राजनीति

प्रधानमन्त्री ओलीलाई तोकियो अर्थ र सञ्चार मन्त्रालयको जिम्मा

प्रधानमन्त्री ओलीलाई तोकियो अर्थ र सञ्चार मन्त्रालयको जिम्मा

राजनीति
काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्हालने भएका छन् । शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी खतिवडाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको जनाएको छ । संवैधानिक व्यवस्थाका कारण खतिवडाले पदबाट आज राजीनामा दिएका थिए । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि ६ महिना उनी संवैधानिक व्यवस्था अनुसार मन्त्री पदमा आसीन थिए ।...
अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

राजनीति
काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएका बुझाएका हुन् । राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ । तत्कालका लागि सांसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वत: सकिदै छ। प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन् । खतिवडा गैर संसाद नै ६ महिनासम्म मन्त्री बनेका हुन् ।...
मन्त्रिपरिषद् पुनगर्ठन हल्लामात्रै : प्रधानमन्त्री ओली

मन्त्रिपरिषद् पुनगर्ठन हल्लामात्रै : प्रधानमन्त्री ओली

राजनीति
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठन हुने हल्ला मात्रै भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने हल्ला मात्र भएको भन्दै मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रिपरिषद् पुनगर्ठनको हल्ला कसरी आयो । यस्ता हल्लाको पछि नलाग्नुस्, ढुक्कसँग काम गर्नुस्,’ प्रधानमन्त्रीको भनाई उद्र्धत गर्दै एक मन्त्रीले भने । 'यो विषयमा धेरैपटक समाचार आइरहेका छन् । समाचारमा घरी यसलाई फाल्छ घरी उसलाई ल्याउँछ भनेका छन् । यस विषयमा मैले कहिँ पनि छलफल गरेको छैन । तपाईंहरू मन्त्रालयको कमान्ड लिएर मन्त्रालयका काम गर्नुस् भन्नुभयो,' ती मन्त्रीले भने । सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद् पुनगर्ठनको ...
बाढी प्रभावितलाई राहत वितरण

बाढी प्रभावितलाई राहत वितरण

राजनीति
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेर राहत वितरण गरेका हुन् । गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो । राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएका सासंद् पौडेलले जानकारी दिए । “जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उनले भने । गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले दुई लाखका दरले राहत प्रदान गर्ने बताए । यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि रु। तीन लाख सहयोग गर...
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफरिस

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफरिस

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा  सिफरिस गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा कार्यदल प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने समेत निर्णय भएकाे प्रवक्ता श्रेष्ठले बताए । बैठकले बागलुङ् जिल्लाको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति दुख व्यक्त गरेको छ । साथै सरकालाई उद्धार, राहत र पुर्नस्थपनाको कामलाई तीव्रतापूर्वक व्यवस्थितरुपमा अगाडि बढाउन आग्रह गरेको छ । यस्तै पार्टी कमिटीलाई उद्धार र राहतमा जुट्न निर्देशन गरेको प्रवक्ता श्रेष्ठले बताए ।...
लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान असोज १ देखि सञ्चालनमा आउने

लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान असोज १ देखि सञ्चालनमा आउने

राजनीति
काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए । यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।...
भ्रष्ट मन्त्री जीतेन्द्र सोनललाई बरखास्त गर भन्दै प्रदेश सरकारविरूद्द प्रदर्शन

