राजनीति

कसरी पुग्याे नेकपाभित्र चरम विन्दुमा कलह ?

कसरी पुग्याे नेकपाभित्र चरम विन्दुमा कलह ?

पत्रपत्रिका, राजनीति
काठमाडौं – सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’ प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’ ‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’ दाहाललाई व...
ओलीकाे कुर्सी हल्लिएपछि एकाएक बाेलाए मन्त्रीहरुलाई बालुवाटार

ओलीकाे कुर्सी हल्लिएपछि एकाएक बाेलाए मन्त्रीहरुलाई बालुवाटार

राजनीति
काठमाडौं। पार्टीभित्र एकाएक आफ्नो पक्षमा माहोल बिग्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । ओलीको बारेमा मंगलबाको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेका थिए। बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्री  ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका थिए । बैठकमा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले ओलीले आफुलाई प्रधानमन्त्रीबाट भारतले हटाउन खोजेको  अभिव्यक्तिको प्रमाण दिन माग गरेका थिए । सचिवालयमा रहेका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ...
झलनाथले नैतिकताको आधारमा मागे प्रम ओलीको राजीनामा

झलनाथले नैतिकताको आधारमा मागे प्रम ओलीको राजीनामा

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । प्रम ओलीले दिने हरेक अभिव्यक्तिको हाँसोको बिषय बनिरहेको सन्दर्भमा आज पार्टी सचिवालयका सदस्य तथा वरिष्ठ नेताहरुले चर्को आलोचना गरेका हुन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रम ओलीलाई जथाभावी बोल्दै र गर्दै हिँडेको भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन आग्रह गरे । उनले भने, ‘नक्सा छाप्न नदिने पनि तपाईं हो, हामीले भनेर मात्र नक्सा छापिएको हो ।’ जिम्मेवार ठाउँमा बसेर केटाकेटी खेल गर्दै हिँडेको भन्दै नेता खनालले नैतिकताको आधारमा प्रम ओलीको राजीनामा मागेका थिए ।...
राति १ बजे मन्त्री भुसाल र भट्टराईकाे ट्विट

राति १ बजे मन्त्री भुसाल र भट्टराईकाे ट्विट

राजनीति
काठमाडाैँ । नेकपाभित्र नाटकीय रूपमा विकसित सत्ता–संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा ट्विट गरेका छन् । मंगलबार राति १ बजेर ३ मिनेटमा नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’ यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय कमरेडहरू, एकपटक आफैँलाई हेराँै, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद !’ पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले लेखेका छन्, ‘एमालेमा कहिले पस्ने ? म त्यहीँ छु, जबजभित्रै छु । फरक केवल यही छ कि पार्टी नेकपा भएको छ, भयो होला नि उत्तर फेसो खोज्दै हिँड्नेहरूलाई ।’ उनको...
प्रचण्डसहित १७ नेताले मागे ओलीको राजीनामा(नामसहित)

प्रचण्डसहित १७ नेताले मागे ओलीको राजीनामा(नामसहित)

राजनीति
काठमाडाैँ । नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। स्थायी समितिको मंगलबार बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १८ जनाले बोलेका थिए। बैठकमा बोल्नेमध्ये १७ जनाले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। 3प्रधानमन्त्रीको राजीनामा माग्नेमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत छन्। स्थायी समिति सदस्यहरू वेदुराम भुषाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, गोकर्ण विष्ट र भीम आचार्यले पनि प्रधानमन्त्रीको राजीनामा मागेका थिए। बैठकमा बोल्ने सबैजसो नेताले प्रधानमन्त्रीको राजीनामा मागेको स्थायी समिति सदस्य गणेश शा...
एमाले व्यूताउँन निर्वाचन आयोगमा निवेदन

एमाले व्यूताउँन निर्वाचन आयोगमा निवेदन

राजनीति
काठमाडौं । निर्वाचन आयोगमा 'नेकपा एमाले' नामको पार्टी दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा यसबारे छलफल सुरु भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भापाकी सन्ध्या तिवारी भन्ने व्यक्तिले नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन दिएकी हुन् । नेकपाको स्थायी कमिटि बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले एमाले दर्ताको विषयमा प्रश्न उठाएका थिए । प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको विषय पनि उठाए । कतिपयले केपी ओलीले पार्टी फुटाउँछन् भन्दै आएको र झापाकै मान्छेले दल दर्ताका लागि निवेदन दिएको उल्लेख गर्दै उनले कसले किन नेकपा एमाले दर्ता गर्न खोज्यो भनेर खोजविन गर्नुपर्ने बताएको एक स्थायी कमिटी सदस्यले बताए । तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले मिलेर २०७५ साल जेठ ३ गते नेकपा बनेको थियो ।...
ओलीकाे अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट मागियाे राजीनामा!

