राजनीति

नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

राजनीति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।’ यसअघि आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।...
कांग्रेस संसदीय दलको आग्रह : अनसनरत डा. केसीका माग सम्बोधन गर

कांग्रेस संसदीय दलको आग्रह : अनसनरत डा. केसीका माग सम्बोधन गर

राजनीति
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले अनसनरत डा.गोविन्द केसीका माग सम्बोधन नगरेको भन्दै सरकारकाे ध्यानाकर्षण गराएकाे छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवं परिवर्तनका लागि जुम्लामा अनसनरत डा. केसीकाे दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उनको मागलाई वेवस्ता गर्नु दुःखद भएको उल्लेख गरे । कांग्रेस संसदीय दलले सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ ।...
एकतावद्ध बनाएर पार्टीलाई ठूलो बनाउने अठोट छ : सभापति देउवा

एकतावद्ध बनाएर पार्टीलाई ठूलो बनाउने अठोट छ : सभापति देउवा

राजनीति
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने प्रयास जारी रहेका बताएका छन् । साथै उनले पार्टीलाई ठूलो बनाएरै छोड्ने आफ्नो अठोट रहेको बताएका छन् । कांग्रेस महिला विभागले आइतबार गरेको भर्चुअल अन्तर्क्रियामा सभापति देउवाले अहिलेको अवस्थाभन्दा पार्टीलाई ठूलो बनाउन आफू लागिपरेको बताएका हुन्। ‘मेरो अठोट पार्टीलाई ठूलो पार्टी बनाएरै छोड्छु भन्ने छ,’ देउवाले भने। उनले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्र दुई पार्टी एक भएर चुनाव लडेको र कांग्रेस एउटा पार्टी दुइटाजस्तो भएर चुनाव लड्दा पार्टी दोस्रो हैसियतमा रहेको पनि बताए। ‘एमाले र माओवादी एक पार्टी भएर लड्यो । कांग्रेस एक पार्टी भएर पनि दुइटाजस्तो भएर लड्यो,’ उनले भने, ‘पार्टीलाई एकतावद्ध बनाउने प्रयास जारी नै छ।’ उनले नेतृहरूलाई गाउँगाउँ गएर संगठन विस्तार गर्न पनि आग्रह गरे । कांग्रेस महिलामैत्री पार्टी भए...
मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी, प्रधानमन्त्री ओलीका ३ विकल्प

मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी, प्रधानमन्त्री ओलीका ३ विकल्प

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि तीन विकल्प पेश गरेका छन् । पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेसँगै प्रधानमन्त्री ओलीले तीन विकल्प अघि सारेका स्राेतले बतायाे । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरुलाई हटाउने र केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने प्रस्ताव गरेका थिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । ‘सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ’ प्रचण्डले भनेका छन्, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ ।’...
वैकल्पिक शक्तिको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्छाैं : कमल थापा

वैकल्पिक शक्तिको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्छाैं : कमल थापा

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्ति बनाएरै छाड्ने बताएका छन् । आइतबार पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने बताए । पार्टीका विषयमा रहेका भ्रम चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ जान आग्रह गर्दै अध्यक्ष थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए । राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीहरुलाई विश्वास दिलाए ।...
यही संविधानले सुशासन र समृद्धि हासिलका लागि मार्ग प्रशस्त गरेकाे छ : माधवकुमार नेपाल

यही संविधानले सुशासन र समृद्धि हासिलका लागि मार्ग प्रशस्त गरेकाे छ : माधवकुमार नेपाल

राजनीति
काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यही संविधानको जगमा टेकेर समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताएका छन् । छैटौं संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यही संविधानको जगमा टेकेर आर्थिक, सामाजिक रूपान्तरण, विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताए । पूर्वप्रधानमन्त्री नेपालले केन्द्रीकृत शासन व्यवस्थाको स्थानमा सङ्घीय शासन प्रणालीको व्यवस्था गर्नु यस संविधानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै संविधान कार्यान्वयन तथा सङ्घीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा पनि पछिल्लो पाँच वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । ठूलो बलिदानी र संघर्षबाट प्राप्त यो संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गर्दै उनल...
अनसनरत डा. केसीको माग सम्बोधन गर्न कांग्रेसकाे आग्रह

