राजनीति

काेराेना कहरले वामदेवकाे मुद्धाकाे सुनुवाई स्थगित

काेराेना कहरले वामदेवकाे मुद्धाकाे सुनुवाई स्थगित

राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा बुधबार सुनुवाई तोकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको छ । न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि तीन दिनदेखि सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ । बुधबार सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त र न्यायाधीश हरि फुयालको एकल गरी दुईवटा इजलास मात्र तोकिएको छ । नेकपा उपाध्यक्ष गौतमको राष्ट्रिय सभा सदस्य पदसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा सुनुवाई भइरहेको थियो । तर बुधबार उक्त इजलास नै राखिएको छैन । यसअघि असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई गरिएको थियो । त्यस दिनपनि सुनुवाइ नसकिएपछि बुधबारका लागि सरेको थियो । सर्वोच्चमा केही न्यायाधीश कोरोना संक्...
मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा

मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा

राजनीति
काठमाडौं । नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भए पनि अझै अन्योलमै छ। नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई दिनयताका छलफल मन्त्रिपरिषद् पुनर्गठनबारे सकारात्मक भएको नेताहरूले बताएका थिए। तर, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विषय नै प्रवेश नगराएको नेताहरूले बताएका छन्। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे सचिवालयमा छलफल नभएको बताए। ‘प्रधानमन्त्रीले त्यसबारे जानकारी गराउनुभएन’, प्रवक्ता श्रेष्ठले भने, ‘दुई अध्यक्षबीच छलफल चलिरहेको छ।’ ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भने जारी रहेको प्रवक्ता श्रेष्ठले बताए। प्रधानमन्त्री ओलीले सोमबारै तीन रिक्तसहित केही मन्त्री हेरफेरको तयारी गरेका थिए। ओलीनि...
चाकडीको कति मीठो हुन्छ चास्नी

चाकडीको कति मीठो हुन्छ चास्नी

राजनीति
काठमाडाैँ । ‘अब अमेरिकाबाट फर्र्किएपछि प्रधानमन्त्री बनाउने त होला नि’ – यो सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र हैन, मान्छेमा सवार हुने डरलाग्दो महत्वाकांक्षाको प्रतिबिम्ब पनि हो । डा.युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा प्रस्तावित भएपछि अधिकांश असन्तुष्ट मानिसले उनलाई गाली हैन बरु विभिन्न शैलीमा व्यंग्य गरेका छन् डा. खतिवडाले केही कर्मचारीसँग गरेको एउटा कुराकानीले यस्तै बुझाउँछ । ‘कहिल्यै राजनीति नगरेका खिलराज रेग्मी पनि मन्त्रिपरिषद्को अध्यक्षका नाममा प्रधानमन्त्री नै भएका होइनन् र ? के त्यस्तो परिस्थिति फेरि आउँदैन र ?’ उनका ज्वाइँ डा. रामशरण खरेलले आफूलाई जिस्क्याउनेहरुको राष्ट्र बैंकको अनुसन्धान विभागमा बसेर यसरी प्रतिवाद गर्न थालेका हुन् । हो पनि, नेपालमा चाकडी संस्कृतिको पक्षपोषण गर्नेहरुले कहाँ, कतिबेला, के पाउँछन्– भन्नै सकिँदैन । डा. खतिवडा पनि माधव नेपाललाई कन...
डा. केसीकाे जीवनरक्षाका लागि नेकपा सचिवालय बैठकमा छलफल

डा. केसीकाे जीवनरक्षाका लागि नेकपा सचिवालय बैठकमा छलफल

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसी अनसनबारे चासो देखाएका छन् । मंगलबार अपरान्ह बालुवाटारमा आयोजित (नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा नेताहरुले डा. केसीको जीवनरक्षाका बारेमा चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको बताएका थिए । नेकपाको मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा.गोविन्द केसीमाथि नै केन्द्रित भएको थियो । सचिवालयका नेताहरुले डा.केसीको जीवन रक्षाबारे सरकारले ठोस कदम चाल्नुपर्ने कुरा उठाएपछि बैठक त्यसैबारे केन्द्रित भएको एक सचिवालय सदस्यले जानकारी दिए । विभिन्न ६ बुँदे माग राख्दै डा.केसी २३ दिनदेखि अनशनरत छन् । १९ औं पटक अनशन बसेका डा. केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षासहित कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न पनि माग गरेका छन् । केसी अनसन बसेको २३ दिन पछि बल्ल सरकारले चासो दिन थालेको...
प्रदेश ५ काे राजधानी देउखुरी कायम