ओलीकाे अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट मागियाे राजीनामा!

राजनीति
काठमाडौं । भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा परेका छन्। मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरे । प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा छापेका कारण भारतले आफूलाई हटाउन खोजेको दाबी गरेका थिए । त्यसमा नेपालकै नेताहरु लागेको भए पनि त्यो सफल नहुने उनले बताएका थिए । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको यही अभिव्यक्तिमा केन्द्रित भएपछि पार्टीमा गुटगत राजनीतिले स्थान पाएकाे छ। मदन भण्डारी जयन्तीको दिन अर्का अध्यक्ष ओलीले दिएको अभिव्यक्...
ओलीको अभिब्यक्तिलाई खण्डन गर्दै प्रचण्ड गरे सनसनी पूर्ण खुलासा

ओलीको अभिब्यक्तिलाई खण्डन गर्दै प्रचण्ड गरे सनसनी पूर्ण खुलासा

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अभिब्यक्तिमाथि प्रश्न उठाएका छन्। त्यस्तै बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागे । आजको बैठकमा ओलीको उक्त भनाइको खण्डन गर्दै कार्यकारी अध्यक्ष दाहालले राजीनामा दिल्लीले नभई आफूले मागेको स्पष्ट पारेका हुन् । दाहालले भने–‘राजीनामा दिल्लीले मागेको होइन। मैले मागेको हो। तपाईं छोड्दिनुस्।’ त्यसो त बैठकमा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई हटाउन खोजेको भन्दै अभिव्यक्तिको प्रमाण दिन माग गरेका छन् । आइतवार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए। ओलीले नय...
बैठकमै सांसदले मागे अर्थमन्त्रीको राजीनामा, पार्टीभित्र खैलाबैला!

बैठकमै सांसदले मागे अर्थमन्त्रीको राजीनामा, पार्टीभित्र खैलाबैला!

Featured, Uncategorized, राजनीति
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल, कर्णाली प्रदेशको असार १३ र १४ गते २३ घण्टा चलेको बैठक बिना निष्कर्ष टुंगियो । बैठकमा सांसदहरुले मन्त्रीहरुको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको, आफू निकटलाई आर्थिक वर्षको अन्त्यतिर सरकारी रकम बाँडेको, भ्रष्ट्राचार बढेको, गलत बजेटका कारण प्रतिपक्षले लगातार सदन अवरुद्व पारेको, सरकारका कारण पार्टी बदनाम भएको भन्दै आक्रोश पोखेका थिए । साेही क्रममा सांसद खड्कबहादुर खत्रीले अर्थमन्त्री ज्वालाले ल्याएको बजेट जनभावना र कानुन प्रतिकुल भएको भन्दै नैतिकताकोे आधारमा राजीनामा दिन माग गरेका थिए । बैठकमा सहभागी अर्का एक सांसदका अनुसार, अर्थमन्त्रीको भाषण र रातो किताबको बजेट विवरण फरक परेको र यही कारण प्रतिपक्षी दल नेपाली काग्रेसले गत वर्षजस्तै संसद अवरुद्ध गरेको भन्दै खत्रीले ज्वालाको चर्को आलोचना गरे । पार्टीकै सांसदले अर्थमन्त्रीकाे राजीनामा म...
काठमाडाैँमै नागरिता विधेयकविरूद्द ओर्लिए जसपाका हजाराैं कार्यकर्ता

काठमाडाैँमै नागरिता विधेयकविरूद्द ओर्लिए जसपाका हजाराैं कार्यकर्ता

राजनीति
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले मंगलवार काठमाडौंमा प्रदर्शन गरेको छ । नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेजीको माग गर्दै जसपाले मंगलवार काठमाडौंमा प्रदर्शन गरेको हाे । काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन बानेश्वरमा गएर सभामा परिणत हुने जसपा नेताहरूले जनाएका छन् । विरोध जुलुसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव लगायत सहभागि छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी –लकडाउन)को पर्वाह नगरी जसपाले काठमाडौंमा हजाराैंकाे उपस्थितीमा विरोध जुलुस प्रदर्शन गरेको हो । संसदको राज्य व्यबस्था समितिबाट पारित नागरिकता विधेयकमा राखिएको बैवाहिक अंगीकृत नागरिकता नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले ७ वर्षपछि मात्र पाउने प्रावधान खारेज गर्न जसपाले माग गरेको छ । र्‍यालीमा पूर्व मन्त्रीहरू महेन्द्र राय यादव, सर...