पार्टीभित्रकै बिरोधीलाई तर्साउने ओलीकाे ‘मास्टर पालन’
काठमाडौं। नेकपा भित्रैबाट प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने माग उठेसँगै प्रधानमन्त्री केपी शर्मा ओली अबिश्वासको प्रस्ताव आउनसक्ने खतरा देखेपछि संसद अधिवेशन मन्त्रिपरिषदबाट निर्णय गराएर अन्त्य गरी नयाँ खेलमा लागे ।
प्रधानमन्त्री ओलीले दल सम्बन्धी ऐनलाई संसोधन गरि दल फुटाउन सहज बनाउने अध्यादेश ल्याउन लागेको समेत चर्चा चलेको छ ।
निजामति कर्मचारीको सेवा शर्त सम्बन्धि विधेयक, नागरिकता विधेयक र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चालु बजेट अधिवेशनबाटै पारित गर्ने तयारी भइरहेका बेला ओलीले संसद अन्त्यको राष्ट्रपतिलाई सिफारिस गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटालाई जानकारी नै नदिई आफैले हस्ताक्षर गरि बिहीबार बेलुकी ५ बजेबाट संसद अन्त्य भएको जानकारी संसद सचिवालयलाई गराएकी छिन् ।
यसलाई राजनीतिक विश्लेषकहरुले ओलीले संसदमा अविश्वासको प्र...