प्रदेश ५ काे राजधानी देउखुरी कायम

Featured, राजनीति
काठमाडाैं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी टुंगो लागेको छ। मन्त्री कुल बहादुर केसीले ल्याएको प्रस्तावमा सभामुख पुर्णबहादुर घर्तीले मतदानको परिणाम सार्वजनिक गरेसँगै राजधानीकाे टुंगाे लागेकाे हाे। प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो । भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।...
राजधानी सारिएको हैन, बनाउन खोजिएको हो : मुख्यमन्त्री पोखरेल

राजधानी सारिएको हैन, बनाउन खोजिएको हो : मुख्यमन्त्री पोखरेल

राजनीति
काठमाडौं । प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी सार्न लागेको नभै बनाउन लागिएको बताएका छन्। बुटवल अस्थायी राजधानी तोकिएकाले सार्न खोजेका रुपमा नबुझ्‍न आग्रह गरेका छन्। राजधानी बनाउन बाँकी नै रहेकाले त्यो दाङको भालुवाङमा बनाउन लागिएको उनले बताए। उनले भने, 'एउटा चर्चा चल्यो प्रदेश सार्न खोजियो। सार्न होइन बनाउन खोजेको हो। कहाँभन्दा पनि कस्तो बनाउने भन्ने बारे सोचौं। प्रस्तावित ठाउँले साझा मनोविज्ञान निर्माण गर्छ।' यसको निर्णय आफूले मात्रै नगरेको उनले स्पष्ट पारे। प्रदेश सभाका सांसदहरु मध्येबाटै बनाइएको विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयन गरेको उनले बताएका छन्। दाङ राजधानी बनाउने कुरा उक्त प्रतिवेदनमा पहिलो विकल्पका रुपमा राखिएले त्यसलाई प्राथमिकता दिइएको उनको भनाइ छ। प्रदेससभालाई सम्बोधन गर्दै उनले भने, 'उक्त समितिले दिएको प्रतिवेदन एकातिर र प्रदेश सरकारले अर्कातिर न...
राजधानी विवाद : २३ सय  असन्तुष्ट नेकपा कार्यकर्ताले दिए राजीनामा

राजधानी विवाद : २३ सय असन्तुष्ट नेकपा कार्यकर्ताले दिए राजीनामा

राजनीति
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सदस्य रहेका रुपन्देहीका करिब २ हजार ३ सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट सामूहिक रुपमा राजीनामा दिएका छन्। राजीनामा दिनेमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्। यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा २ हजार ३ सय हाराहारी नेकपा पार्टी सदस्य छन्। व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए। नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए। उनले सं...
कुर्सी तोडफोड कांग्रेसको नीति विपरीत : प्रवक्ता शर्मा

कुर्सी तोडफोड कांग्रेसको नीति विपरीत : प्रवक्ता शर्मा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड कांग्रेसको नीति विपरीत भएको बताएका छन् । सोमबार साँझ ट्विट गर्दै प्रवक्ता शर्माले प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तोडफोड कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको बताएका हुन्। प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले कुर्सी तोडफोड गरेका थिए। आफूहरूसँग कुनै छलफल नै नगरी एकतर्फी रूपमा प्रदेश ५ को राजधानी भालुवाङ तोक्ने प्रक्रिया अघि बढेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका थिए। 'प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ,' प्रवक्ता शर्माले ट्विटमा लेखेका छन्।...
प्रदेश ५ का मन्त्रीकाे आदेश – घिसारेर निकालिहाल्

प्रदेश ५ का मन्त्रीकाे आदेश – घिसारेर निकालिहाल्

राजनीति
काठमाडाैं । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले संसदीय मर्यादाविपरीत 'घिसारेर निकालिहाल्' आदेश दिएका छन् । साेमबार प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरिरहेका बेला मन्त्री केसीले मर्यादापालकलाई घिसारेर निकाल्न आदेश दिएका हुन् । तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिए । प्रदेशसभा चलिरहेको अवस्था सदनलाई सञ्चालन गर्ने र निर्देशित गर्ने सम्पूर्ण अधिकार सभामुखलाई हुने भए पनि मन्त्री केसीले मर्यादा पालकलाई नाराबाजी गर्ने विपक्षी कांग्रेसका सांसदलाई निकाल्न निर्देशन दिएका हुन्। सदन चलिरहेको अवस्थामा मुख्यमन्त्री, मन्त्री, सांसद कसैलाई कुनै पनि विषयमा निर्देशन दिने अधिकार हुँदैन । त...
नेकपा सचिवालय बैठक मंगलबार बस्ने

नेकपा सचिवालय बैठक मंगलबार बस्ने

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक भोलि बस्ने भएकाे छ । आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो बजे बोलाइएको पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच साेमबार भएकाे छलफल पछि सचिवालय बैठक बस्न लागेकाे हाे ।अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डका प्रेस संयोजक सापकोटाका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ । सोमबारको बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ । नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, शनिबार दिउँसो प्र...