नेकपामा विवाद चुलिरहँदा चिनियाँ राजदूतको सक्रियता
काठमाडौं- सत्तारुढ दल नेकपाभित्रको बिबादमा चीनको प्रवेश भएको छ । नेकपामा विवाद चर्किँदै जाँदा चिनियाँ राजदूत हाउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् ।
काठमाडौंस्थित चिनियाँ राजदूत होउ याङ्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई आइतबार साँझ भेटेर नेकपाभित्रको बिबादबारे चासो व्यक्त गरेकी छन्।
स्रोतका अनुसार नेता नेपाल र राजदूत याङ्छीबीच करिब एक घण्टा छलफल भएको छ। राजदूत याङ्छी सात बजे नेपाल निवास कोटेश्वर पुगेर ८ बजेपछि फर्केको नेपालनिकट स्रोतले वतायो।
यसअघि पनि वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई भेटेकी थिइन् । अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी छिन् ।
आइतबार साँझ भएको यो भेटघाटमा के छलफल भयो भन्ने खुलाइएको छ...








