नेकपामा विवाद चुलिरहँदा चिनियाँ राजदूतको सक्रियता

काठमाडौं- सत्तारुढ दल नेकपाभित्रको बिबादमा चीनको प्रवेश भएको छ । नेकपामा विवाद चर्किँदै जाँदा चिनियाँ राजदूत हाउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् ।

काठमाडौंस्थित चिनियाँ राजदूत होउ याङ्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई आइतबार साँझ भेटेर नेकपाभित्रको बिबादबारे चासो व्यक्त गरेकी छन्।

स्रोतका अनुसार नेता नेपाल र राजदूत याङ्छीबीच करिब एक घण्टा छलफल भएको  छ। राजदूत याङ्छी सात बजे  नेपाल निवास कोटेश्वर पुगेर ८ बजेपछि फर्केको नेपालनिकट स्रोतले वतायो।

यसअघि पनि वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई भेटेकी थिइन् । अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी छिन् ।

आइतबार साँझ भएको यो भेटघाटमा के छलफल भयो भन्ने खुलाइएको छैन । तर, नेकपामा विवाद बढेको यो समयमा यान्छीले बढाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्काेतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ।

ओली र दाहालबीच बालुवाटारमा बसेको छलफल आइतबार पनि निष्कर्षमा नपुगेपछि दिउँसो दाहालसँग छलफलको बिफ्रिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए।

ओली र दाहाल मिलन भए पनि नेपाल कतै नमिल्ने हो कि भन्ने आशंका भइरहेका बेला यान्छी नेपाल भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Facebook Comments