Year: 2021

पहिलो पटक एमिकस क्युरीमा महिला सिफारिश

पहिलो पटक एमिकस क्युरीमा महिला सिफारिश

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए । सर्वोच्च बारले यसअघि शुक्रबार बैठक बसेर बारका बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो । बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहनुभएकाले पाठकको नाम सिफारिश गरिएको हो । बारले अदालतका सहयोगीमा अर्को व्यक्ति पठाउँदा समावेशी पनि हुने भएकाले वरिष्ठ अधिवक्ता पाठकको…
Read More
संसद विघटनविरुद्धकाे आन्दोलनमा सक्रिय सहभागी हुन तरुण दलकाे निर्देशन

संसद विघटनविरुद्धकाे आन्दोलनमा सक्रिय सहभागी हुन तरुण दलकाे निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकट नेपाल दरुण दलले प्रनिधिसभा विघटनविरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन सम्पूर्ण जिल्ला समिति र साे अन्तर्गतका तहलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेकाे परिपत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको र त्यसविरुद्धका आन्दोलनमा सक्रिय सहभागी हुन तथा गराउन आग्रह गरिएको छ। प्रतिनिधिसभा विघटनसहित व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि तरुण दलका जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का…
Read More
नेकपा सांसद विडारीद्वारा अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता

नेकपा सांसद विडारीद्वारा अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता

काठमाडाैं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका सांसद विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका हुन् । सांसद विडारीले आइतबार अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता गराएका संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए। प्रस्तावमा विडारीले उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा सो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको उल्लेख गरेका छन्। 'संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने…
Read More
नेकपा प्रचण्ड-नेपाल समूहले देशव्यापी अन्तर्क्रिया गर्दै

नेकपा प्रचण्ड-नेपाल समूहले देशव्यापी अन्तर्क्रिया गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले मंगलबार राजधानी काठमाडाैं र विभिन्न शहरहरुमा अन्तर्किया गर्दैछ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमविरुद्ध खबरदारी गर्न र यो कदम उल्ट्याउन देशव्यापीरुपमा अन्तर्क्रिया गर्न लागिएकाे हाे । अन्तर्क्रियाको नेतृत्व अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटीका अन्य सदस्यहरुले गर्दै छन्। प्रचण्ड-नेपाल समूहले सोमबारको स्थायी कमिटी बैठकले ओलीकाे कदमविरुद्ध आन्दोलनलाई अझ सशक्त बनाउनका लागि विपक्षी दल र नागरिकसमाजसँग सहकार्य गर्न पहल तीव्र बनाउने निर्णय गरेको थियो। यस्तै सोमबारको बैठकले केन्द्र, प्रदेश र जिल्लास्तरीय पदाधिकारी छनौटलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्नका लागि अध्यक्ष नेपालको…
Read More
भिजिट भिसा प्रकरणमा एयरलाइन्सका कर्मचारी दाेषी ठहर, अध्यागमनका कर्मचारीलाई उन्मुक्ति

भिजिट भिसा प्रकरणमा एयरलाइन्सका कर्मचारी दाेषी ठहर, अध्यागमनका कर्मचारीलाई उन्मुक्ति

काठमाडौं । भिजिट भिसामा मानवतस्करी गराउने गिरोहलाई सघाउने अध्यागमनका कर्मचारीहरुले उन्मुक्ति पाएका छन् भने नेपाल एयरलाइन्सका कर्मचारीलाई दाेषी देखाइएकाे छ। गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्यागमनका कर्मचारीलाई जोगाएको हो। उपसचिव रुद्र पण्डित नेतृत्वको छानबिन समितिले लकडाउन खुकुलो भएयता १० हजार भन्दा धेरै नेपाली भिजिट भिसामा संयुक्त अरब इमिरेट्स(यूएई) पुगेको र त्यसमध्ये ९० प्रतिशत नफर्किएकाले यसमा मानव तस्करी नै भएको निष्कर्ष निकालेको छ । अध्यागमन कर्मचारीकै सेटिङमा यसरी ठूलो संख्यामा नेपालीहरु भिजिट भिसामा विभिन्न देश पुगेका हुन् । अध्यागमन कार्यालयकै मिलेमतोमा भिजिट भिसामा मानवतस्करी भइरहेको सूचनाका आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । करिब तीन साता लगाएर समितिले प्रतिवेदन…
Read More
काेराेनाबाट १८ वर्षीय किशाेरकाे मृत्यु

