सार्वजनिक कार्यक्रममै अभिनेत्री सोनम कपुरको शर्टको बटन खुलेपछि…

एजेन्सी : बलिउन अभिनेत्रीहरु हरेक कार्यक्रममा फेशनेबल भएर जान्छन्। अरुभन्दा भिन्न देखिनु र सबैको ध्यानाकर्षण गर्नु उनीहरुको मुख्य उद्धेश्य हुन्छ। सोही अनुरुप उनीहरुको पहिरणको डिजाइन गरिएको हुन्छ। तर कतिपय अवस्थामा पहिरनले धोका दिन्छ। त्यसपछि ट्रोलको शिकार बन्नुका साथै बेइज्ज पनि सहनुपर्छ।

यस्तै भएको छ अभिनेत्री सोनम कपुरलाई पनि। पहिरनले धोका दिँदा उनी सार्वजनिक कार्यक्रममा भुतुक्कै भइन्। सोनम कालो र सेतो प्रिन्टेट सारीमा देखिएकी थिइन्। यस सारीलाई उनले ब्लाउजको सट्टा शर्टसँग मिलाएकी थिइन्। उनी चिटिक्क देखिएकी थिइन्।

यो पहिरनमा उनी असहज महसुस गर्दै थिइन्। यही क्रममा उनी सारीमा अल्झिएर लड्न खोज्छिन्। त्यहाँ रहेका मानिसले उनलाई सम्हाल्न खोज्छन्। यो घटनामा उनको शर्टको बटन खुल्छ।

त्यसपछि उनी यो परिस्थिति सम्हाल्ने प्रयास गर्छिन्। उनी पोडियमतिर जान्छिन् र शर्टको बटन लगाउँछिन्। तर यो सबै काम क्यामेरामा कैद भइरहेको हुन्छ। अहिले उक्त भिडियो भाइरल भइरहेको छ। घटनापछि सोनम अप्ठ्यारो मानिरहेकी थिइन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.