राजनीति

ओलीकाे यस्ताे अडानलाई प्रचण्डले गरे सिधै इन्कार

ओलीकाे यस्ताे अडानलाई प्रचण्डले गरे सिधै इन्कार

राजनीति
काठमाडौं । नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छ/हुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोप/प्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र मंगलबार अध्यक्ष दाहालले आफ्ना कुरा खुलस्त राखे। सहमतिको उपाय खोज्न बुधबार साँझ दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो। ‘बुधबारको छलफल झन् बिग्रियो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड (दाहाल) दुवै जना आआफ्नै अडानमै रहनुभयो’, नेकपा सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि प्रधानमन्त्रीले पार्टी बैठक राखेर बहुमतबाट निर्णय गर्नुहोस् न किन पछि हटिरहनुभएको छ भन्नुभएछ। फेरि चर्काचर्की भएर उहाँहरू उठनुभएछ।’दाहालले बुधबार प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्न ओलीसमक्ष माग गरे। तर, ओलीले पार्टीका नेताहरूले भनेकै आधारमा आफूले दुव...
प्रधानमन्त्री ओली पक्षधरको जुलुसमा प्रचण्ड पक्षधरको आक्रमण

प्रधानमन्त्री ओली पक्षधरको जुलुसमा प्रचण्ड पक्षधरको आक्रमण

राजनीति
काठमाडौं । सत्तारुढ नेकपाको शीर्षतहमा भएको विवादले जिल्लास्तरमा पनि नकारात्मक प्रभाव पर्न थालेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको दुई वर्षपार गर्दै गर्दा शीर्ष नेताहरुबीच विवाद बढेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा अर्का अध्यक्ष प्रचण्डसहितका नेताले मागेपछि अहिले नेकपाको विवाद बढिरहेको छ । कतै ओलीको समर्थनमा त कतै ओलीको विरोधमा कार्यक्रम भइरहेको छ । यस्तै कार्यक्रम सप्तरीमा पनि भएको छ । बुधबार सप्तरीमा ओलीको समर्थनमा गरेको प्रदर्शनमा पूर्वमाओवादी पक्षले अवरोध गरेको आरोप लगाइएको छ । पूर्वएमाले पक्षधर नेताहरुले शिव मन्दिर प्राङ्गणबाट ओलीको समर्थनमा प्रदर्शन गर्ने तयारी गरेपछि उमेश यादवसहित पूर्वमाओवादी पक्षका नेता कार्यकर्ताहरुले अवरोध गरेका हुन् । दुई समूहको विवादले सो क्षेत्र केहीबेर तनाव पूर्ण बनेको थियो । त्यस्तै सत्तारुढ ...
चिनियाँ दूतावास अगाडि घन्कियो : ‘गो ब्याक चाइना’

चिनियाँ दूतावास अगाडि घन्कियो : ‘गो ब्याक चाइना’

राजनीति
काठमाडौं - पछिल्लो समय नेकपाभित्रको विवादभइरहेको बेला चिनियाँ राजदूतले नेताहरुसँग गोप्य भेट गरेको विरोधमा चिनियाँ दूतावास अगाडि ‘स्वतन्त्र युवाहरु’ले प्रदर्शन गरेका छन्। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गरेका हुन्।      ...
चिनियाँ राजदूतविरुद्ध प्रदर्शन

चिनियाँ राजदूतविरुद्ध प्रदर्शन

Uncategorized, राजनीति
काठमाडौँ — चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । राजदूत यान्छीले नेकपाभित्र जारी विवादकै बेला नेताहरुलाई घरमै गएर भेट्न थालेपछि विरोध सुरु भएको हो । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला चिनियाँ राजदूतले एकपछि अर्काे नेताहरूसँगकाे भेटलाई निरन्तरता दिएकी छन्। चिनियाँ राजदूत यान्छीले नेकपाका नेता माधव नेपालपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटघाट गरेकी छन्। राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुगेकी हुन् । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले बताएको छ । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री ...
सरिता गिरीकाे सांसद पद गुम्यो

सरिता गिरीकाे सांसद पद गुम्यो

Uncategorized, राजनीति
काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । मंगलबार बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए । संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएकाले उनलाई कारवाही गरेको समाजवादी पार्टीले जनाएको छ । लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो। तर गिरीले उक्त निर्देशन अस्वीरकार गर्दै पार्टी ह्वीप विपररित गएकी थिइन्। म...
अन्तत: सांसद सरिता गिरीमाथि पार्टीले गर्याे कारवाहीकाे निर्णय