भ्रष्ट मन्त्री जीतेन्द्र सोनललाई बरखास्त गर भन्दै प्रदेश सरकारविरूद्द प्रदर्शन

राजनीति
जनकपुर । प्रदेश २ मा सरकारको आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्ता समिति मार्फत भएको ८ सय ४२ वटा योजनाको ८६ करोड रुपैयाँको भुक्तानी हुन बाँकी रहेको तथ्य प्रति राष्ट्रीय एकता अभियानकाे ध्यानाकर्षण भएको छ। अभियानले ध्यानाकर्षण भएकाे भन्दै प्रदेश सरकारविरूद्द प्रदर्शन समेत गरेकाे छ। प्रदर्शनकाे क्रममा कमिसनखोरी बन्द ग़र, उपभोगता को रकम जारी ग़र,-भ्रष्ट मन्त्री जीतेन्द्र सोनललाई बरखास्त ग़र ! संघीयता बिरोधी कदम बन्द ग़र ! रराष्ट्रीय एकता अभियान, जिन्दावाद भन्दै प्रदेश सरकारकाे विराेध गरेका थिए। जनता समाजवादी पार्टीको सरकारद्वारा आर्थिक वर्ष २०७५/०७६ मा संचालित ८ सय ४२ वटा योजनाको ८६ करोड रुपैयाँको भुक्तानी हालसम्म हुनसकेको छैन । यस्तो हुनुको कारण प्रदेश सरकारमा व्यापत कमिसनतन्त्र एवम भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलको अक्षमता र वदनीयत तथा मन्त्रीहरूबीचको आन्तरिक मतभेद रहेको बुझिएको छ । उपभोक्...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू

राजनीति
काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासको विषयमा बैठकमा समीक्षा हुने बताइएकाे छ । बैठकले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्ने अनुमान गरिएको छ।...
सरकारविरूद्द राष्ट्रिय एकता अभियानकाे काठमाडौंसहित चार जिल्लामा प्रदर्शन

सरकारविरूद्द राष्ट्रिय एकता अभियानकाे काठमाडौंसहित चार जिल्लामा प्रदर्शन

राजनीति
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीब जनताको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं, महाेत्तरी, धनुषा र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ। मिथिलाबिहारी नगरपालिकामा गरीब, मजदूरहरुको लागि राहत को कुनै बेवस्था नगरेकोले सरकरको बिरोधमा अभियानले प्रदर्शन गरेकाे हाे।गरीब मजदूर हरुको लागी अबिलम्ब सरकारले राहतको बेवस्था गर्नको लागि गरिएको प्रदर्शन को नेतृत्व मिथिलाबिहारी नगरपालिकाका संयोजक ओमप्रकाश मण्डलले गरेका थिए। १२ किलो चामलमा 6 महिना कसरी धान्ने ? पार्टीको झगडा पछि सरकार,हाललाई मजदूर र किसानलाई राहत सरकार । सन्क्रमित भेटाउने खर्च १ लाख ४ हजार,जनता के बेकुफ हो सरकार ?जनता कहिलेसम्म लाचार,सबैलाई निशुल्क पिसिआर !कुर्सी हैन, जनता जोगाउ । राष्ट्रीय एकता अभियान, जिन्दावाद को नारा का साथ प्लेकार्ड लिएर गरिएको प्रदर्शन मा स्थानीय अभिनता ओमप्रकाश साह, रुपेश या...
७० करोड प्रकरण : बाँस्कोटाले राजीनामा दिए, मिश्रलाई अहिलेसम्म किन उन्मुक्ति?

७० करोड प्रकरण : बाँस्कोटाले राजीनामा दिए, मिश्रलाई अहिलेसम्म किन उन्मुक्ति?

राजनीति
काठमाडाैं । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्‍याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए-नोटासिस, एसएका नेपाल प्रतिनिधि विजय मिश्रले त्यसमा ७० करोड रुपैयाँ कमिसन आउने बताएका छन्। अडियोमा २६ अर्बको मूल्य (धेरै कमिसनका लागि) बढाएर २८ अर्ब पुर्‍याउन भनिएको छ। स्विसबाट खोसेर जीटुजी विधिबाट सरकारले किन्ने निर्णयतर्फ लागेको उस्तै प्रेसको मूल्य भने बढीमा २५ अर्ब १३ करोड रुपैयाँ थियो। र, सोझै स्विस कम्पनीलाई दिन पूर्वसरकारहरूले बनाइदिएको बाटो भत्काएर सरकार–सरकार (जीटुजी)तर्फ जानु नै यो लफडाको कारक रहेको पाइएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। मिश्र राजनीतिक शक्तिहरू उपयोग गर्ने खतरनाक खेलाडी हुन्। सेक्युरिटी प्रेसमा जोडिएर नेपाल सरकारको ढोकाभित्र उनी सोझै छिरेका थिए। २०७३ पुस २...