राजनीति

लामो दुरीको यातायात असोज ५ देखि चल्ने

लामो दुरीको यातायात असोज ५ देखि चल्ने

राजनीति
काठमाडाैं । सरकारले लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।...
कांग्रेस नेता थापा भन्छन् – सरकारले नागरिकलाई सहयोगभन्दा उल्टै सास्ती दियाे

कांग्रेस नेता थापा भन्छन् – सरकारले नागरिकलाई सहयोगभन्दा उल्टै सास्ती दियाे

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा समस्यामा परेका नागरिकलाई सहयोग गर्नुपर्नेमा सरकारले उल्टै सास्ती दिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भ्लग सार्वजनिक गर्दै नेता थापाले चार्टर फ्लाइटभन्दा महँगो हवाई भाडा तिर्नु परेको भन्दै उनले नेपाल वायु सेवा निगमले उठाइरहेको भाडादर र संक्रमणको समयमा उद्धारको बेलाभन्दा अत्यधिक बढी रहेको बताए । स्वदेश फर्कने नागरिकले चर्को भाडादर बुझाउनु परेपछि सरकारको ध्यानाकर्षण गराउँदै नेता थापाले सामान्य बेलाभन्दा नागरिकप्रति संकटको बेला दायित्व बढ्ने सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बनाएको निर्देशिकाअनुसार कल्याणकारी कोषको खर्च गरी एक जना पनि स्वदेश फर्कने अवस्था नरहेको उनले सुनाए । नेपाल फर्कनका लागि सरकारी निकायले नागरिकलाई पुर्‍याएको सास्ती प्रति उनले आपत्ति जनाए । उनले भने, 'टिकट काट्न पाएका छैनन्। अनेक दुःख पाएर पनि टि...
मन्त्रिपरिषद् बैठक सुरू

मन्त्रिपरिषद् बैठक सुरू

राजनीति
काठमाडौं । मन्त्रिपरिषद्काे नियमित बैठक सुरू भएकाे छ । बैठक केहीबेर अघि नियमित एजेन्डामाथी छलफल सुरू भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बालुवाटारमा जारी साेमबारकाे बैठकले नेपाल बिद्युत् प्रधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने सम्भावना छ । त्यस्तै वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनसम्बन्धि सिफारिस समेत हुने सम्भावना रहेकाे स्राेतले बतायाे ।...
सर्वोच्च अदालतले रोक्यो जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय

सर्वोच्च अदालतले रोक्यो जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय

राजनीति
काठमाडाैं । सर्वोच्च अदालतले जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारकाे निर्णय कार्यन्वयन नगर्न आदेश दिएको छ । आज सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्‍त्रालयले भदाै १८ गते गरेकाे जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सन्तोष भण्डारीले हालेकाे रिटमाथीकाे इजलासले गर्दै माथेमाले ८ असोजमा दुवै पक्षलाई छलफलमा बोलाएकी छन् । त्यतिन्जेलका लागि अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्चले उक्त दिन दुवै पक्षका तर्क सुनेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय गर्नेछ। २६ साउन २०७४ मा भूमि व्यवस्था मन्त्रालयले जग्गा कित्ताकाटमा रोक लगाएकोमा १८ भदौमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्‌मा अर्यालले पुरानो निर्णय बदर गरेकी थिइन् ।...
जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न राष्ट्रपतिको आग्रह

जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न राष्ट्रपतिको आग्रह

राजनीति
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिरोको जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा सार्न आग्रह गरेकी छन् । सो जिल्लामा केहि समययता निरन्तर पहिरोबाट जनधनको ठूलो क्षति भइरहेपछि राष्ट्रप्रमुख भण्डारीबाट सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको हो। सिन्धुपाल्चोकको बाह्रबिसेमा गतराति पहिरो जाँदा कयौं स्थानीयवासीको ज्यान गएको छ। आइतबार साँझसम्म सो ठाउँमा पहिरोबाट मृत्यु हुने ११ जनाको शव फेला परेको छ भने थप २० जना अझै वेपत्ता छन्। ‘२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ। त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु,’ सामाजिक सञ्जाल ट्विटमार्फत् राष्ट्रपतिको भनाइ आएको छ, ‘भौगोलिक सम्वेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु।’...
सिन्धुपाल्चोक पहिरोबाट जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न देउवाको आग्रह