अन्तत: सांसद सरिता गिरीमाथि पार्टीले गर्याे कारवाहीकाे निर्णय

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीले सांसद सरिता गिरिलाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकले सांसद गिरिलाई कारबाही गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । असार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरेपनि उनले स्पष्टीकरण दिएकी थिइनन्। सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन्। जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास ग¥यो। र, जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव ...
ओली र प्रचण्डबीच ३ घण्टाकाे छलफलमा भयाे यस्ताे सहमति

ओली र प्रचण्डबीच ३ घण्टाकाे छलफलमा भयाे यस्ताे सहमति

राजनीति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच झण्डै ३ घण्टाकाे छलफलमा कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् । तर सो वार्तामा रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने र आपसी छलफल पनि कायम राख्ने कुरा भएको स्रोतले बताएको छ । नेकपाको स्थायी कमिटि बैठक बुधबार बस्ने छ । यसअघि सोमबारका लागि तय भएको बैठक दुई अध्यक्षबिचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको थियो । प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका थिए । लगातार भेटवार्ता भएपछि सहमति हुन सकेको छैन । प्रचण्ड र माधवकुमार...
माधवपछि झलनाथलाई पनि भेटिन चिनियाँ राजदूत

माधवपछि झलनाथलाई पनि भेटिन चिनियाँ राजदूत

राजनीति
काठमाडौँ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला चिनियाँ राजदूतले एकपछि अर्काे नेताहरूसँगकाे भेटलाई निरन्तरता दिएकी छन्। चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता माधव नेपालपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटघाट गरेकी छन्। राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुगेकी हुन् । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले बताएको छ । सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी हुन् । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री नेपाललाई भेटेकी थिइन् । राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी थिइन् । नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजद...
चिनियाँ राजदूतको ‘राजनीतिक सक्रियता’ मा नेकपा पार्टीमा हलचल!

चिनियाँ राजदूतको ‘राजनीतिक सक्रियता’ मा नेकपा पार्टीमा हलचल!

राजनीति
काठमाडौं। पछिल्लाे समय नेकपाभित्र चर्किएको आन्तरिक कलहबीच नेपालस्थित चिनियाँ राजदूत होउले बढाएको सक्रियताप्रति राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका छन्। सत्तारुढ तथा विपक्षी दलका नेताहरुले ट्‍वीट गर्दै नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप मान्य नहुने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा हुने बाह्य शक्तिद्वारा षड्यन्त्र भइरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन्। सोमबार दिउँसो एक ट्‌वीट गर्दै उनले आन्तरिक विषयमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन्। नेपालको गतिशील आन्तरिक राजनीतिक र घटनाक्रममा वैदेशिक शक्तिद्वारा गरिएको हरेक षड्यन्त्रको हामी खण्डन गर्दछौं, उनले ट्‌वीटमा भनेका छन्। नेपाल आफैमा सार्वभौम एक राष्ट्र भएकाले निर्णय लिने अधिकार भएको भन्दै उनले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्ति मान्य नहुने बताएका ...
नेकपामा विवाद चलिरहँदा चिनियाँ राजदूतकाे सक्रियताले राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्‍न ?

नेकपामा विवाद चलिरहँदा चिनियाँ राजदूतकाे सक्रियताले राष्ट्रिय स्वाधिनतामाथि नै प्रश्‍न ?

राजनीति
काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले प्रत्यक्षरुपमा चलाएको भनिए पनि आन्तरिक हात चिनियाँ राजदूत रहेको भन्दै टिप्पणी हुन थालेको छ। नेकपाका शीर्ष नेताहरुको विवादले पार्टी फुटका संघारमा पुगेको बेला आइतबार राति नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् । नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको स्थायी कमिटी बैठक सोमबारका लागि तय भएको थियो तर बैठक सारियो । नेकपा वरिष्ठ नेता नेपाललाई भेटेपछि राजदूत यान्छी राष्ट्रपतिलाई भेट्न शितलन निवास पुगेकी थिइन् । ती नेताका अनुसार राजदूत होउले प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटिसकेकी बताइएको छ । ‘पहिले प्रधानमन्त्री तथा अध्यक्ष ओली, त्यसपछि अर्का अध्यक्ष प्रचण्ड, अनि माधव नेपाल र आवश्यकता अनुसार अरु नेताहरु भेट्ने उनीहरुको ...