अनसनरत डा. केसीको माग सम्बोधन गर्न कांग्रेसकाे आग्रह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक अभियन्ता डा. गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत २०७५ साल साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लङ्घन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग गरेका छन् । विसं २०४६ को परिवर्तनपश्चात् कांग्रेस नेतृत्वको सरकारको नीति र कार्यक्रमको जगमा एकातर्फ दर्जनौँ मेडिकल कलेज देशमा स्थापित भए भने चिकित्सा शिक्षा क्षेत्रको विसङ्गति अन्त्य गरेर सुधारका लागि कांग्रेसकै नेतृत्वको सरकारले डा केदारभक्त माथेमाको नेतृत्वमा उच्चस्तरीय का...
२७ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जितपुरसिमरा उपमहानगर कार्य समिति गठन

२७ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जितपुरसिमरा उपमहानगर कार्य समिति गठन

राजनीति
काठमाडाैँ । २७ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जितपुरसिमरा उपमहानगर कार्य समिति गठन भएकाे छ। लालबाबु पाण्डेयकाे अध्यक्षतामा २७ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जितपुरसिमरा उपमहानगर कार्य समिति गठन भएकाे हाे। शनिबार बारा जिल्ला स्थित जितपुरसिमरा उपमहानगरपालिका-१०, मा नेपाल विश्व हिन्दु महासंघ का राष्ट्रिय सचिव अभिषेक तिवारी ज्युको प्रमुख आतिथ्य, प्रदेश नं-२ का अध्यक्ष बिशाल झा ज्युको विशेष उपस्थिति तथा पर्साका उपाध्यक्ष सन्दीप साह, बिरगंज महानगर अध्यक्ष अनुराग झा, उपाध्यक्ष राकेश पटेल, सचिव मुकेश श्रीवास्त्वको उपस्थितिमा एक अाैपचारिक कार्यक्रमबीच उक्त उपमहानगर कार्य समिति गठन भएकाे हाे। नवगठित कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत वक्ताहरूले दिएका छन्।...
संविधान संशोधनको माग गर्दै जसपाद्धारा गौरमा विरोध प्रदर्शन

संविधान संशोधनको माग गर्दै जसपाद्धारा गौरमा विरोध प्रदर्शन

राजनीति
रौतहट । जनता समाजवादी पार्टी (जसपा) राैतहटले संविधान संशोधनको माग गर्दै सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेकााे छ । संविधान दिवसको दिन ‘कालो दिवस’ भन्दै संविधान संशोधनको मागसहित जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका हुन् । जनता सामाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलको अगुवाइमा तुल ब्यानरसहित गौरमा विरोध प्रदर्शन भएको हो । केपी शर्मा ओली सरकार विरोधी विभिन्न नारा लगाउँदै गौरस्थित बिपी चौकबाट सुरु भएको जुलुस प्रदर्शन धड्खन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा राजपाका नेता अनिल सिंह, रेवन्त झा, प्रदेश सांसद बाबुलाल साह, पूर्वसभासद बब्न सिंह, बृजकिशोर यादव, किरण साह, राजकुमार दास, बौधिमाई नगरप्रमुख राजीव रञ्जन यादव, माधन नारायण नगरप्रमुख वीरेन्द्र यादवलगायतले अबिलम्ब संविधान संशोधन गरी मधेशी,...
शंकास्पद मृत्युमा कोरोना परीक्षण गर : कांग्रेस

शंकास्पद मृत्युमा कोरोना परीक्षण गर : कांग्रेस

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले काेराेना जस्तै लक्षण देखिएर मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव व्यवस्थापन गर्दा सबै मापदण्ड पालना गर्नुपर्ने, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तर शवबाट स्वाब निकालेर पीसीआर टेष्ट नगर्ने निर्णय गरेको थियो । यो निर्णय जनश्वास्थ्यको दृष्टिकोणमा गलत भएको जनस्वास्थ्य विज्ञहरुले समेत बताएका छन् । कांग्रेसले पनि यो निर्णय गलत भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो । तर कयौंले जीवित छँदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात ...