राजनीति

काेराेनाले सञ्चार क्षेत्रमा परेको समस्या समाधानका लागि सरकार तयार

काेराेनाले सञ्चार क्षेत्रमा परेको समस्या समाधानका लागि सरकार तयार

राजनीति
काठमाडौं । अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले काेराेना भाइरसबाट नेपाली मिडियामा परेको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । 'काेराेना भाइरसले नेपालको पत्रकारितामा पारेको प्रभाव’ सम्बन्धमा नेपाल प्रेस इन्स्टिच्युटले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री खतिवडाले महामारी र विपदको अवस्थामा अग्रपंतिमा बसेर काम गर्ने पत्रकारहरुको समस्याको समाधानका लागि सरकार तत्पर रहेको बताएका हुन् । सबै किसिमको पेशा व्यवसायमा असर परेको र पत्रकारिता क्षेत्र पनि अग्रपंक्तिमा रहने भएकाले त्यसमा परेको असर सम्बन्धमा सरकारले पनि अध्ययन अनुसन्धान गरेको र त्यसको आधारबाट समस्याको साधान गरिने उनले बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले कोभिडका कारण सञ्चार क्षेत्रमा विभिन्न समस्या देखा परेको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकार तत्पर रहेको बताए ।...
अन्तत: नेकपा एमाले नामक पार्टी दर्ता, काे भए अध्यक्ष?

अन्तत: नेकपा एमाले नामक पार्टी दर्ता, काे भए अध्यक्ष?

Featured, राजनीति
काठमाडौं । निर्वाचन आयोगले नेपालको १३२ औं पार्टीकाे रूपमा नेकपा एमाले नामक पार्टी दर्ता गरेकाे छ । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका आयोगले जनाएकाे छ । एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।...
ईयू, जर्मनी र पाकिस्तानका लागि राजदूत नियुक्त(नामसहित)

ईयू, जर्मनी र पाकिस्तानका लागि राजदूत नियुक्त(नामसहित)

राजनीति
काठमाडौं । सरकारले युरोपियन युनियन (ईयू) सहित केही देशमा राजदूत नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ईयूका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरिएको हो। सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार बेल्जियम र ईयूका लागि भण्डारीलाई नेपाली राजदूतमा नियुक्त गरिएको हो। त्यसैगरी सरकारले पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरिएको छ। प्रवक्ता खतिवडाले नयाँ राजदूत नियुक्त भएका भण्डारी, अधिकारी र खड्का परराष्ट्र मन्त्रालयका कर्मचारी हुन्।...
वरीयता आधारमा परराष्ट्रबाट ३ जना राजदूतमा सिफारिस

वरीयता आधारमा परराष्ट्रबाट ३ जना राजदूतमा सिफारिस

राजनीति
काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार अपरान्ह बसेको बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि परराष्ट्र कोटाअन्तर्गत राजदूत सिफारिस गरेको छ । परराष्ट्र स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयमा कार्यरत वरिष्ठतम सहसचिवबाट क्रमशः गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का राजदूत सिफारिसमा परेका हुन् । सिफारिसमा पर्नेमध्ये सहसचिव राजभण्डारी हाल प्रमुख शिष्टाचार महापाल, अधिकारी दक्षिण पूर्वी एसिया प्रमुख र खड्का राहदानी महाशाखामा महानिर्देशक छन् । प्रावधानअनुसार, राजदूत पद रिक्त हुनुभन्दा ३ महिनाअघि सिफारिस गर्न सकिने भएकाले मन्त्रालयले वरीयता आधारमा नाम पठाएको हो । हाल पाकिस्तानको इस्लामाबादमा परराष्ट्रकै सेवा लम्साल, जर्मनीमा रमेशप्रसाद खनाल र बेल्जियममा लोकबहादुर थापा कार्यरत छन् । तीनमध्ये लम्साल र खनालको ४ वर्षे पदावधि भदौ मसान्तमा पूरा हुँदैछ भने थापा कात्तिक तेस्रो साता मन्त्रालय फर्...
नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै

राजनीति
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । आज सोमबार बिहान ०९ :३० बजे बैठक बस्ने भएको छ । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको जानकारी दिएका छन्। नेकपा भित्र केही महिनादेखि वरिष्ठ नेताहरूबीच वादविवाद चलिरहेकाे छ। साेही विवाद सुल्झ्याउन नेकपाले सचिवालय बैठक बोलाइएकाे हाे । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए। नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेका थिए । बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना छ ।...
प्रधानन्यायाधीशबाटै कार्यविधि मिचेर सफाइ

