राजनीति

टिकाटिप्पणी र समाचार प्रवाह गर्ने विषयमा सर्वाेच्चले जारी गर्याे सूचना

टिकाटिप्पणी र समाचार प्रवाह गर्ने विषयमा सर्वाेच्चले जारी गर्याे सूचना

राजनीति
काठमाडौँ । सर्वोच्च अदालतले अदालतमा विचाराधीन विषय वा अदालतबाट भएका फैलसा र निर्णयका सम्बन्धमा टिकाटिप्पणी गर्दा वा समाचार प्रवाह गर्दा अदालतको मर्यादा र गरिमामा आँच आउन सक्ने तर्फ ध्यान दिन आग्रह गरेको छ । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अदालत आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त रहने संस्था रहेको भन्दै अदालतका कामकारबाही बारे भ्रम सिर्जना हुने गरी टिकाटिप्पणी र समाचार प्रवाह गर्दा यसमा गरिमामा आँच आउने तर्फ ध्यान दिन भनेका हुन् । 'अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाको कामकारबाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह र टिकाटिप्पणी नगर्नसमेत सम्बद्ध सबैमा अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ । पछिल्लो समय पत्नी हत्याका दोषी पूर्व प्रहरी अधिकृत रञ्जन कोइरालाको कैद घटाउने र 'हिट एन्ड रन' को केसमा पृथ्वी मल्ललाई धरौटीमा रिहा गर्...
‘सरकारले गरेका काम नदेख्ने समाजमा मोतियाबिन्दु लागेको छ’

‘सरकारले गरेका काम नदेख्ने समाजमा मोतियाबिन्दु लागेको छ’

राजनीति
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । उनले सरकारको प्रसंसा नगर्नुको पछाडि 'सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको' रूपमा अर्थ्याएका छन् । वीर अस्पतालको १३१औं वार्षिकोत्सव कार्यक्रममा सोमबार मन्त्री ढकालले भने, 'हामीले निर्वाह गरेको भूमिका विदेशीले देखेका छन् । देश र विदेशमा बसेका नेपालीले देखिसक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको छ ।' नेपाल संस्कार र संस्कृतिको धनी भए पनि समाजले भने सकारात्मक पक्ष नदेख्ने गरेको मन्त्री ढकालको भनाई थियो । सरकार र चिकित्सकहरूले कोरोना संक्रमितलाई खोजीखोजी उपचार गरिरहे पनि त्यसलाई नदेखेको उनको भनाइ थियो । 'यो लडाइमा हामीले टर्च बालेर, यो ठाउँमा यो गाउँमा कोही छ कि पोजेटिभ भनेर खोजेर पत्ता ...
अफगानिस्तानबाट शिख र हिन्दु अल्पसंख्यक समुदायका ११ जना दिल्ली आए

अफगानिस्तानबाट शिख र हिन्दु अल्पसंख्यक समुदायका ११ जना दिल्ली आए

राजनीति
एजेन्सी। अफगानिस्तानबाट शिख र हिन्दु अल्पसंख्यक समुदायका ११ जना भारतकाे दिल्ली आएका छन्। समाजिक सञ्जाल इन्डिया नेपाल नामक ट्वीटरबाट यसबारे जानकारी गराइएकाे छ। उक्त ट्वटीरमा लेखिएकाे छ,'अफगानिस्तानका शिख र हिन्दु अल्पसंख्यक समुदायका पहिलो समूहका ११ सदस्यहरु आज दिल्ली आइपुगे। सो समूहमा निदान सिंह सचदेव पनि छन् जसलाई हालै कैदबाट मुक्त गरिएको छ । भारतमा स्थायी बसोबास र नागरिकता खोजेका शिख र हिन्दु समुदायका सदस्यहरुको भारत फिर्तीमा भारत सरकारले सहयोग पुर्याइरहेको छ।' उल्लेखनीय कुरा के छ भने सिख मानिस निधन सिंह सचदेवालाई १ महिना अघि अफगानिस्तानमा अपहरण गरिएको थियो। उनलाई शनिबार (जुलाई १, २०२०) मा रिहा गरिएको थियो। सिख निधन सिंह सचदेवालाई अफगानिस्तानकाे गुरुद्वारबाट अपहरण गरिएको थियो। भारतले उनको रिहाइको लागि अफगानिस्तान सरकारलाई धन्यवाद दियो। विदेश मन्त्रालयका प्रवक्ता अनुराग सचदेवाले अफगान न...
सीमा विवाद: नेपालले पठायाे भारतलाई ‘कूटनीतिक पत्र’