सिन्धुपाल्चोक पहिरोबाट जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न देउवाको आग्रह

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक पहिरोको उच्च जोखिमका रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले भूगर्भविद्ले औँल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न विलम्ब नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गरेका हुन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरोमा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गरेका हुन् । देउवाले विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घडीमा बेपत्ताको तीव्रताका साथ खोजी गर्न, घाइतेलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँ...
नेकपा अध्यक्षद्वयबीच भेटवार्ता

नेकपा अध्यक्षद्वयबीच भेटवार्ता

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीचकाे भटवार्तामा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने बताइएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी कार्ययोजना तयार पारेको थियो । स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पूरै कार्यकाल सरकार चलाउने अर्का अध्यक्षले पार्टीको सम्पूर्ण काम गर्ने, एमसीसीलाई परिमार्जन गरी अनुमोदन गर्ने‌ लगायतका निर्णय गरेको थियो । पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलेपछि स्थायी कमिटी बैठक बसेको थियो ।...
अध्यक्षद्वयको साझा प्रस्तावमा नेपालले आलोचनात्मक टिप्पणी गर्ने

अध्यक्षद्वयको साझा प्रस्तावमा नेपालले आलोचनात्मक टिप्पणी गर्ने

राजनीति
काठमाडौं – नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन्। यस्तै कतिपय वैचारिक राजनीतिक पक्षका विवादलाई एकता महाधिवेशनमा लगेर टुंगो लगाउने समझदारीका साथ साझा प्रस्ताव तयार पारेपछि नेता नेपालले प्रस्तावमाथि आलोचनात्मक टिप्पणी गर्ने भएका हुन्। उनले पार्टी एकताको ५ महिनायता निरन्तर उठाउँदै आएको पार्टी विद्यमानको धारा ४६ (क)मा उल्लिखित व्यवस्थाअनुसार एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा समेटिन नसकेको भन्दै त्यसमा आ...
केन्द्रीय कमिटीको बैठक कात्तिकमा गर्न नेकपा अध्यक्षद्वय सहमत

केन्द्रीय कमिटीको बैठक कात्तिकमा गर्न नेकपा अध्यक्षद्वय सहमत

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय कमिटी बैठक कात्तिकमा डाक्न सहमत भएका छन् । शुक्रबार बस्‍न लागेको स्थायी कमिटीको बैठकका लागि तयार पारेको सहमतिको प्रस्तावमा कात्तिकमा केन्द्रीय कमिटीको बैठक राख्ने प्रस्ताव अघि सारेका हुन् । पार्टीको दोस्रो बैठकको निर्णयानुसार पार्टीको एकता महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्नका लागि बैठक राख्‍न लागिएको हो । ‘महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न कार्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गरेर उक्त बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने,’ अध्यक्षद्वयको प्रस्तावमा उल्लेख गरिएकाे छ । केन्द्...
सूर्य थापाको प्रश्न- ‘तपाईँ पूर्वप्रधानमन्त्री कि गाली शिरोमणि ?’

सूर्य थापाको प्रश्न- ‘तपाईँ पूर्वप्रधानमन्त्री कि गाली शिरोमणि ?’

राजनीति
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले भट्टराईलाई ‘देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ?’ भनेर प्रश्न गरेका छन् । थापाले निर्वतमान अर्थमन्त्री युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई भट्टराईको सामाजिक मर्यादा र शिष्टतामाथि प्रश्न उठाएका छन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्वप्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !’ भन्दै प्रश्न उठाएका छन् । ‘डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? ...