राजनीति

परराष्ट्रमन्त्रीकाे अभिब्यक्तिप्रति राष्ट्रिय एकता अभियानकाे ध्यानाकर्षण

परराष्ट्रमन्त्रीकाे अभिब्यक्तिप्रति राष्ट्रिय एकता अभियानकाे ध्यानाकर्षण

राजनीति
राष्ट्रियता, गणतन्त्र र हिन्दू राष्ट्रका लागि राष्ट्रिय एकता अभियान नामक संस्थाकाे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा दिएकाे अभिब्यक्तिप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ। उक्त संस्थाका संयाेजक विजय यादवले एक विज्ञप्ति जारी गर्दै मिती २०७७ साल असार १५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाल–चीन सिमाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दिनुभएको मन्तव्यप्रति राष्ट्रिय एकता अभियानको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। २०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको उहाँको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ताविरोधी मात्र नभई त्यसले नेपालको विखण्डनबादी शक्तिहरुलाई मलजल पुरयाउने हाम्रो ठहर रहेकाे जारी विज्ञप्तपमा उल्लेख छ। प्रेस विज्ञप्ति राष्ट्रियता, गणतन्त...
प्रधानमन्त्रीले भने- निजी क्षेत्रलाई अख्तियार लाग्दैन

प्रधानमन्त्रीले भने- निजी क्षेत्रलाई अख्तियार लाग्दैन

राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने काम सरकारले नगर्ने बताएका छन् । उनले सरकारको नियत उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने, हतोत्साही बनाउने, असहयोग गर्ने भन्ने नै हुँदैन, यो सरकारले सोच्न सक्ने विषयसमेत होइन भने । नेपाल उद्योग परिसङ्घको सत्रौँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भने, अहिलेका साझा समस्यालाई साझा ढङ्गले नै समाधान गर्नुपर्छ । सरकार उद्यमी व्यवसायीको साथमा छ । सरकारले निजी क्षेत्रलाई अख्तियार लगाउँदैन । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने निष्कर्षमा सरकार नपुगेकाले त्यो प्रक्रिया स्थगित गरिएको जानकारी दिए। निजी क्षेत्रलाई नियमन गर्ने थुप्रै निकाय छँदैछन् भन्दै प्रम ओलीले स्पष्ट पारे। पार्नुभयो, अहिले अख्तियार ल्याउनु आवश्यक छैन । यसलाई सरक...
ओलीको अभिव्यक्तिप्रति भारतमा चासो

ओलीको अभिव्यक्तिप्रति भारतमा चासो

राजनीति
नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ उनले भनेका थिए । उनले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका सामग्रीबाट त्यो प्रस्ट भइरहेको दाबी गरेका थिए । ओलीको भनाइलाई दिल्लीका प्रमुख अखबारहरूले सोमबारको संस्करणमा विशेष प्राथमिकत...
लकडाउन साउन ७ सम्म लम्ब्याउने सरकारकाे निर्णय

लकडाउन साउन ७ सम्म लम्ब्याउने सरकारकाे निर्णय

राजनीति
काठमाडाैँ । सरकारले कोरोना भाइरस रोकथामका लागि ११ चैतदेखि लागू गरेको लकडाउनलाई लम्ब्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन साउन ७ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो। लकडाउन असार १ गतेदेखि लकडाउन खुकुलो भएपनि पूर्ण रुपमा खुलेको थिएन। अब लकडाउन के हुन्छ भनेर अन्याैल बढिरहेका बेला सरकारले यस्ताे निर्णय गरेकाे हाे। यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । अहिले  स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने  उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । तर,  सपिङ मल, जिमखाना,  सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल भने बन्द गरिएको छ । मन्त्रिपरिषद् बैठकले जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने न...
भारतमाथि किन लगाए ओलीले यस्ताे गम्भीर आरोप?

भारतमाथि किन लगाए ओलीले यस्ताे गम्भीर आरोप?

राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको बताएका छन्। भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि आफूलाई हटाउन चलखेल भएको आरोप उनले लगाए। ओलीले आफू संकटमा पर्दा भारतमाथि आरोप लगाएको यो पहिलोपटक भने होइन्। ओलीले आफूले पहिलोपटक गठबन्धन सरकारको नेतृत्व गरेको नौ महिनापछि तत्कालीन एकीकृत माओवादीले समर्थन फिर्ता गर्नुका पछाडि पनि भारतको हात रहेको आरोप त्यतिबेला लगाएका थिए। ‘अहिले सरकार परिवर्तनको प्रक्रिया सामान्य होइन, रिमोट कन्ट्रोलले काम गरेको छ,’ २०१६ जुलाई दोस्रो साता माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि ओलीले भनेका थिए। आफ्नो कुर्सी संकटमा पर्दा वा जनताको विश्वास जित्न भारतलाई आरोप लगाउने ओली एकमात्र पात्र भने होइनन्। पुष्पकमल दाहालले पनि पहिलोपटक प्रधानमन...
कुर्सी जाेगाउन ओलीकाे गैर-कूटनीतिक अभिव्यक्ति!

कुर्सी जाेगाउन ओलीकाे गैर-कूटनीतिक अभिव्यक्ति!