सीमा विवाद: नेपालले पठायाे भारतलाई ‘कूटनीतिक पत्र’

राजनीति
काठमाडौँ । सीमावर्ती क्षेत्रमा अनधिकृत भौतिक संरचना बनाएर नेपाली भूमि डुबानमा पारेकामा असन्तुष्टि जनाउँदै नेपालले भारत सरकारलाई ‘कूटनीतिक पत्र’ पठाएको छ । नेपालबाट दक्षिणतर्फ बग्ने नदी तथा खोलाको प्राकृतिक बहाव रोकिने गरी भारतले बाँध, तटबन्ध, सडकलगायत संरचना निर्माण गरेको भन्दै परराष्ट्र मन्त्रालयले दुई देशबीच भएका सहमति र सम्झौताको स्मरण गराएर पत्र पठाएको हो । सिँचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठले भारतीय क्षेत्रमा बनेका संरचनाले नेपाली भूभागमा बाढी र डुबान भएको बारे मन्त्रालयले प्राविधिक अध्ययन गरेर भारतीय पक्षसमक्ष जानकारी गराउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पत्र लेखेर पठाएको कान्तिपुरलाई जानकारी दिए । उनले ऊर्जामन्त्री वर्षमान पुनको निर्देशनअनुसार तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गर्ने पनि बताए । समस्या समाधानबारे भारतीय पक्षसँग अनौपचारिक तहमा कुराकानी भइरहेको उनले जानकारी दिए...
चिनियाँ हस्तक्षेपविरूद्द प्रदर्शन

चिनियाँ हस्तक्षेपविरूद्द प्रदर्शन

राजनीति
काठमाडौं। स्वतन्त्र युवा समुहले चिनियाँ हस्तक्षेप विरूद्द प्रदर्शन गरेकाे छ। कपिलवस्तुकाे लुम्बिनीमा भएकाे प्रदर्शनकाे क्रममा चिनियाँ राष्ट्रपति र नेपालका लागि चिनियाँ राजदूतविरूद्द चर्काे नाराबाजी लगाइएकाे छ। उनीहरूले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर लागयतका नारा लगाएका थिए। उनीहरूले राष्ट्रिय मनाव अधिकार अायाेगले सरकारलाइ बुझाएकाे प्रतिवेदनमा चीनले नेपाली भूमि मिचेकाे प्रष्ट उल्लेख भएकाेले त्यसविरूद्द प्रदर्शन गरेकाे बताए। साेही क्रममा उनीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ को पुतला दहनसमेत गरेका छन्। पछिल्लाे समय नेपालमा चिनियाँ हस्तक्षेप बढेकाे महशुस हुन थालेकाे छ। चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेकाे सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुकाे भनाइ छ।...
नेपाल विश्व हिन्दु महासंघद्वारा इमरान खानकाे पुतला दहन

नेपाल विश्व हिन्दु महासंघद्वारा इमरान खानकाे पुतला दहन

Uncategorized, राजनीति
काठमाडौ । नेपाल विश्व हिन्दु महासंघले नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने माग दोहोर्याएको छ । नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै विश्व हिन्दु महासंघले कपिलवस्तुकाे ताैलिहवा र्‍यालीमा निकाल्दै आज प्रदर्शन गरेको छ । दलहरूको स्वार्थका लागि कायम गरिएको धर्मनिरपेक्षताका कारण मुलुक धार्मिक युद्धमा जान लागेको भन्दै महासंघले सबै धर्माबलम्वी, भाषा–भाषी, जातजातिको साझा थलोको रूपमा रहेको नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने माग राखेको हो । त्यस्तै महासंघकाे जिल्ला कार्य समिति कपिलवस्तुले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गरेकाे छ। महासंघले र्यालीपछि काेण सभा गर्दै इमरान खानविरूद्द चर्काे नाराबाजी गरेकाे हाे। इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तान...
भारतमा नेपालको ‘सोसल एस्सेट’ गुम्दै, बीबीसीसहितका सञ्चार माध्यममा ओलीका कार्टुन

