Year: 2021

संसद विघटनले देशमा अनर्थ भयो, अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ : रामचन्द्र पौडेल

संसद विघटनले देशमा अनर्थ भयो, अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नभएकाे बताएका छन् । संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको बताएका हुन् । वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भयो भनिएको भन्दै उनले संसद पुनर्स्थापना हुनुपर्ने बताउँदै उनले भने, ‘आफूले पाउँदै नपाएको अधिकार भनेर केपी शर्मा ओलीले प्रयोग गर्नुभयो । यसले देशमा अनर्थ भयो ।’ उनले अघि भने, ‘यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।’ संविधान निर्माणका क्रममा भएका बहस छलफल स्मरण गर्दै कांग्रेस नेता पौडेलले…
Read More
‘संसद् कसैले पुनःस्थापना गर्न सक्दैन’ भन्ने कामचलाउ प्रधानमन्त्रीकाे अभिव्यक्तिले चिन्ता थपियो : उपेन्द्र यादव

‘संसद् कसैले पुनःस्थापना गर्न सक्दैन’ भन्ने कामचलाउ प्रधानमन्त्रीकाे अभिव्यक्तिले चिन्ता थपियो : उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादवले जनता सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि संसद् पुनःस्थापना गर्न सक्दैन भनेर दिएका अभिव्यक्तिले चिन्ता थपेको बताएका छन् । प्रधानमन्त्रीको कदमबारे मंगलबार भएकाे अन्तर्क्रियामा उनले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमले राष्ट्रियता कमजोर भएको बताए । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कार्य भएकोले यसको खारेजीको माग गरेका छन् । उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । विदेशी शक्ति चलखेल गर्ने वातावरण बनेको छ । अहिलेको शासन व्यवस्था नै उल्टने हो कि भन्ने शंका उब्जिएको छ ।’ एकातिर सर्वोच्च अदालतका प्रमुख प्रधानन्यायाधीशले संवैधानिक परिषद्को बैठकमा सहभागी…
Read More
इन्डोनेसियामा भेटियो चिनियाँ जासुसी अण्डरवाटर ड्रोन

इन्डोनेसियामा भेटियो चिनियाँ जासुसी अण्डरवाटर ड्रोन

जाकर्ता (एजेन्सी)। इन्डोनेसियामा एक चिनियाँ अण्डरवाटर ड्रोन फेला परेको छ। एक इन्डोनेसियन मछुवाराले ड्रोन फेला पारेका थिए। सो ड्रोन उनले इन्डोनेसियाको सेनालाई हस्तान्तरण गरेका थिए। इन्डोनेसियाको सेनाले जाँचपछि सो ड्रोन चिनियाँ रहेको पुष्टि गरेको द गार्डियनले जनाएको छ। समाचार अनुसार सो ड्रोन साउथ चाइना सीको इन्डोनेसियन भूमिमा ती मछुवाराले फेला पारेका थिए। सो ड्रोन चिनियाँ जासुसी ड्रोन भएको हुन सक्ने जनाइएको छ। साउथ चाइना सीमा चीन र इन्डोनेसियाबीच तनाव हुने गरेको छ। यसरी ड्रोन फेला परेको यो पहिलो घटना हो। इन्डोनेसियन मछुवाराले सो ड्रोन फेला पारेपछि इन्डोनेसियाको सेनालाई जानकारी दिएका थिए। तर, यो विषयमा चीनका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको…
Read More
बलात्कार प्रयासकाे आरोपमा प्राधिकरणका कर्मचारी पक्राउ

