेका छन्।

मंगलबार १५ न्यायाधीशसँगको भेटमा प्रधानन्यायाधीश जबराले सडक र बाहिरबाट राजीनामा माग्दैमा राजीनामा दिने हो भने न्यायालय बच्न नसक्ने टिप्पणी गरेका हुन्।

स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीश जबराले फैसलामा प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामा दिन तयार रहेको बताएका थिए।

‘म संवैधानिक तवरले नियुक्ति भएको हुँ ।निकास दिनेभए सबैले निकास दिँउ’, उनको भनाई उदृत गर्दै स्रोतले भन्यो। संवैधानिक दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ।

यसअघि न्यायाधीशहरुले प्रधानन्यायाधीशले न्यायपालिकामा बसेर कार्यपालिकासँग पदको सौदावाजी गरेको, संवैधानिक निकायमा भागबण्डा गर्ने र मुद्दा नहेर्ने प्रवृति भएको लगायतका विषयमा अवधारणा प्रस्तुत गरेर राजीनामा माग्ने तयारी गरेका थिए। यसै बिषयमा सोमबार उनीहरुले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक समेत बहिस्कार गरेका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.