Year: 2021

सुनौलो परिवार नेपालद्वारा निःशुल्क हेल्पलाइन नम्बर सञ्चालन

सुनौलो परिवार नेपालद्वारा निःशुल्क हेल्पलाइन नम्बर सञ्चालन

काठमाडौं । परिवार नियोजन तथा सुरक्षित गर्भपतनको सूचना र सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले निःशुल्क हेल्पलाइन नम्बर सञ्चालनमा ल्याएको छ । मेरी स्टोपस् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतनका लागि सेवा प्रदान गर्नको लागि “११४३” निःशुल्क नम्बर सञ्चालनमा ल्याएको हो । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतनका सेवाहरू प्रदान गर्दै आइरहेको छ । यस्ता सेवाहरूले संयोगले मात्र नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ । यस ११४३ हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन सम्बन्धि निर्णय लिन सहयोग पनि गर्दै आइरहेको छ…
Read More
प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् पूर्ण इजलासको माग गर्दै निवेदन पेश

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् पूर्ण इजलासको माग गर्दै निवेदन पेश

काठमाडौं । सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट सर्वोच्चको बृहत् पूर्ण इजलासबाट सुनवाई हुनुपर्ने भन्दै १२ जना निवेदकहरुले निवेदन दिएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेकालगायत १२ जनाले आफूहरुले दिएको रिटको सुनुवाई बृहत् पूर्ण इजलासबाट होस् भन्दै सर्वाेच्च अदालतमा निवेदन दिएका हुन् । निवेदकमध्येका एक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेकाअनुसार बृहत् पूर्ण इजलासबाट सुनुवाई होस् भनेर उनीहरुले निवेदन सर्वोच्च अदालतको सम्वन्धित फाटमा बुझाईसकेका छन् । न्यौपानेको भनाईमा उनीहरुले संविधानको धारा १२८ अनुसार सुनुवाई होस् भनेर निवेदन दिएका हुन् । धारा १२८ को उपधारा (२) मा ‘सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै अदालत…
Read More
प्रदेशसभा विघटन हुँदैनन् : मुख्यमन्त्री गुरुङ

प्रदेशसभा विघटन हुँदैनन् : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा विघटन नहुँने दावी गरेका छन् ।  मंगलबार सुरु भएको गण्डकी प्रदेशकाे विशेष अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने ‘सबै प्रदेशसँग राय लिनुपर्‍यो ? मुख्यमन्त्रीहरुको धारण के छ ? यसै प्रदेशसभा विघटन हुन्छ ?’ उनले प्रतिनिधिसभा विघटन रहरभन्दा पनि बाध्यताले गर्नुपरेको बताए । ६४ प्रतिशत जनमत प्राप्त दलको नेताले आफ्नै पार्टीको खिचातानीले संसद विघटन गर्न बाध्य हुनुपरेको उनकाे भनाइ थियाे । विगतको इतिहासमा राजा महेन्द्र शाह, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले पनि आफ्नै पार्टीको किचलोका कारण संसद विघटन गरेको इतिहास हुँदाहुँदै आज प्रधानमन्त्री केपी शर्मा ओलीले सो इतिहास दोहोर्‍याएको बताए । गणतन्त्रमा राष्ट्रपतिलाई राजाको…
Read More
८ लाख अवैध रकमसहित किशाेर पक्राउ

८ लाख अवैध रकमसहित किशाेर पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको ८ लाख रूपैयाँसहित किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटमा एक १७ वर्षीय किशाेर रहेका छन् । भारतबाट नेपाल रकम भित्र्याएको आरोपमा बाराका उनलाई पक्राउ गरेको हो। रौतहटको मौलापुर नगरपालिका–५ मा बाराको सिम्रौनगढ नगरपालिका–१ खजानी गाउँका लक्ष्मण साहका १७ वर्षीय छोराको झोलाबाट स्रोत नखुलेको अवैध नेपाली आठ लाख रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आएका साहले चढेको प्रदेश १–०२०४२ प २०० नम्बरको पल्सर मोटरसाइकललाई जाँच गर्दा साहले बोकेको झोलाबाट आठ लाख रूपैयाँ बरामद भएको प्रहरीको भनाइ छ। साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको…
Read More
२४ घण्टामा काठमाडौं उपत्यकामा २३२ काेराेना संक्रमित थपिए

