मोहना अन्सारीकाे अभिब्यक्तिमाथि मानवअधिकार आयोगको आपत्ति

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति जनाएको छ । अन्सारीको भनाइलाई खेदजनक भन्दै आयोगले उनलाई यस्तो भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको पनि जनाएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माको हसताक्षर सहित बिहीबार विज्ञप्ति जारी गर्दै अन्सारीको भनाइ अस्वीकार गरिएको हो । ‘संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारवाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानविन प्रतिबेदन’ भनी दलको अधिकार निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ्,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगकी सदस्य मोहना अन्सारीले सरिता गिरीमाथि समाजवादी जनता दलले कारवाही गरेपछि उक्त निर्णयप्रति आपत्ति जनाउँदै खेदजनक भन्दै विरोध जनाएकी थिइन् । संसदमा बोलेको भरमा कारवाही गरिनु अलोकतान्त्रिक भएको भन्दै अन्सारीले गिरीको पक्षमा ट्वीट गरेकी थिइन् । आयोगले भने अन्सारीको भनाइप्रति ध्यानाकर्षण गरेको हो । अन्नपुर्ण पाेष्ट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.