राजनीति

राष्ट्रिय निर्देशन ऐनलाई परिमार्जन गर्न संसदीय समितिकाे निर्देशन

राष्ट्रिय निर्देशन ऐनलाई परिमार्जन गर्न संसदीय समितिकाे निर्देशन

राजनीति
काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले नेपाल बाल संगठन लगायत वर्गीय तथा व्यवसायीक संगठन गठन गर्ने आधारका रुपमा रहेको राष्ट्रिय निर्देशन ऐनलाई परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले हालको ऐन सापेक्ष नभएकोले राष्ट्रिय निर्देशन ऐन २०१८ लाई समय सापेक्ष संशोधन गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले बाल संगठनको पूर्व कार्यसमितिले आफ्नो अभिलेख अहिलेको तदर्थ समितिलाई आधिकारीका रुपमा नबुझाएकाले समाज कल्याण परिषद्को रहोबरमा १५ दिनभित्र बुझाउन पनि समितिले निर्देशन दिएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् । बैठकले संगठनको जग्गा र भवनहरु रहेको र केन्द्रीय कार्यालय परिसरमा समेत १ सय २ रोपनी जमिनमध्ये ५१ रोपनी १३ आना ३ पैसा खण्डित गरी कानुन विपरित लिजमा दिएको भन्दै त्यस्को बिस्तृत अभिलेख गर्न पनि निर्देशन दिइएको उनले बताइन् । समितिले बाल ...
वामदेव गाैतमलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चकाे अन्तरिम आदेश, मन्त्री बन्न नपाउने

वामदेव गाैतमलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चकाे अन्तरिम आदेश, मन्त्री बन्न नपाउने

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिष्यसभा सदस्य बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन । सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले केहिदिन अघिमात्रै नेकपा उपाध्यक्ष गाैतमलाई राष्ट्रिष्यसभा सदस्यमा नियुक्त गरेकि थिइन् ।...
‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन

‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन

राजनीति
काठमाडौं । नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शन भएकाे छ। साथै १० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै काठमाडौँस्थित नेपालका लागि चिनियाँ दूतावास अगाडि धर्ना दिन पुगेको एक समूह पुगेकाे हाे। उक्त समुहलाइ प्रहरीले तितरबितर समेत पारि सकेकाे छ। बुधबार बिहान दूतावासमा धर्ना दिने पुगेको समूहले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी गरेका थिए ।सहभागीहरूले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएका हुन्। सहभागीहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, बुद्दिष्ट र मुस्लिममाथि अत्याचार बन्द गर भन्दै चीनविरूद्द नारा लगाएका छन्। ‘सचेत नेपाली’ नामकको ब्यानरसहित धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धर्ना दिन नपाउँदै हटाएको थियो । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत...
विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक, कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक, कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण

राजनीति
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि मंगलबार विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता मौलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त कार्ययोजना ल्याइएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजनाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित अभिभावक, निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरु सबैले आफ्नो दायित्व निर्वाह गर्ने गरी एकीकृत ढङ्गको प्रयास गराउने बताए । मन्त्रिपरिषद्को यही असोज १ गतेको निर्णयबाट यो कार्ययोजना स्वीकृत भएको हो । कोभिड १९ को जोखिमका कारण अवरुद्ध वि...
आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन

आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन

राजनीति
काठमाडौं । मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति तथा सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो । बैठकले ती चारवटै उपसमितिका लागि संयोजक समेत तोकेको छ । बैंक तथा वित्तीय संस्था उपसमितिको संयोजकमा जुलीकुमारी महतो, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमितिको संयोजकमा पदम गिरी, सार्वजनिक संस्थान अध्ययन उपसमितिको संयोजकमा मेटमणि चौधरी तथा सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमितिको संयोजकमा सत्या पहाडीलाई चयन गरिएको छ । समितिका सभापति कृष्णप...
नेतालाई सत्ताे-श्राप नगर्न प्रचण्डकाे आग्रह

