राजनीति

ओली र प्रचण्डबीच तीन घण्टा भयाे यस्ताे छलफल

ओली र प्रचण्डबीच तीन घण्टा भयाे यस्ताे छलफल

राजनीति
काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधानका निम्ति शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करीब ३ घण्टा छलफल भयो । अपराह्न १२ बजेदेखि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा भएको भेटघाट ३ बजेतिर सकिएको थियो । छलफलमा पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ जेठ २ गते तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्ष ओली र प्रचण्डबीच भएको ५ बुँदे सम्झौताका साक्षीहरू नेकपाका हालका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सँगै थिए । छलफलमा अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदा गरिएको सहमतिअनुसार अघि बढ्न सकिने बताए । त्यतिबेला भएको पाँच बुँदे सम्झौताको चौथो नम्बरमा समानता र समान अवधिको आधारमा आवश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ । स्रोतका अनुसार प्रचण्डले आलोपालो सहमतिमा फ...
बालुवाटार वार्ताले नेकपा गम्भीर माेडमा

बालुवाटार वार्ताले नेकपा गम्भीर माेडमा

राजनीति
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा नदिने प्रस्ट पारेका छन् । शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका हुन् । प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्ताबारे जानकारी दिन दाहालले साँझ सचिवालयका अन्य ५ नेतालाई आफ्नो निवास खुमलटारमा बोलाएका थिए । त्यही छलफलमा दाहालले ओलीसँगको भेटबारे जानकारी गराएको थिए । वरिष्ठ नेता झलनाथ खनालका अनुसार ओलीले दुवै पद नछाड्ने पूर्ववत् अडान दोहोर्‍याएका छन् । बिहीबार पनि ओलीले दुवै पद नछाड्ने र आवश्यक परे अरु विषयमा मात्र छलफल गर्ने बताएका थिए । अचानक संसद् अधिवेशन अन्त्य गर्ने निर्णयपछि दाहाल र महासचिव पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए । भेट...
दुई अध्यक्षलाई मन्त्री भुषालले राखे यस्ताे प्रस्ताव

दुई अध्यक्षलाई मन्त्री भुषालले राखे यस्ताे प्रस्ताव

राजनीति
काठमाडाैँ । एकताको नयाँ आधार खोज्नुपर्ने प्रस्ताव लिएर नेकपा स्थायी समिति सदस्य एवम् कृषि मन्त्री घनश्याम भुषालले पार्टीका दुई अध्यक्षलाई भेटेका छन्। मन्त्री भुषालले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई खुमलटार गएर भेटेका हुन्। 'प्रधानमन्त्रीलाई बालुवाटार गएर बिहान भएको ब्रिफिङ गरेँ। उहाँले तपाईंहरूको प्रयत्न राम्रो छ, यसका लागि शुभकामना भन्नुभयो,' भुषालले भने, 'प्रचण्डले पनि यो प्रस्ताव ठीक छ भन्नुभयो। तर नयाँ स्तरको एकताको व्याख्या गर्न भन्नुभएको छ।' शुक्रबार भुषालको पुल्चोकस्थित निवासमा दोश्रो पुस्ताका ११ जना स्थायी समिति सदस्यहरू भेला भएका थिए।...
ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न दिए निर्देशन

ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न दिए निर्देशन

Uncategorized, राजनीति
काठमाडाैँ । काठमाडौं-नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई निर्देशन दिएका छन्। बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्। ‘अब पार्टी फुट्ने भयो, तपाईंहरुले सडक आन्दोलन गरेर साथ दिनुपर्‍यो,’ ओलीको भनाई उद्दृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने। ओलीले पार्टी बैठक भनेर बोलाई आफ्नो उछितो काडिएको र राजीनामा माग गरिएको प्रसंग उल्लेख गर्दा सहभागी युवा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने सुझाव दिएको जनाइएको छ। सहभागीहरुसँग ओलीले वर्तमान राष्ट्रवादी सरकारविरुद्ध देशी-विदेशी शक्ति लागिरहेकाे र त्यो प्रवृत्ति पार्टीमा पनि देखिएकाे भन्दै यसको भण्डारफोर गर्न आग्रह गरेका थिए।...
ओलीकाे पक्ष लिँदै पूर्वमन्त्री बाँस्काेटाले दिए यस्ताे अभिब्यक्ति

ओलीकाे पक्ष लिँदै पूर्वमन्त्री बाँस्काेटाले दिए यस्ताे अभिब्यक्ति

राजनीति
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क नभएको बताएका छन् । उनले सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठ्नुमा कुनै तर्क नभएको बताए । नेता बाँस्कोटाले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने बताए । उनले भने, ‘खासगरीकन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, दुईवटै पद छोडनुपर्छ भन्ने कुरा काम नलाग्ने कुतर्क हो । यो त नेताहरुलाई पनि थाहा छ । त्यसैले जे मिलेको छैन उहाँहरु छलफल गर्नुहुन्छ । दुईवटा अध्यक्षले लामो छलफल गर्नुहुन्छ होला । संवादबाटै निकास खोज्ने हो । त्यस्तो धेरै पेचिलो छैन ।’ नेता बाँस्कोटाले नेकपासँग विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुने बाहेकको विकल्प नभएको पनि बताए ।...
नेकपा विभाजन उन्मुख टकराव, बिहीबार दिनभर कहाँ के भयाे?

नेकपा विभाजन उन्मुख टकराव, बिहीबार दिनभर कहाँ के भयाे?

राजनीति
काठमाडौं : सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको छ। प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न इच्छुक छैनन्। बरु, बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस गराएर उनले संसद् अधिवेशन अन्त्य गराएका छन्। त्यसले झन् असमझदारी बढाएको छ। पार्टीभित्र देखा परेको आन्तरिक किचलो, सीमा समस्या र समाधान, सरकार एवं पार्टी कामको समीक्षा, एमसीसी परियोजनालगायत विषयमा छलफल गर्न बोलाइएको बैठकले एकाएक फरक रूप लिएको हो। असार १४ मा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन भारतीय राज्य संयन्त्र सक्रिय रूपमा लागेको र त्यसमा नेपालका नेताहरूसमेत संलग्न रहेको आरोप लगाएपछि बैठक त्यता मोडियो। असार १६ को बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, ...
प्रधानमन्त्री ओलीविरूद्द बाबुराम भट्टराईले खाेले यस्ताे मुख

प्रधानमन्त्री ओलीविरूद्द बाबुराम भट्टराईले खाेले यस्ताे मुख

राजनीति
काठमाडौं- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद कोमामा पठाएको आरोप लगाएका छन्। उनले ज्योतिषी र एक मूर्खको कथा जोडेर प्रधानमन्त्रीले धर्मसंकटको स्थिति सिर्जना गरेको व्यंग्य गरेका छन्। ‘प्रम ओलीले सबैलाई चक्मा दिंदै संसद कोमामा पठाएपछि ‘अब के हुन्छ?’ भन्ने प्रश्न सोधेको सुन्दा एउटा मूर्ख र ज्योतिषीको कथा सम्झना भइरहेछ!’ डा भट्टराईले ट्विट गर्दै लेखेका छन्‚ ‘हातमा मुंग्रो लिएको मूर्खले ज्योतिषीलाई भनेछ- लौ भन, मैले तिम्रो टाउकोमा हान्छु कि खुट्टामा? क्या फसाद- टाउको भनौं खुट्टामा हान्छ, खुट्टा भनौं टाउकोमा!’ ब उनले अहिले नेकपामा चर्किरहेको विवादको भुंग्रोमा पार्टी र संसद कसरी परिरहेका छन् भन्ने विषयमा कथाको उदाहरण दिँदै बुझाउन खोजेका छन्।...
‘अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ’

‘अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ’

राजनीति
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने र अन्य कुरा भए गर्न तयार रहेको बताएका हुन् । ‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु,’ ओलीले दाहाल र महासचिव पौडेलसँग भनेको भनाई उद्धत गर्दै नेकपा सचिवालयका एक नेताले बताए । दाहाल नेपाल समूहले दुवै पदबाट राजीनामा दिन माग गरेको छ । मन्त्रिपरिषद् बैठकबाट संघीय संसदको अधिवेशन अन्त्य गरेपछि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई ओलीसँग कुरा गर्न सचिवालयका अरु नेताहरुले सुझाएका थिए । ‘बिहान दाहालसँग मन्त्रिपरिषद्को बैठक स्थगित गर्ने, संघीय संसद बैठक स्थगित नगर्ने भन्ने समझदारी भएको रहेछ । त्यो समझदारीविपरित ओलीले त्यस्तो...
मन्‍त्रिपरिषद् बैठकका १५ निर्णय(सूचीसहित)

मन्‍त्रिपरिषद् बैठकका १५ निर्णय(सूचीसहित)

राजनीति
काठमाडौं । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने भएको हो। मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले करिब रु ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए। यस्तै बोराङ नौबिसे २२० केभी प्रसारण लाइन आयोजना र कुशाहा–विराटनगर १३२ केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारवाही गर्ने अधिकारी क्रमशः सहायक लेखा अधिकृत प्रल्हादकुमार कार्की र सहायक प्रशासकीय अधिकृत कृष्णकुमार खड्कालाई तोक्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ। सर्लाहीको रामनगर गाँउपालिका-४ बस्ने मृतक रामजलम रायको परिवारलाई राहतस्वरुप १० लाख उपलब्ध ग...
नेकपा फुटको संघारमा!

नेकपा फुटको संघारमा!

राजनीति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ । स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै भारतले आफूलाई पदबाट हटाउन खोजेको र नेपालकै नेताहरू त्यसमा लागेको अभिव्यक्ति दिएलगत्तै नेकपाको विवाद सघन बनेको हो । पार्टीभित्रको अन्तरविरोध साम्य हुनुको साटो झन् झन् चर्किएको छ । अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतका नेताहरूले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न आग्रह गरेका छन् । ४४ सदस्यीय स्थायी कमिटीका ३० जना सदस्य प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा उ...