अमेरिकाकाे नयाँ नीति: कम्युनिस्ट पार्टीका सदस्यलाई पिआर नदिने
काठमाडौं । अमेरिकाले हालै नयाँ नीति सार्वजनिक गरेको छ। जसले गर्दा कम्युनिष्ट विचार धाराका मानिसहरूलाइ झट्का नै लागेकाे छ। अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेपछि कम्युनिष्ट विचार धाराका मानिसहरूलाइ झट्का नै लागेकाे हाे। युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) ले शुक्रबार यससम्बन्धी नीति ल्याएको बताएको छ।
जसमा भनिएको छ - सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ। यो व्यस्था तथा कानुनअनुसार अब कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पिआर तथा नागरिकता नपाउने निश्चित भएको हो। खासगरी चिनियाँ नागरिकलक्षित अमेरिकाले यो नियम ल्याएको हुन सक्ने बताइएको छ। सुरक्षा खतरालाई मध्यनजर गर्दै अमेरिकाले यस्तो नीति सार्वजनिक...








