राजनीति

कम्युनिष्ट शासनकाे कुसंस्कार: पत्रकारलाई पनि छाेडेनन्

कम्युनिष्ट शासनकाे कुसंस्कार: पत्रकारलाई पनि छाेडेनन्

राजनीति
कैलाली । मुलकमा २ तिहाइकाे कम्युनिष्ट सरकार छ। कम्युनिष्ट सरकार र तिनका कार्यकर्ताहरू जे चाहे शाक्तिकाे अाडमा त्यही गर्छन्। भ्रखरै कम्युनिष्ट शासनकाे कुसंस्कारकाे रूपमा तिनका कार्यकर्ताहरूले दिउँसै पत्रकारमाथि कुटपिट गरेकाे दृश्य समाजिक सञ्जालमा भाइरल बनेकाे छ। दिनेश सञ्चार गृहमा आक्रमण नेकपा निकट अनेरास्ववियूका कार्यकर्ताहरूले कुटपिट गरेका हुन्। कम्युनिष्ट शासनमा स्वतन्त्रता हुँदैन त्यसैले कडा शासनले जनतालाइ दु:ख दिइरहेका हुन्छन्। कुटपिट गर्ने कार्यकर्ताहरू अनेरास्ववियु कैलालीका जिल्ला सदस्य हुन्। गत २६ गते दिउँसो सञ्चार गृहमा पुगेर उनीहरूले आक्रमण गरेका हुन्। धनगढी उपमहानगरपालिका ५ का प्रमोद खड्का र कुबेर खड्काले आक्रमण गरेका हुन्। कम्युनिष्ट शासले अति गरेपछि त्यसकाे विरूद्द पत्रकारहरू उत्रिएका छन्। गत शुक्रवार दिनेश सञ्चार गृहमा प्रवेश गरी १५–२० जनाको समूहले साङ्घातिक आक्रमण गरेको थि...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

राजनीति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् । ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रालय स्राेतले जनाएकाे छ । प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो । उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपनि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको छैन ।...
अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द

अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द

राजनीति
काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय सीमा नाका आगामी असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि भदौ ३० गते शुक्रवार सम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरिएको थियो । नेपालमा गत वर्षको चैत ११ गतेबाट लकडाउन गरेसँगै अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द गरिएको थियो । त्यस्तै भारतसँग सिमा जोडिएका १२ वटा नाकाबाट नेपाल प्रवेश गर्नको लागि अनुमति दिइएको उनले बताए ।...
युवराज खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त

युवराज खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त

राजनीति
काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्ति भएका छन् । करिब अढाई वर्षसम्म देशको अर्थमन्त्रालय सम्हालेका खतिवडालाई सरकारले प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार जानकारी दिए । 'निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ', ज्ञवालीले भने, 'उहाँले मन्त्रिस्तरकै सुविधा पाउनुहुनेछ।' खतिवडा अर्थबाट बाहिरिएपछि नयाँ अर्थमन्त्रीको चर्चा भइरहेका बेलामा उनी प्रधानमन्त्रीका विशेष सल्लाहकार भएका छन् ।...
बिहीबारदेखी लामो दुरीको यातायात चल्ने

बिहीबारदेखी लामो दुरीको यातायात चल्ने

राजनीति
काठमाडौं । सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालन गर्न अनुमति दिएकाे छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर भाडा लिन सक्ने सरकारले जनाएकाे छ । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।...
पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्छ : कमल थापा

पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्छ : कमल थापा

राजनीति
पार्टीभित्रको मतभेद सहमतिबाट टुंग्याउनुपर्नेमा कमल थापाको जोड काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीभित्र देखिएकाे मतभेद सहमतिबाट टुँग्याउनु पर्नेमा जोड दिएका छन् । मंगलबार एक ट्वीट गर्दै अध्यक्ष थापाले पार्टीभित्र देखिएकाे विवाद र चित्त नबुझेका कुरा सहमतिबाटै टुंग्याउनुपर्नेमा जोड दिएका हुन् । धर्म, संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको पनि थापाको भनाइ छ । उनले ट्वीटरमा लेखेका छन्–‘धर्म र संस्कृति विरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ । यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो । https://twitter.com/KTnepal/status/1305763163531476992...
प्रहरीकाे प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै अभियानद्वारा प्रदर्शन

प्रहरीकाे प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै अभियानद्वारा प्रदर्शन

राजनीति
जनकपुर । ‘पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले सप्तरी, राैतहट र धनुषामा प्रदर्शन गरेकाे छ । प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे अभियानकाे ठहर छ। राष्ट्रीय एकता अभियान को उपाध्यक्ष सुनीता साहको नेतृत्वमा सप्तरी को राजबिराज मा प्रदर्शन भएको छ भने रौतहटको जिल्ला संयोजक शंकर दास को नेतृत्वमा कटहरिया नगरपालिकामा प्रदर्शन प्रदर्शन भएको हाे। त्यस्तै जनकपुमा पनि अभियानका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। अभियानका केन्द्रीय संयाेजक विनय यादवले भने ,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो । आफ्नो निजी सम्पती ...
नेकपाको अन्तरपार्टी निर्देशन–५, हेर्नुहोस् पूर्णपाठ

नेकपाको अन्तरपार्टी निर्देशन–५, हेर्नुहोस् पूर्णपाठ

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँचौ अन्तरपार्टी निर्देशन जारी गरेको छ । पार्टीको हालै सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकपछि सो निर्देशन जारी गरिएको हो । स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भएको थियो । बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको सोही निर्णयका आधारमा यो अन्तरपार्टी निर्देशन-५ जारी गरिएको छ ।...
मन्त्रीमण्डल पुर्नगठनको तयारी

मन्त्रीमण्डल पुर्नगठनको तयारी

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले यसपटक मन्त्रीमण्डल पुर्नगठन गर्दा दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने र आफूलाई संकटमा पर्दा साथ दिनेलाई अवसर दिने मापदण्ड बनाएको बुझिएको छ । दुई वर्ष पुरा भइसकेपनि केही मन्त्रीहरु भने सरकारमा रहनेछन् । उनीहरुले ओलीलाई संकट पर्दा साथ दिएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारमै रहनेछन् । पोखरेल र बादलले ओलीको सत्ता संकट आउँदा निकै साथ दिएका थिए । ज्ञवाली ओलीका विश्वासपात्र हुन् । उनलाई सञ्चारमा लाने तयारी भएको बुझिएको छ । राष्ट्रियसभामा मनोनित हुन लागेका बामदेव गौतमलाई पनि उपप्रधानमन्त्रीसहित विकासे मन्त्रालय दिने तयारी भएको छ । गृहमा बादल कायमै रहेमा बामदेवले अर्थ पाउनेछन् । उनको चाहना पनि अर्थमा जाने रहेको छ ।...
सरकारको प्रवक्ताकाे जिम्मेवारी ज्ञवालीलाई

सरकारको प्रवक्ताकाे जिम्मेवारी ज्ञवालीलाई

राजनीति
काठमाडौं । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो । यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।...