कसकाे याेजनामा भयाे नेकपाको स्थायी कमिटी बैठक तीन दिन स्थगित?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकाे जारी स्थायी कमिटीको बैठक तीन दिनको लागि स्थगित भएको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिएसँगै बैठक तीन दिनको लागि स्थगित भएको हाे ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबारको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रित भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिए।

स्राेतका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट भाग्न खोजेको आरोप लागेसँगै बैठक तीन दिनको लागि स्थगित भएको बताइएको छ ।

हिजोको बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्री ओलीको नेताहरुले चर्को आलोचना गर्दै बैठकमा सहभागी हुन माग गरेका थिए । नेताहरुको मागअनुसार बैठकमा प्रधानमन्त्री ओली फोटो खिच्न सहभागी भए पनि लगत्तै काम भएको भन्दै बैठक स्थलबाट बाहिरिएका थिए।

बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीलाई अटेर गरेको आरोप लगाएका छन् भने ओली समूहका नेताहरु बचाउमा उभिएको बताइएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.