प्रधानन्यायाधीशबाटै कार्यविधि मिचेर सफाइ

राजनीति
काठमाडौँ । सर्वोच्च अदालतले तास खेल्ने क्रममा भएको विवादलाई अपहरण ठहर्‍याउन नमिल्ने भन्दै अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादीहरूलाई सफाइ दिएको खुलेको छ । अवकाश हुनुभन्दा तीन साताअघि कार्यविधि मिचेर तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरी आरोपितहरूलाई सफाइ दिएको खुलेको हो । दुर्गाबहादुर अधिकारीको अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा सुनसरी जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसला उल्ट्याउँदै हेमकर्ण पौडेल र उनका साथीहरूलाई सफाइ दिइएको थियो । फैसला गर्दा मिश्रको साथमा न्यायाधीश केदारप्रसाद चालिसे संयुक्त इजलासमा थिए । २०७५ मंसिर २३ को फैसलाको पूर्णपाठ हालैको सर्वोच्च अदालत बुलेटिनमा प्रकाशित छ । मिश्रले त्यसअघि पनि जिल्ला र पुनरावेदन अदालतको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइ गरी आरोपितहरूलाई साधारण तारेखमा छाड्नू भनी आदेश गरेका थि...
निधिको दाबीले झस्किए देउवा

निधिको दाबीले झस्किए देउवा

राजनीति
काठमाडौँ । कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्न तयारी थालेका छन् । यसले संस्थापन पक्षभित्र हलचल मात्रै मच्चाएको छैन, सभापति शेरबहादुर देउवालाई समेत अप्ठ्यारोमा पारेको छ । भित्रभित्रै तयारी गरिरहेका निधिले गत बिहीबार सभापति देउवासँग चौधौं महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका हुन् । १३ औं महाधिवेशनमा दिएको बचन स्मरण गराउँदै निधिले बूढानीलकण्ठस्थित निवासमा देउवालाई संस्थापन पक्षबाट सभापतिको उम्मेदवारमा आफूलाई अघि बढाउन प्रस्ताव राख्दा उनले भने आफैं उठ्ने जवाफ दिएका थिए । देउवानिकट स्रोतका अनुसार निधिले ‘आगामी महाधिवेशनमा तपाईंकै क्यान्डिडेट हुन चाहन्छु, तपाईंको साथ र सहयोग मलाई चाहियो’ भनेर प्रस्ताव गरेका थिए । देउवाले विधानमा दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था सम्झाउँदै १५ औं महाधिवेशनमा सघाउने बचन दिएका थिए । उनले यस...
ओली-मोदी फोनवार्ता : दुवै देशले निकाले यस्ताे विज्ञप्ति

ओली-मोदी फोनवार्ता : दुवै देशले निकाले यस्ताे विज्ञप्ति

राजनीति
काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धमा निकट भविष्यमा छलफल हुने सहमति भएको छ । भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा टेलिफोन गर्दै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ’, परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । कुराकानीमा ओली र मोदीले १० अप्रिल २०२० मा भएको संवादको समेत सम्झना गरेका छन् । शनिबार बिहान भएको टेलिफोन कुराकानीका क्रममा ओली र मोदीबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को असर काम गर्ने विषयमा छलफल भएको छ । कुराकानीका क्रममा दुई देशले कोरोना संक्रमण रोकथामका लागि गरिरहेको कामका बारेमा आफ्नो अनुभवसमेत ...
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (शनिबार) टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद भएको बताउँदै थप जानकारी दिनका लागि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताए । भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो । यसअघि मार्चमा कोभिड रोकथामका विषयमा मोदीले गरेको भिडियो छलफलमा ओली सहभागी भएका थिए ।...
ओली र प्रचण्डको वार्ता डोनाल्ड ट्रम्प र सी चिनफिङको जस्तो

ओली र प्रचण्डको वार्ता डोनाल्ड ट्रम्प र सी चिनफिङको जस्तो

राजनीति
गोरखा : नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वार्ता हुने भनेको डोनाल्ड ट्रम्प र सी चिनफिङको वार्ता हुने जस्तो रहेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आरोप लगाएका छन्। गृहजिल्ला गोरखा पुगेका जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका भट्टराईले शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोरोना महामारी व्यवस्थापन गर्नुपर्ने बेला सत्तासीन पार्टीका दुई नेताको भेटघाट र वार्ता नै दुर्लभ हुने गरेको टिप्पणी गरे। ‘हामीले यस्ता नेता छानेका छौं, जुन नेता यस्तो कोरोनाको बेलामा आफ्नै पार्टीभित्रको झगडामा रुमल्लिरहेका छन्’, उनले भने, ‘उहाँहरुको झगडा महिनौँसम्म चलिरहन्छ। केपी र प्रचण्डको वार्ता हुनु भनेको चाहिँ डोनाल्ड ट्रम्प र सी चिनफिङको वार्ता भए जस्तो, नरेन्द्र मोदी र केपी ओलीको वार्ता हुनु जस्तो गरेर कहिले वार्ता हुन्छ होला भनेर पर्खेर बस्नु पर्छ।’ कोरोना परीक्षणको दायरा ...