२४ घण्टामा काठमाडौं उपत्यकामा २३२ काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार २७३  जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९७ हजार ९१९ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९४ हजार ९७३ सय जना निको भएका छन्। ललितपुरमा १५ हजार ४०४ जना संक्रमित भएका छन्। जसमा १४७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ९३५ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ९५० संक्रमितमध्ये…
Read More
नेपालीले नेपाललाई माया गरौं – मनिषा कोइराला

नेपालीले नेपाललाई माया गरौं – मनिषा कोइराला

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालीहरुले नेपाललाई माया गर्नुपर्ने बताएकी छिन्। कोइरालाले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको नक्सामा समावेश गर्ने नेपाल सरकारको कदमको स्वागत गर्दा भारतमा आलोचना भएको विषयमा सोधिएको प्रश्नमा सामाजिक अभियन्तासमेतर रहेकी अभिनेत्री भारतीयले आफ्नो नजरबाट भारतलाई माया गरेको र नेपालीले नेपाललाई माया गर्नुपर्ने बताइन्। ‘भारतीयले भारतलाई माया गर्छन्। त्यसैगरी नेपालीहरुले नेपाललाई माया गर्नुपर्छ,’ उनले भनिन्। कालापानीबारे बोल्दा त्यतिबेला भारतीय मिडियामा ‘खाते भारतको गाते है चीनको’ भनेर आलोचना भएको थियो। भारतीय नागरिकहरुले पनि विरोध जनाएका थिए। मनिषाले पुस २७ गतेको दिन पृथ्वी जयन्ती भव्य रुपमा मनाउन सबै नेपालीलाई आह्वान गरेकी छिन् । ‘श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा…
Read More
थप ८ जनाको कोरोनाबाट  मृत्यु

थप ८ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५…
Read More
२४ घण्टामा देशभर थपिए ५२२ काेराेना संक्रमित, ५७८ जना डिस्चार्ज, ८ जनाको मृत्यु

२४ घण्टामा देशभर थपिए ५२२ काेराेना संक्रमित, ५७८ जना डिस्चार्ज, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा…
Read More
प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा ढुक्क छौं : नारायणकाजी श्रेष्ठ

प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा ढुक्क छौं : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा ढुक्क रहेको बताएका छन् । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफुहरु ढुक्क रहेको बताए । संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमति बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाई छ । सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उनले बताए । संविधानको धारा ७६ को कुनै पनि…
Read More
विमान चढेर भाग्न लागेकी पूर्व मिस इङल्याण्ड जारा विमानस्थलबाट पक्राउ

विमान चढेर भाग्न लागेकी पूर्व मिस इङल्याण्ड जारा विमानस्थलबाट पक्राउ

काठमाडौं । कोरोनाभाइरस सम्बन्धी नियम ताेडेकाे आराेपमा पूर्व मिस इङल्याण्ड जारा हल्याण्ड पक्राउ परेकी छिन् । डेलीमेलको समाचारअनुसार जारा आफू कोरोनाभाइरस संक्रमित भएको पुष्टि भइसकेपछि पनि आफ्ना ब्वाइफ्रेण्डको साथमा विमान चढेर बारबाडोसबाट भाग्ने प्रयासमा थिइन् । २५ वर्षकी जारा र उनका ३० वर्षका ब्वाइफ्रेण्ड एलियट लभलाई ग्रयान्टली इन्टरनेशनल एयरपोर्टबाट पक्राउ गरिएको हो । विमान चढेर भाग्न लागेकी जारामाथि कोरोनाभाइरस सम्बन्धी नियम तोडेको आरोपमा मुद्दा समेत चलाइएको छ । जारामाथि यो अपराधको लागि १८ हजार पाउण्ड जरिवाना लगाइन सक्छ । साथमा उनलाई एक वर्षको जेल सजाय पनि हुन सक्छ । जारालाई बुधबार अदालतमा पेश गरिँदैछ । रिपोर्टअनुसार यो जोडी गत हप्ता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.