राजनीति
काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउनका लागि भारतीय राज्यसंयन्त्र नै सक्रिय भएर लागेको दावी गरेका छन् । ओलीले आफूलाई पदबाट हटाउन ‘एम्बेसी’ र होटेलहरूमा चलखेल भइरहेको भन्दै औपचारिक अभिव्यक्ति दिएका छन् । नेपालको इतिहासमा बहालवाला प्रधानमन्त्रीले छिमेकी दूतावासले आफूलाई हटाउन प्रयास गरेको अभिव्यक्ति दिएको यो पहिलोपटक हो । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको दावी गरेका हुन् । ‘अहिलेको अहिल्यै केपी ओलीलाई नहटाइ हुँदैन, पहिला चीनतिरको ट्रान्सपोर्ट ट्रान्जिट सम्झौता गरेर फर्केपछि सरकार ढलेको थियो । अहिले यस्तो अपराध गर्नेलाई चाहिँ… भनेर भनिएको छ । बाहिर नभन्ने, तर भित्र–भित्र यहाँका होटलहरूमा भइरहेका गतिविधि, एम्बे...
ओलीले भने- राष्ट्रपतिलाई साइकल चलाउन आउदैन

ओलीले भने- राष्ट्रपतिलाई साइकल चलाउन आउदैन

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् । ६९ औं मदन भण्डारी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिले १६ करोडको गाडी चढेको भन्दै हुने आलोचनालाई संकेत गर्दै ओलीले उक्त कुरा बोलेका हुन्। प्रधानमन्त्री ओलीले आफु शासन गर्न नभएर देशको सेवा गर्न जन्मिएको बताए । पार्टी भित्रको आलोचना सुन्नसमेत नचाहने प्रधानमन्त्री ओली पार्टीको स्थायी समिति बैठकमा विभिन्न एजेण्डामा भएको छलफलमा समेत भाग लिएका थिएनन् । कतिपयले आफुले लगाउने जुत्ताको समेत आलोचना गर्ने गरेको उल्लेख गर्दै शासक हुन नभएर आफु देशको सेवाका लागि जन्मिएको भने बताउन भ्याएका छन् ।...
ओलीले प्रधानमन्त्रीबाट हटाउन खाेजिएकाे अभिब्यक्ति दिएपछि भट्टराईले खाेले मुख

ओलीले प्रधानमन्त्रीबाट हटाउन खाेजिएकाे अभिब्यक्ति दिएपछि भट्टराईले खाेले मुख

राजनीति
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टी बाहेक अरुले हटाउन सक्ने संविधानमा व्यवस्था नभएको बताएका छन्। आइतबार प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी भएपछि दिल्ली शक्तिले आफूलाई हटाउन खाजेको अभिव्यक्ति दिएलगत्तै नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो जनाएका हुन् । ‘बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन।’ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले भने‚ ‘तर अहिले हटाए नक्सा छापेको करणले हुने ? भोलि सलहले दुःख दिएको बेला हुने ? पछि बाढी पहिरो आएको बेला हुने ? अलिपछि दशैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ?’ उचित बेला चाही कैले रहेछ हँ ?’ भन्दै भट्टराईले प्रधानमन्त्री ओलीप्रति व्यंग्य समेत गरेका छन्।...
प्रधानमन्त्रीले ओलीले गरे सनसनी पूर्ण खुलासा

प्रधानमन्त्रीले ओलीले गरे सनसनी पूर्ण खुलासा

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउनका लागि भारतीय राज्यसंयन्त्र नै सक्रिय भएर लागेको दावी गरेका छन् । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको दावी गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने–‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । त्यसपछि हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ । यसका लागि होटेलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’ ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । नेपालको राष्...
चीनले नेपाली भूमि अतिक्रमण गरेको हो ?

चीनले नेपाली भूमि अतिक्रमण गरेको हो ?

राजनीति
चीन । चीनले नेपालको २८ हेक्टर जमिन अतिक्रमण गरेको दाबी गरिएको छ । नेपालका विभिन्‍न चार जिल्ला हुम्ला, रसुवा, संखुवासभा र सिन्धुपाल्चोकमा चीनले नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ । सन् १९६२ मा चीनले नेपालको गोर्खा जिल्लाको सिंगो गाउँ नै आफ्नो बनाएकाे र पछि त्यसलाई सरकारले सम्झौतामार्फत समाधान गरिएको बताइएको छ । नेपाली सीमामा सीमा पिलरहरु सारेर नेपाली भूमि अतिक्रमण गरेको स्रोतले बताएको भारतीय सञ्‍चारमाध्यमले लेखेका छन् । गोरखाको रुइ गाउँ नै चीनले कब्जा गरेको भनेर विभिन्‍न सञ्‍चारमाध्यमहरुले समाचार लेखेका थिए । उक्त समाचारमा सीमास्तम्भरु सारेर गाउँ नै कब्जा गरिएको बताइएको थियो । गोरखाका एक स्थानीय पत्रकारलाई सन्डे गार्जियनसँगको कुराकानीमा नेपालको रुइ गाउँमा चीनले सन् १९६२ मा कब्जा गरेको बताएका छन् । नेपाल–भारतबीच लामो समयदेखी कायम रहेको सीमा बिवाद पटक–पटक बल्झिने गरेको छ । भारतले आफ्...