पार्टी छोडेर जानेहरुमाथि सीके राउतले लगाए ‘जासूस’को आरोप!
काठमाडौं । जनमत पार्टी परित्याग गरेका कैलाश महतोसहितका नेताहरुलाई डा.सीके राउतले ‘खतरनाक जासूस र घुसपैठिया’को आरोप आरोप लगाएका छन् ।
डा. राउतले भनेका छन्, ‘कैलाश महतोले ९० जना हाम्रा नेतालाई भारतमा पक्राऊ गराउनेवाला थिए । त्यही दिनदेखि घूसपैठ गरिएको पहिचान भएर आन्तरिक रूपमा उसलाई कहिले ‘कोर टीम’मा राखिएको थिएन ।’
डा.राउतको सचिवालयले जारी गरेको वक्तव्य :
कैलाश महतोले ९० जना हाम्रा नेतालाई भारतमा ३पक्राऊ गराउनेवाला थिए। त्यही दिनदेखि घूसपैठ गरिएको पहिचान भएर आन्तरिक रूपमा उसलाई कहिले ’कोर टीम’मा राखिएको थिएन।
२०७४ सालमा गठबन्धनमाथि लगभग पूर्ण प्रतिबन्ध लागेको थियो। सरकारले बैठकसम्म बस्न दिइराखेको थिएन। दुई वर्ष हुन लागेको थियो बैठक न बसेको। अन्तिममा केन्द्रिय नेताहरूले जसरी पनि बोर्डर क्रस गर्ने, भारतमा तीर्थयात्राको लागि बिहारको ’गया’ जाने र चलिराखेको रिजर्वड बस वा धर्मशाला भित्...







