राजनीति

त्रिविबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न माग

त्रिविबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न माग

राजनीति
काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् । प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले संघका कार्यकर्तालाई झुठो मुद्दा लगाएर फसाउन खोजेको संघले आरोप छ ।...
महासचिव पौडेलको संयोजकत्वमा नेकपा विवाद मिलाउने कार्यदल गठन

महासचिव पौडेलको संयोजकत्वमा नेकपा विवाद मिलाउने कार्यदल गठन

राजनीति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद समाधानका लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् । केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको हो । कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।...
ओली-प्रचण्डवीच चारघण्टाकाे छलफलमा भयाे यस्ताे निर्णय

ओली-प्रचण्डवीच चारघण्टाकाे छलफलमा भयाे यस्ताे निर्णय

राजनीति
काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार करिब चारघण्टाको छलफल सकारात्मक निष्कर्ष नजिक पुगेको नेताहरुले दाबी गरेका छन् । दुई अध्यक्षबीच एक्ला एक्लै छलफलमा के कुरा भयो भन्ने जानकारी भने नदिइएको महासचिव विष्णु पौडेलले बताए । तर स्राेतका अनुसार नेकपाभित्र अहिलेको विवाद समाधान गर्न महाधिवेशन आयोजक समिति गठन गर्ने नयाँ प्रस्ताव ओली पक्षले अगाडि सारेको छ । हालको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको तर्फबाट प्रचण्डसमक्ष लगिएको स्रोतले जनाएको छ । बुधबार प्रचण्डलाई महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटेका थिए । महाधिवेशन आयोजक समितिको प्रस्ताव बालुवाटारबाटै आएको प्रचण्डनिकट नेताहरुले बताएका छन् । यद्यपि त्यसबारेमा दुई अध्यक्षबीचको पछिल्लो छलफल कस्तो भयो भन्ने खुलाइए...
शैक्षिक संस्थासहित अर्को सूचना नआएसम्म बन्द हुने सेवाहरू यस्ता छन्

शैक्षिक संस्थासहित अर्को सूचना नआएसम्म बन्द हुने सेवाहरू यस्ता छन्

राजनीति
काठमाडौं । सरकारले अर्काे सूचना जारी नभएसम्म शैक्षिक संस्थाहरु बन्द नै राख्ने निर्णय गरेकाे छ । सोमवार बसको मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एव सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना भाइरसकाे जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिए । ‘शैक्षिक संस्था, सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ’ मन्त्री खतिवडाले भने । मन्त्रिपरिषद्को बैठकले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । जसअनुसार शिक्षकलाई भदौं १ अगाडि नै विद्यालयमा पुग्न भनिएको थियो । तर पछिल्लो निर्णयले अघिल्लो निर्णय खारेज भएको छ ।...
काेराेनाकाे कहर: मन्त्रिपरिषद्ले गर्याे यस्ताे निर्णय

काेराेनाकाे कहर: मन्त्रिपरिषद्ले गर्याे यस्ताे निर्णय

राजनीति
काठमाडौं । कोरोना भाइरस  संक्रमणको जोखिम बढेपछि सरकारले लामो दुरीको यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेपछि मात्र खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको  बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिस अनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछी सीसीएमसीले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको थियो । सीसीएमसीको आईतवार बसेको बैठकले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । । मन्त्रिपरिषदको बैठकले  सिमा नाकाबाट आउनेहरुलाई थप कडाइ गर्ने निर्णय गरेको छ...
कांग्रेसका १२ विभागमा ४६४ जना मनोनित (सूचीसहित)

कांग्रेसका १२ विभागमा ४६४ जना मनोनित (सूचीसहित)

राजनीति
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकैपटक ठूलो संख्यामा विभागका उपप्रमुख, सचिव र सदस्य मनोनित गरेका छन्। सभापति देउवाले कांग्रेसमा रहेका १२ विभागमा ४६४ जनालाई मनोनित गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम हिजो केन्द्रीय विभागमा उपप्रमुख, सचिव, सदस्य मनोनयन गरिएको पौडेलले उल्लेख गरेका छन्।...
समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा ट्रेड युनियनद्वारा काठमाडाैंमा विराेध प्रदर्शन

समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा ट्रेड युनियनद्वारा काठमाडाैंमा विराेध प्रदर्शन