काेराेनाबाट १८ वर्षीय किशाेरकाे मृत्यु

विराटनगर । सुनसरीमा काेराेना संक्रमणबाट १८ वर्षीय किशाेरकाे मृत्यु भएकाे छ । उपचारको क्रममा मंगलबार बिहान सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हाे । उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय किशाेरकाे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
Read More
ह्वात्तै बढ्याे सुनको मूल्य

ह्वात्तै बढ्याे सुनको मूल्य

काठमाडाैं । मंगलबार सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार तोलामा ८ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंश १९ सय ४० डलर पुगेको छ । यसअघि सोमबार प्रति औंश १९ सय २१ डलरमा कारोबार भएको थियो । सोमबारको भन्दा मंगलबार झण्डै १९ डलरले सुनको मूल्य बढेपछि नेपालमा पनि…
Read More
संसद विघटनविरुद्ध अनेरास्ववियूद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

संसद विघटनविरुद्ध अनेरास्ववियूद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदम प्रतिगमनकारी र अलोकतान्त्रिक रहेको बताउँदै अनेरास्ववियूले आज (मंगलवार) बाट विभिन्न विरोधका कार्यक्रमहरु घोषणा गरेको छ । जसअनुसार आज मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने कार्यक्रम रहेको अनेरास्ववियूको सहसंयोजक रञ्जित तामाङले जानकारी दिए । त्यस्तै पुस २२ गते अर्थात भोलि काठमाडौं उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिनरस्टिीरलाठी जुलुस गर्ने कार्यक्रम रहेको तामाङले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । यसैबीच विरोधका कार्यक्रमहरुमा…
Read More
भारतका विभिन्‍न राज्यमा बर्ड फ्लुकाे संक्रमण

भारतका विभिन्‍न राज्यमा बर्ड फ्लुकाे संक्रमण

नयाँदिल्ली । भारतका विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको महामारीबाट थलिएकाे भारतमा बर्ड फ्लु एचफाइभ एन वान जातिको जीवाणुको कारण पंक्षीहरुमा लाग्ने रुघाखोकी जस्तो एक प्रकारको रोग हो । यो रोगबाट जंगली र घरपालुवा दुवैथरीका पंक्षीहरु संक्रमित हुने भए पनि विशेषगरी घरपालुवा पंक्षीहरुका लागि बढी घातक मानिन्छ । र, मानव स्वास्थ्यका लागि पनि यो भाइरस जोखिमयुक्त मानिन्छ । सोमबार मात्र हिमाचलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका अठार सयभन्दा बढी…
Read More
बालुवाटार घोटाला : बिष्णु पौडेलका छोराका कारण आईजीपीलाई संकट

बालुवाटार घोटाला : बिष्णु पौडेलका छोराका कारण आईजीपीलाई संकट

काठमाडौं । देशमा राजनीतिक संकट बढीरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)लाई पनि एउटा संकट आइलागेको छ । अबको ४० दिनभित्र एउटा भिआईपी मुद्दाको अनुसन्धान टुंग्याउनुपर्ने दायित्व सिआइबीलाई छ । गत वर्षको बहुचर्चित बालुवाटार जग्गा प्रकरणको अनुसन्धान सिआइबीमा जारी छ । जून अबको करिब ४० दिनभित्र टुंगो लगाउनुपर्ने बाध्यता उसँग छ । जसकारण सिआइबीका प्रहरीलाई तनाव बढेको छ । भिआईपीहरु जोडिएको यो मुद्दामा कसलाई पक्राउ गर्ने कसलाई नगर्ने भन्नेमा सिआइबीलाई समस्या छ । ठगी तथा र्कीर्ते मुद्दाको हदम्याद एक वर्षको हुन्छ । जुन हदम्याद फागुनको पहिलो साता सकिन्छ । माथिल्लो आदेश प्रष्ट नहुँदा सिआइबीले अनुसन्धान सकेर पनि कसैलाई पक्राउ गर्न सकेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.