चिनियाँ हस्तक्षेपविरूद्द प्रदर्शन

काठमाडौं। स्वतन्त्र युवा समुहले चिनियाँ हस्तक्षेप विरूद्द प्रदर्शन गरेकाे छ।

कपिलवस्तुकाे लुम्बिनीमा भएकाे प्रदर्शनकाे क्रममा चिनियाँ राष्ट्रपति र नेपालका लागि चिनियाँ राजदूतविरूद्द चर्काे नाराबाजी लगाइएकाे छ। उनीहरूले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर लागयतका नारा लगाएका थिए।

उनीहरूले राष्ट्रिय मनाव अधिकार अायाेगले सरकारलाइ बुझाएकाे प्रतिवेदनमा चीनले नेपाली भूमि मिचेकाे प्रष्ट उल्लेख भएकाेले त्यसविरूद्द प्रदर्शन गरेकाे बताए। साेही क्रममा उनीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ को पुतला दहनसमेत गरेका छन्।

पछिल्लाे समय नेपालमा चिनियाँ हस्तक्षेप बढेकाे महशुस हुन थालेकाे छ। चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेकाे सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुकाे भनाइ छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.