नेपाल विश्व हिन्दु महासंघद्वारा इमरान खानकाे पुतला दहन

काठमाडौ । नेपाल विश्व हिन्दु महासंघले नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने माग दोहोर्याएको छ । नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै विश्व हिन्दु महासंघले कपिलवस्तुकाे ताैलिहवा र्‍यालीमा निकाल्दै आज प्रदर्शन गरेको छ ।

दलहरूको स्वार्थका लागि कायम गरिएको धर्मनिरपेक्षताका कारण मुलुक धार्मिक युद्धमा जान लागेको भन्दै महासंघले सबै धर्माबलम्वी, भाषा–भाषी, जातजातिको साझा थलोको रूपमा रहेको नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने माग राखेको हो ।

त्यस्तै महासंघकाे जिल्ला कार्य समिति कपिलवस्तुले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गरेकाे छ। महासंघले र्यालीपछि काेण सभा गर्दै इमरान खानविरूद्द चर्काे नाराबाजी गरेकाे हाे।

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि महासंघले अापत्ति समेत जनाएकाे छ। महासंघका जिल्ला अध्यक्ष उदयभान यादव भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ।, हिन्दु मन्दिर बनाउन नदिनु अर्काे ठुलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।’

अध्यक्ष यादवको सभापतित्वमा आयोजित उक्त बिरोध कार्यक्रममा युवाहरु तिलौराकोट नजिकैको रामघाट मठ क्षेत्र बाट बाइक रैली निकाली जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभा गरि कार्यक्रमको समापन भएको थियो । उक्त कार्यक्रममा जिल्ला सदस्य मनोज पाण्डे,राहुल चौधरी ,बिजय यादव , राजकुमार यादव , नितिश श्रीवास्तव , गणेश श्रीवास्तव , लगायत युवा कार्यकर्ताहरु को उपस्थित रहेको थियोे।

उक्त बिरोध कार्यक्रममा मन्तव्य राख्दै महासंघका जिल्ला अध्यक्ष यादवले पाकिस्तानमा भएको हिन्दु समुदायको आस्था माथिको लक्षित एवम् साङ्घातिक आक्रमण बारे विश्वका सबै हिन्दु समुदायले अवाज उठाइ उक्त आक्रमणको कडा प्रतिवाद गर्नुपर्ने बताएका थिए ।

अन्तर्राष्ट्रिय मिडियाले बताए अनुसार पाकिस्तानमा हिन्दु बौद्ध र शिख धर्मका नाबालिक चेलीबेटीलाइ अपहरण गरि ६०-७० बर्षका बुढो ब्यक्ति संग निकाह गराइ धर्म परिवर्तन गराउने घटनाहरु बढदै गएको प्रति दुख व्यक्त गर्दै उक्त घटना मानव समाज माथी एक कलंक भएको बताए ।

लकडाउनको समय नेपालमा पनि गौहत्या लगायत हिन्दु बिरोधि गतिविधि बढेको बताउदै देशका हिन्दु समाजलाइ निद्रा बाट उठि हिन्दु राष्ट्रकाे लागि आवज उठाउन अपिल समेत गरेका छन् । मन्तव्यका दौरान अध्यक्ष यादवले पाकिस्तानमा रहेको अल्पसंख्यक समाजको सुरक्षाको लागी पाकिस्तानी सरकार संग पहल गर्न प्रधानमन्त्री केपी ओली संग अनुरोध समेत गरेका छन् ।

त्यस्तै जिल्ला सदस्य मनोज पाण्डेले नेपाल र नेपाली को साख जोगाउन नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नका निमित्त राष्ट्रवयापी बृहत आन्दोलन गर्नुको विकल्प नरहेको बताएका थिए।बिरोध कार्यक्रममा सहभागी आक्रोशित युवाहरूको समुहले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फोटो समेत जलाइ चर्को नाराबाजी गरेका थिए।

पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.