नेतालाई सत्ताे-श्राप नगर्न प्रचण्डकाे आग्रह

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका अघिल्ला पुस्ताका नेताहरुलाई सत्ताे श्राप नगर्न आग्रह गरेका छन् । साहना प्रधानको छैटौं स्मृति दिवसको अवसरमा आयोजित भर्चुअल अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले आलोचनात्मक दृष्टिकोण राखेर अघि बढ्न आग्रह गरेका छन् । ‘युवा कमरेडहरु आत्तिनु भयो भने पनि केही निक्लँदैन। सबै सकियो नेताहरुले केही गरेनन्, सिद्धिसके भनेर अघिल्लो पुस्ताका नेताहरुलाई चाहिनेभन्दा धेरै सत्ताे-श्राप गरेर केही जन्मिनेवाला छैन,’ प्रचण्डले जोड दिँदै भने, 'नेताहरुले जेजे भन्छन्, नेताहरुले भनेपछि ब्रह्मवाक्य भन्ठानेर पनि लिनु हुँदैन। हरेक विषयलाई क्रिटिक्कली हेर्नुपर्छ।’ कम्युनिस्ट आन्दोलनमा सहना प्रधानले सर्वोच्च स्थान हासिल गरेर सम्मानित जीवन बाँचेको प्रचण्डले स्मरण गरे । अबको कम्युनिस्ट आन्दोलन हाक्ने युवाहरु भएपनि...
नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेपछि नागरिक समाजद्वारा आपत्ति

नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेपछि नागरिक समाजद्वारा आपत्ति

राजनीति
काठमाडौं । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाे पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएकाे छ। समाजले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द नारा लगाएकाे छ। समाजका कार्यकर्ताहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, बुद्दिष्ट र मुस्लिममाथि अत्याचार बन्द गर भन्दै चीनविरूद्द नारा लगाएका छन्। समाजका एक कार्यकर्ताले भने, 'हुम्लामा चिनियाँहरुले नेपालको भुमिमा भवनहरु बनाएको छ।ओलि जी भाडामा दिनु भएको छ या बेच्नु भएको छ एकचोटि चुटकुले भाषा भए पनि नेपाली जनतालाइ बताइ दिनु।' हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले द...
संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न नेकपाकाे आग्रह

संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न नेकपाकाे आग्रह

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक आयोगमा पदपूर्ति तत्काल गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदपूर्ति हुन नसकेको आरोप लगाइरहँदा सत्तारुढ दलले पनि पदपूर्तिका लागि आग्रह गरेको हो । १३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलसँगको भागबण्डा नमिलेकै कारण नियुक्तिमा ढिलाइ भएको बताइन्छ ।...
प्रधानमन्त्री ओलीद्वारा ‘हिम चितुवा’ शेर्पाप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री ओलीद्वारा ‘हिम चितुवा’ शेर्पाप्रति श्रद्धाञ्जली

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । “विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङरिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ”, प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन् । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पर्यटनमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’ शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्...
वामदेवको राष्ट्रियसभा सदस्य मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

वामदेवको राष्ट्रियसभा सदस्य मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्यिसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । रिटको सुनुवाई बुधबार हुने सर्वोच्चले जानकारी दिएको निवेदक त्रिपाठीले जानकारी दिए । त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल कम्युनिस्ट पार्टी कार्यालय र वामदेव गौतमलाई विपक्षी बनाएर सोमबार निवेदन दर्ता गरेका हुन् । निवेदनमा गौतमलाई मनोनयनका लागि मन्त्रिपरिषदले गरेको सिफारिस नै बदनियतपूर्ण एवं दुरासयपूर्ण हुनुका साथै संबिधानको धारा २, ७४, ८६(२) (ख) एवं ७८ (४) को सर्वथा विपरित रहेको दावी गरिएको छ । ‘प्रतिनिधसभाको निर्वाचनमा पराजित भएको ब्यक्तिलाई संघीय संसदको सोही कार्यका...