राजनीति

मन्त्रीकाे निर्णयविरूद्द नेवानि कर्मचारी संघकाे आन्दोलन

मन्त्रीकाे निर्णयविरूद्द नेवानि कर्मचारी संघकाे आन्दोलन

राजनीति
काठमाडाैँ । नेपाल वायुसेवा निगम कर्मचारी संघले यही भदौ ४ गते मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवाको नाममा एकलौटी रूपमा विदेशी लगानीमा संचालित हिमालय एयरलाइन्सलाई दिएको प्रति आपत्ति जनाएको छ। साथै संघले मन्त्रीको यो गलत निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको ठहर गर्दै परिस्थितिको आकलन गरी सो निर्णण तत्काल सच्याउन माग गर्दै निर्णय विरूद्द पहिलो चरणको विरोध तथा आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ। स्राेतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने थाई र इन्डियन एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्यान्डेलिङको सुविधा हिमालयलाई दिन लागिएको जनाएको छ । पहिलाे चरणकाे कार्यक्रमहरू १२ गते साेमबारका दिन ठीक दिनकाे ३ बजे ने.वा.नि केन्द्रीय कार्यालय कान्तिपदमा पत्रकार सम्मेलन तथा आन्दोलनका कार्यक्रमहरूकाे घाेषणा १३ गते मंगलबारका दिन नेपाल वायुसेवा निगमका सम्पूर्ण ...
चिनियाँ अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ

चिनियाँ अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ

राजनीति
काठमाडौं । चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्लेको नेतृत्वमा सोमबार बिहान हुम्लामा भएको चिनियाँ अतिक्रमण विरुद्ध दूतावास अगाडि प्रदर्शन भएको  हाे। चिनियाँ दुतावास अघि निषेधित क्षेत्रमै यूवा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो समय हुम्लामा नेपाली भूमि अतिक्रमण गरेर चीनले भवनहरु बनाएपछि युवाहरु आन्दोलित भएका हुन् । उक्त  प्रदर्शनमा नेविसंघका पूर्व केन्द्रीय सदस्य पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी, गोपी शिवाकोटी लगायत दर्जनौं युवाहरु सहभागी भएका थिए । उक्त प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का, दिपेन्द्र खड्का हुन् । पक्राउ परेका त्रिपाठी लिम्पियाधुरालाई नेपाली नक्सामा समेट्न माग गर्दै देशव्यापी विद्यालय तथा सार्वजनिक स्थलहरुमा अभियान चलाउ...
बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं : डा. बाबुराम भट्टराई

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं : डा. बाबुराम भट्टराई

Featured, राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् । जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले बलात्कार हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसकेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने जिकिर गरेको हुन् । नेता भट्टराईले राजतन्त्रकालका नमिता-सुनितादेखि गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बलात्कारपछि हत्या भएको घटनाको आइतबार ट्वीटरमा उल्लेख गरे । गत बुधबार बझाङको मष्टा गाउँपालिकास्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक बलात्कारपछि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी रहेको उनको भनाइ छ । कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको दुई वर्ष वितिसक्दा पनि अपराधी पत्ता लागेको छैन । उनले अदालतमा छुट्टै बेन्चक...
परराष्ट्रमन्त्रीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन, २ जना पक्राउ

परराष्ट्रमन्त्रीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन, २ जना पक्राउ

राजनीति
काठमाडाैँ । परराष्टमन्त्री प्रदीप ज्ञवालीकाे राजीनामा माग्दै राष्ट्रिय एकता अभियानले सुर्खेतमा प्रदर्शन गरेकाे छ । परराष्टमन्त्री ज्ञवालीकाे प्रष्टीकरण घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले परराष्टमन्त्री ज्ञवालीकाे राजिनामा माग गरेको हाे । हुम्लाका जनप्रतिनिधिले चीन बनाएकाे ९ वटा भवन नेपालकै भूमिमा पर्छ भन्दा भन्दै पनि परराष्ट मन्त्री ज्ञवालीले चीनले कुनै जग्गा नमिचेकाे दाबी गरेका छन्। राष्ट्रीय एकता अभियानले सुर्खेतको बीरेन्द्रनगर प्रदर्शन गरेकाे हाे। प्रदर्शनकाे क्रममा सहभागीहरले सीमा अतिक्रमण बन्द गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमीबाट चिनियाँहरू फिर्ता जाउ, सोझो नेपालीसङ्ग छ्लछाम बन्द गर, गाे ब्याक चाइना, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा लगाएका थिए। हुम्ला जिल्लाको भूमि चीन द्वारा मीचिएको बिरोधमा राष्ट्रीय एकता अभियानले शांतिप...
उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृहले दियो सहमति

उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न गृहले दियो सहमति

राजनीति
काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताए । गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जना भन्दा बढी जम्मा नहुने लगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी गर्न अनुमति दिएको गोल्छाले बताए । यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ । वरिष्ठ उपाध्यक्ष गोल्छाले अब छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने बताए । उनले स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालिन समयमा जारी गरेका मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र आवस्यक परेमा ३/४ वटा ठाउँबाट दुई दिन सम्म गरेर भएपनि चुनाव गरिने स्पस्ट पारे । महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवम्...
हप्तामा दुई दिन सार्वजनिक बिदा !

हप्तामा दुई दिन सार्वजनिक बिदा !

राजनीति
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार पारेकाे छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय बैठकले आन्तरिक पर्यटन प्रवर्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रीपरिषद्मा पेश गर्ने निर्णय गरेको हो । अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय भएको हो । पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखा प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति गठन गरिएको छ । जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत समावेश गरी अध्ययन प्रतिवेदन तयार गरिने छ । मन्त्रालयले...
बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन

बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन

राजनीति
काठमाडौं । गृह मन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइएको भन्दै मन्त्रालय त्यस्ता कार्य रोक्न र दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको हो । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै मातहतका निकायमार्फत त्यस्ता गतिविधि विरुद्ध आवश्यक कारबाही अघि बढाउन र त्यसको कार्यप्रगति मन्त्रालयमा पठाउन भनेको छ । समाजमा घट्न सक्ने कुनै पनि घटनाका सम्बन्धमा पूर्व सूचना लिई अवाञ्छित गतिविधि हुन नदिन र घटना घटेमा तथ्यगत विष्लेषण गरी कानुन अनुसार कारवाही गर्न, दण्डनीय हुने फौजदारी कसुरका विषयमा मेलमिलाप नगराउन तथा प्रहरी कार्यालयमा कुनै छलफ...
आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ मा हुने

आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ मा हुने

राजनीति
काठमाडाैं । निजामती कर्मचारीहरुको छाता संगठन आधिकारिक ट्रेड युनियनको निर्वाचन २७ मंसिरमा हुने भएको छ । यसअघि २४ असोजका लागि तय भएकोमा कोरोना संक्रमणका कारण मंगलबारको मन्त्रिपरिषद्को बैठकले सो चुनाव स्थगित गर्ने निर्णय गरेको थियो । निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय निजामती कर्मचारी संगठनले विरोध गरेका थिए । मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले चुनाव २७ मंसिरमा गर्ने निर्णय गरिएको जानकारी दिए ।...
चार्टर्ड उडानमा कसले गर्‍यो ब्ल्याक मेलिङ?

चार्टर्ड उडानमा कसले गर्‍यो ब्ल्याक मेलिङ?

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री योगेश भट्टराईले उडान संख्या बढाउँदै लगिने बताएका छन्। वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले चार्टर्ड उडान संख्या घटाएर नियमित उडानमा जाने तयारी भएको बताए । तत्कालै दैनिक १२ देखि १५ वटा उडान सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ। सरकारले असोज १५ देखि नियमित उडान गर्ने निर्णय गरेको छ। ‘अब नियमित उडानलाई प्रौत्साहत दिने छौं,’उनले भने 'चार्टर्ड उडान घटाउँदै लैजाने छौं’ नियमित उडान भए यहाँबाट विदेश जान पाउँछन्।’ महामारी नरोकिए पनि कोरोनासँग जुधेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ। ‘परिस्थिति प्रतिकुल छ। महामारीको पूर्वानुमान कसैले गर्न सक्दैन,’उनले भने,‘भागेर तर्सेर हल नहुने भएकाले कोरोनासँग आमुन्ने, सामुन्ने हुनुपर्छ ।’ विश्वभरी नै ५० प्रतिशत उडान प्रभावित छन्। मन्त्री भट्टराईले अमेरिकामा दैनिक ४४ हज...
सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा

सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा

राजनीति
काठमाडौं । सरकारले २ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरिएकाे जानकारी दिए । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । साथै सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिने जनाएकाे छ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।...