बलात्कार प्रयासकाे आरोपमा प्राधिकरणका कर्मचारी पक्राउ

विराटनगर । बालिका बलात्कार प्रयासकाे आरोपमा विद्युत प्राधिकरणका एक कर्मचारी पक्राउ परेका छन् । मोरङको बेलबारीस्थित विद्युत प्राधिकरणमा कार्यरत सुन्दरहरैँचा नगरपालिका–२ का ४० वर्षीय लेखनाथ रिजाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार रिजाल प्राधिकरण बेलबारी शाखाका मिटर रिडर हुन्। प्राधिकरणले खटाए अनुसार उनी घर–घरमा मिटर रिडिङ गर्न जाने गर्थे । त्यस क्रममा बेलबारीकी १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोप रिजालमाथि छ। मिटर रिडिङ गर्न पुगेका रिजालले घरमा एक्लै भएको अवस्थामा जबरजस्ती तानेर बालिकालाई गत आइतबार बलात्कार गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पक्राउ गरिएको ढकालले बताए। उनका अनुसार पक्राउ परेका रिजालविरुद्ध जबरजस्ती…
Read More
उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने

काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।  सोमवार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले न्यौपानेसहित तीनजनाको ना सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्। न्यौपाने लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउँदै आएका छन् । त्यस्तै न्यौपानेमा लामो समय उद्योग व्यापारको क्षेत्रमा काम गरेको अनुभव रहेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा अवस्थित उक्त उद्योग जापान सरकारको सहयोगमा निर्माण भएको हो ।
Read More
बांकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बांकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बांके । बांकेमा कोरोना भाइरसकाे संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हाे । दाङका १३ वर्षीय बालक पुस १९ गते शिक्षण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको पुस २० गते कोरोना संक्रमण पुष्टि भएको थियो…
Read More
श्रीमती हत्याकाे आराेपमा श्रीमान् पक्राउ

श्रीमती हत्याकाे आराेपमा श्रीमान् पक्राउ

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ। आइतबार बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ। उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस
Read More
अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन: मन्त्री थापा

अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन: मन्त्री थापा

कर्णाली । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए । उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी भएको जिकिर गर्दै भने, “कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली सङ्कटमा प¥यो भने चुनावमै जाने हो”, उनले भने, “त्यसैले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्न सकिन्न, ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगामी कदम हो ।” नेकपा स्थायी कमिटी सदस्य थापाले नेकपा गम्भीर सङ्कटमा फसे…
Read More
माघ १ गते भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

माघ १ गते भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भनिएकाे भारत भ्रमणकाे मिति टुंगाे लागेकाे छ ।  मन्त्री ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि आगामी माघ १ गते भारत भ्रमण गर्ने पक्का भएकाे हाे । स्रोतका अनुसार सोही दिन साँझ आयोगको बैठक बस्ने छ । साथै भोलिपल्ट केही राजनीतिक भेटघाट गरेर ज्ञवाली स्वदेश फर्कने कार्यक्रम तय गरिएकाे छ । बैठकको मितिका बारेमा औपचारिक घोषणा हुन भने बाँकी छ । यसअघि आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर, नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन । यसबीच नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण…
Read More
अखाद्य वस्तु बेच्ने आँगन स्वीट्सलाई उन्मुक्ति !

अखाद्य वस्तु बेच्ने आँगन स्वीट्सलाई उन्मुक्ति !

काठमाडौं । डिआइजी ठग्ने आँगन स्वीट्सलाई उन्मुक्ति दिने चलखेल भइरहेकाे छ। गत सोमबार नेपाल प्रहरीका ९ एसएसपीको डिआईजीमा बढुवा सिफारिस भएपछि खुसी साट्न बढुवा भएकामध्ये डा. देवबहादुर बोहराले आँगन स्वीट्सबाट किनेकाे मिठाइमा नङ भेटिएकाे थियाे । लगत्तै एसएसपी बोहराले काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहलाई फोन गरेर पसलमा छापा हान्न लगाएका थिए । कमलपोखरी वृत्तको टोली मिठाइ पसलमा पुग्यो । तर, यससम्बन्धि छानबिन र कारबाहीको अधिकार प्रहरीको नभएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जानकारी गराइयो । विभागले आएर निरीक्षण गर्दा सढेगलेको पिठोबाट मिठाई बनाउने गरेको खुल्यो । त्यो पिठो नष्ट गर्न लगाइयो र नमूना लियो । अहिले पनि त्यो मिठाइपसल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.