राजनीति
काठमाडाैँ । जनता समाजवादी पार्टीकाे जनवर्गिय संगठन समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा ट्रेड युनियन महासंघले संयुक्त रूपमा विराेध प्रदर्शन गर्दै र्याली निकालेका छन्। माइतीघर मण्डलाबाट सुरू भइ बानेश्वरसम्म प्ले कार्ड बाेकी नारा लगाउँदै पुेगेकाे उक्त र्याली काेण सभामा परिणत भएकाे थियाे। काेण सभालाइ ६ वटै ट्रेड युनियन महासंघले सम्बाेधन गरेका थिए। काेणसभालाइ सम्बाेधन गर्दै समाजवादी ट्रेड युनियनका महासंघका अध्यक्ष लालध्वज नेम्वाङले वर्तमान सरकार श्रमिक विराेधी भएकाे बताए। उनले श्रमिकहरूलाइ लकडाउनकाे बेला राहत दिनुपर्ने सरकारले उल्टै अाहात गरेकाे बताए। उनले काेराेना भाइरसकाे निहुँमा सरकारका जिम्मेवार व्यक्तीहरू कसले धेरै कमिशन कुम्ल्याउने भन्ने प्रतिस्पर्धामा लागेकाे बताए। ट्रेड युनियनका नेताहरूले काेराेनाकाे त्रासदी र लकडाउनले नेपाली श्रमिक वर्गकाे जिवन धेरै ठुलाे संकटबाट गुज्रिरहेकाे र य...
लेखराज भट्ट भने- सरकार र पार्टी दुवैमा ओलीको विकल्प छैन

लेखराज भट्ट भने- सरकार र पार्टी दुवैमा ओलीको विकल्प छैन

राजनीति
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको 'ब्रेक-थ्रु' हुनुपर्ने बताएका हुन्। उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ। पार्टी भनेको सबै हो। अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन्।’उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए।‘सबै एकै ठाउँमा आउनुहुन्छ। र, सहमति हुन्छ। सहमतिको विकल्प छैन्।’ आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिलेपनि सहमति हुने उनको दाबी छ...
ओलीलाई टार्गेट गरी नेता भीम रावलले भने- सधै बैठकबाट भागेर पार्टी चल्दैन

ओलीलाई टार्गेट गरी नेता भीम रावलले भने- सधै बैठकबाट भागेर पार्टी चल्दैन

Featured, राजनीति
काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सधैं बैठकबाट भागेर निकास ननिस्किने स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् । ओलीले पार्टी संगठनका बैठकमा सहभागी भएर निर्णय गरेर अगाडि बढ्नुपर्ने रावलको भनाइ छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकपछि रावलले भने, 'सधैं बैठकबाट भागेर, बैठक नै नगरेर हुन्न । कि त पार्टी बिसर्जन हुनुपर्‍यो नत्र त बैठक नै नगरी, निर्णय नै नगरी पार्टी चल्छ त ?' स्थायी कमिटीका २ आमन्त्रित सदस्यसहित ३१ जनाको बैठक बालुवाटारमा बसेको थियो । उक्त बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेताहरू सहभागी भएका थिएनन् । ओलीले आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको सूचना प्रवाह गराएका थिए, जसमा बहुमत पक्षको असहमति थियो । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सहभागी बैठकले त्यसरी एकत...
पार्टीभित्र समस्या चुलिँदा नेकपा स्थायी कमिटी बैठक स्थगित

पार्टीभित्र समस्या चुलिँदा नेकपा स्थायी कमिटी बैठक स्थगित

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । यसअघि पटक(पटक स्थगनको मारमा परेको नेकपा स्थायी कमिटी बैठक आज बस्ने भनिएको थियो । आजको बैठक पनि स्थगित भएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए । ‘अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको सूचना आएको छ,’ भुसालले भने, ‘अर्को सूचना कहिले आउने हो थाहा छैन ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तयार गर्न बाँकी रहेकाले स्थायी कमिटी बैठक स्थगित भएको जानकारी दिए । गत असार १० गतेबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम शुरू भएपछि पटक(पटक स्थगित भएको हो । बैठक स्थगित गरेर पार्टीभित्र चुलिएको संकट समाधानका निम्ति भन्...