भारतमा नेपालको ‘सोसल एस्सेट’ गुम्दै, बीबीसीसहितका सञ्चार माध्यममा ओलीका कार्टुन

राजनीति
काठमाडाैँ । प्रधानमन्त्री ओलीको कारण भारतमा नेपालको 'सोसल एस्सेट' गुम्दै गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे गरेको टिप्पणी अहिले भारतमा ट्राेलको विषय बनेको छ । प्रधानमन्त्री ओलीले राम जन्मिएको अयोध्या चितवनको ठोरीमा रहेको बिबादीत तर्क गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली २०७५ वैशाख २८ गते उस्तै कपडामा सजिएर राम भारतको अयोध्यामा जन्मेको र सीता नेपालमा जन्मेको मन्तव्य दिएका थिए । ओली र समकक्षी मोदीले ‘जनकपुर–अयोध्यामैत्री बस सेवा’ सुरुवात समेत गरेका थिए। तर अहिले ओलीले दिएको वक्तव्यको विरोध भएको छ । उनको पटक पटकको विवादित वक्तव्यबाजीले नेपाल र भारतबीच शताब्दीऔंदेखिको धार्मिक र सांस्कृतिक सम्बन्धलाई समेत विवादित बनाइदिएको छ। उनको अभिव्यक्ति नेपालभित्रका बौद्धिक समुदाय, राजनीतिकर्मी, पत्रकार, तथा सामाजिक अगुवाहरुले सामाजिक सञ्जालमार्फत ओल...
मोहना अन्सारीकाे अभिब्यक्तिमाथि मानवअधिकार आयोगको आपत्ति

मोहना अन्सारीकाे अभिब्यक्तिमाथि मानवअधिकार आयोगको आपत्ति

राजनीति
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति जनाएको छ । अन्सारीको भनाइलाई खेदजनक भन्दै आयोगले उनलाई यस्तो भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको पनि जनाएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माको हसताक्षर सहित बिहीबार विज्ञप्ति जारी गर्दै अन्सारीको भनाइ अस्वीकार गरिएको हो । ‘संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारवाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानविन प्रतिबेदन’ भनी दलको अधिकार निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ्,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगकी सदस्य मोहना अन्सारीले सरिता गिरीमाथि समाजवादी जनता दलले कारवाही गरेपछि उक्त निर्णयप्रति आपत्ति जनाउँदै खेदजनक भन्दै विरोध जनाएकी थिइन् । संसदमा बोलेको भरमा कारवाही गरिनु अलो...
अन्तत: भारतले पठायो कुटनीतिक नोट

अन्तत: भारतले पठायो कुटनीतिक नोट

राजनीति
काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नेपालले नयाँ नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको खुलासा भएको छ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले यसबारे राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोलेका हुन् । नेता विडारीका अनुसार भारत सरकारले असार १० गते नै कुटनीतिक नोट पठाएको थियो । तर परराष्ट्र मन्त्रालयले यसबारे सूचना सार्वजनिक गरेको छैन । नेपालको संसदले संविधान संशोधन गर्दै नयाँ नक्सा जारी गरेपछि भारतीय अधिकारीहरुले यसमा विरोध जनाएका थिए । केही नेताहरुले भने नेपाल रुष्ट बनेकोमा सहमतिबाट समाधान खोज्नुपर्ने तर्क गरेका थिए । भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतको धार्चुलाबाट लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्मको सडक उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको थियो । तर नेपाल र भारत सरका...
सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

राजनीति
काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् । सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो जनाकारी दिएका हुन् । सरकारको निर्णय अनुसार काठमाडौंमा उपत्यका भित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् । मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्नेछन् भने अन्य यातायातका साधन सञ्चालनका लागि समय लाग्ने छ । ट्याक्सीको हकमा चालकबाहेक दुई जना मात्र चढ्न पाउने छन् । सरकारले सर्वाजनिक सवारी साधनमा आधा मात्र यात्रु चढाउन पाउने निर्णय गर...