राजनीति

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही गर्न गृहकोे निर्देशन

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही गर्न गृहकोे निर्देशन

राजनीति
काठमाडौं । गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरू अहोरात्र खटिइरहेको अवस्थामा केही उच्छृङ्खल व्यक्ति तथा समूहबाट धम्की र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा नर्सविरुद्ध हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर/डेराकोठा आवतजावतमा अवरोध सिर्जना गर्ने जस्ता क्रियाकलापविरुद्ध कानुनी कारबाही गरिने जनाए । त्यसका लागि टोल फ्रि नम्बर ११४९ वा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त फोन गर्न सकिने जनाइएको छ । उनले यस्तो सङ्कटका ब...
‘१२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार’

‘१२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार’

राजनीति
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीबको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ। प्रदर्शनको क्रममा १२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार, १२ अर्ब खोइ, जनता कहिलेसम्म लाचार खोइ निशुल्क पीसीर लगायत नारा लगाउँदै सरकारको चर्को आलोचना गरेका छन्। अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो भने काठमाडौँमा अभियना अध्यक्ष विनय यादवको नेतृत्वमा भएको हो।...
नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

राजनीति
काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए । शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो । पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।...
कांग्रेसकाे आग्रह : प्रहरी हिरासतमा शंकास्पद मृत्युकाे वास्तविकता पत्ता लगाउ

कांग्रेसकाे आग्रह : प्रहरी हिरासतमा शंकास्पद मृत्युकाे वास्तविकता पत्ता लगाउ

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले रौतहट र मोरङमा दुई युवकको शंकास्पद ढंगले मृत्यु भएकाे भन्दै गहिरो अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार विज्ञप्ति जारी गरी प्रहरी हिरासतमा एकपछि अर्को गरी शंकास्पद मृत्यु भइरको भन्दै वास्तविकता सार्वजनिक गर्ने र आवश्यक कार्वाहीको प्रक्रियामा जाने कार्यमा कुनै मोलाहिजा नगर्न सरकार माग गरे । विज्ञप्तिमा भनिएको छ, रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिन देखि हिरासतमा रहेका वर्ष १९ का बिजय महरा परिवारका सदस्यले दिएको जानकारी अनुसार स्वस्थ र हट्टाकट्टा युवक थिए । तर आज अकस्मात बिरगंजको एक अस्पतालमा उनको निधन भएको खबर थाहा पाउँदा परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो । नेपाली कांग्रेस रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष मा...
विवादास्पद कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाइँदै

विवादास्पद कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाइँदै

राजनीति
काठमाडौं । सरकारले मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्षमा नियुक्ति गर्ने तयारी गरेको छ । यसका लागि अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका छन् । सञ्चालक समितिको बुधबार बस्ने बैठकले कोइरालालाई अध्यक्षमा चुन्ने निश्चित छ । सञ्चालक समितिमा सरकारले नियुक्त गरेका पदेन सदस्यहरूको बाहुल्य छ । अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ । वाणिज्य बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्ड सदस्यमा नियुक्त गरेपछि खाली पदका लागि कोइरालालाई ल्याइएको हो । कोइराला यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाएर विवादमा मुछिएका थिए । उनको हरेक कार्यकाल कुनै न कुनै रूपमा विवादित छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी भएकाले तत्कालीन एमाले र अहिले नेकपा सत्तामा पुग्दा राजनीतिक...
विप्लवलाई ठुलाे धक्का, ८८ नेता/कार्यकर्ता जसपामा प्रवेश

विप्लवलाई ठुलाे धक्का, ८८ नेता/कार्यकर्ता जसपामा प्रवेश

राजनीति
काठमाडौँ — नेत्रविक्रम चन्द(विप्लव) समूहको मध्य केन्द्रीय कमान्डका तत्कालीन सैन्य कमान्डर जीवन लामासहित ८८ जना कार्यकर्ता आइतबार जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । समूहका ब्युरो सदस्यहरू प्रह्लाद फुयाँल, रौतहट जिल्ला पूर्वसेक्रेटरी गोपाल जिम्बा तथा ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुलीमा विभिन्न तहको जिम्मेवारीमा रहेका कार्यकर्ताहरू पार्टी प्रवेश गरेका जनता समाजवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठसहितका नेताहरूले स्वागत गरेका थिए ।...
प्रधानमन्त्री ओलीलाई पूर्ण कार्यकाल

प्रधानमन्त्री ओलीलाई पूर्ण कार्यकाल

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने भएका छन । पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदलले नेकपाका अध्यक्षद्वय शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बुझाएको प्रतिवेदनमा सो सुझाव समावेश गरिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताए। उनका अनुसार सर्वसम्मत रूपमा तयार गरिएको सो प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटीको बैठकमा प्रस्तुत हुनेछ । त्यहाँबाट पारित भएपछि कार्यान्वयनमा आउने उनले बताए । पछिल्लो समय नेकपाका अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने चर्चा पार्टीमा चलेको थियो तर अध्यक्षद्वयको सहमतिमा गठन भएको कार्यदलले नेकपाका अध्यक्ष प्रचण्ड पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने र प्रधानमन्त्री ओली पूर्णकाल प्रधानमन्त्रीमा रहने सुझाव दिइएक...
कांग्रेसको प्रश्‍न : खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

कांग्रेसको प्रश्‍न : खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

Featured, राजनीति
काठमाडौँ — सरकारले चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको बताएका हुन् । शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गएको असार १ गते सोमबार सम्मानित सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो । न्यायाधीशहरु आनन्द मोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता देखाएन । आदेशको दुई महिनापछि पुन: महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल...
भदौ १६ देखि शर्तसहित नियमित उडान गरिने (मन्त्रिपरिषद् निर्णयसहित)

भदौ १६ देखि शर्तसहित नियमित उडान गरिने (मन्त्रिपरिषद् निर्णयसहित)

Featured, राजनीति
काठमाडौं । सरकारले भदौं १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ । यस्तै सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ। कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको मन्त्र खतिवडाले बताए । पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको हो। खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको ...
सरकारकाे पछिल्लाे नियुक्तिप्रति प्रचण्डकाे असन्तुष्टि

सरकारकाे पछिल्लाे नियुक्तिप्रति प्रचण्डकाे असन्तुष्टि

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारका पछिल्ला नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटेमा प्रचण्डले नेकपा विवाद समाधानका लागि कार्यदल गठन भएयता सरकारले गरेका नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन् । भेटमा प्रचण्डले पछिल्ला नियुक्ति खारेज गर्न ओलीसँग माग पनि गरेका छन् । प्रचण्ड निकट स्रोतले भन्यो ‘अध्यक्ष कमरेडले आजको भेटमा पछिल्लो पटक जे जस्ता राजनीतिक नियक्तिहरु भएका छन् । ति सबै खारेज गर्नुस् भन्नुभएको जानकारी पाएको छु । विशेषगरी अध्यक्षले सोमबारको मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउनु भएको हो',। तर, प्रधानमन्त्री ओलीले भने कार्यदल गठनअघि नै ती नियुक्तिहरु प्रक्रियामा रहेका र निर्णयहरु गरिएको जवाफ दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण...