Year: 2021

कोरोना संक्रमित नायिकाद्वारा एम्बुलेन्सबाट भाग्ने प्रयास

कोरोना संक्रमित नायिकाद्वारा एम्बुलेन्सबाट भाग्ने प्रयास

मुम्बई । अभिनेत्री बनिता सन्धु कोरोना संक्रमित भएकी छिन् । कोलकतामा रहेकी उनको गत सोमबार कोरोना टेष्ट भएको थियो । सोही क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी कोलकता फिल्म ‘कविता एन्ड टेरेसा’ सुटिङको लागि पुगेकी थिइन् । कोरोनाको कारण उनलाई कोलकाताको एक सरकारी अस्पतालमा लगिएको थियो । उनले त्यहाँ भर्ना हुन अस्वीकार गरेकी थिइन् । समाचारको अनुसार उनले एम्बुलेन्सबाट भाग्ने कोसिस समेत गरेकी छिन् । जसको कारण अस्पताल प्रसासनले राज्य सचिवालय र स्वास्थ्य विभागलाई समेत सूचना दिएका थिए । यसको जानकारी ब्रिटिश हाइकमीशनलाई समेत दिइएको थियो । मामल गम्भीर भएको कारण पुलिस प्रसासन समयमै पुगेको थियो । पुलिसको…
Read More
संविधानका संवाहकहरू नै संविधानकाे हत्या गर्न लागे : कमल थापा

संविधानका संवाहकहरू नै संविधानकाे हत्या गर्न लागे : कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने भएकाले अदालतलाई दवाव वा प्रभाव पार्ने काम गर्न नहुने बताएका छन् । बुधबार सामाजिक संजाल फेसबुक मार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताएका हुन् । साथै उनले अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुननहुने समेत बताएका छन् । अध्यक्ष थापाले समाजिक सञ्जालमा गरेकाे टिप्पणी यस्ताे छ । संसद विघटनको संबैधानिकताको परिक्षण अदालतले गर्नेछ।अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनुहुन्न। गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई स्पष्ट बहुमत दिएका हुन्।जनताको यो…
Read More
प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमा आजबाट निरन्तर सुनुवाइ

प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमा आजबाट निरन्तर सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा विघटनबिरुद्ध अधिवक्ता सन्तोष भण्डारीले संवैधानिक इजलास र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु कञ्नकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकराम सापकोटा, समृत खरेल, ज्ञानेन्द्रराज आरण, अमिता गौतम पौडेललगायतले ६ पुसमा अतिरिक्तमा रिट दिएका थिए । सत्तारूढ दल नेपाल कम्युनिस्ट पा्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले ७ पुसमा दिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रश्मशेर जबराले सबै रिटहरुलाई ८ पुसमा आफ्नो एकल इजलासमा राखेर १० पुसमा संवैधानिक इजलासमा तोकेका थिए । संवैधानिक इजलासमा ५ जना न्यायाधीशहरु रहने संवैधानिक प्रावधान छ । जसमा १० जना न्यायाधीशहरुको नाम थियो । प्रतिनिधिसभा विघटनविरुद्ध…
Read More
बेलायतका प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित

बेलायतका प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित

काठमाडाैं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री जोनसनले भारतीय समकक्षी नरेन्द्र माेदीलाई फोन गरी आफू पूर्व योजनाअनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गरेका समाचार संस्था एएफपीले जनाएको छ । प्रधानमन्त्री जाेनसनले बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकाले स्वास्थ्य सङ्कटका बेला आफू विदेश भ्रमणमा निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराएका समाचार संस्थाले बताएकाे छ । जोनसनले यसै वर्ष बेलायतमा आयोजना हुने अति विकसित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि देशका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो । अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन जी–७ मा…
Read More
सात किलो चरेससहित गोदावरीका एक होटेल सञ्चालक पक्राउ

सात किलो चरेससहित गोदावरीका एक होटेल सञ्चालक पक्राउ

कैलाली । कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नम्बर कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले निज धामीलाई पक्राउ गरेको बताइएको छ। धामीलाई मंगलबार लागुऔषध शीर्षक मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको जनाइएको छ। रासस
Read More
६९ डीएसपीको सरुवा (सूचीसहित)

६९ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार डिएसपीलाई सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ ।
Read More
मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सरकारले २०७८ साल वैशाख १७ र २७ गते सोमबार दुई चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा गरिसकेको छ । आयोगबाट उक्त निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरु भइसकेको छ । स्वीकृत कार्यक्रमअनुसार यही पुस २३ गतेदेखि जिल्लास्तरमा मतदानस्थल तथा…
Read More
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति जिनपिङको पुत्ला दहन

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति जिनपिङको पुत्ला दहन

दार्चुला । दार्चुलामा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेसको विचारसँग नजिक रहेको संस्था बिपी अध्ययन युवा सर्कल दार्चुलाले संसद विघटनको विरोधमा दार्चुला जिल्ला सदरमुकाम खलंगामा मंगलवार बेलुकी विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो । बिपी अध्ययन युवा सर्कल दार्चुलाका अध्यक्ष सुरज जोशीले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद बिघटन गरेको, चीनको इसारामा प्रधानमन्त्री चलेको, भ्रष्टाचार, अनियमितता, अधिनायकबाद र सर्बसत्तावाद ल्याउन खोजेको भन्दै प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति जिनपिङको पुत्ला दहन गरिएकाे बताए। प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको जति भर्त्सना गरेपनि कम हुने उनीहरुले बताएका थिए । उनीहरुले चिनियाँ इसारामा नै ओलीले…
Read More
भक्तपुर नगरपालिकाले माघ १ गतेदेखि पूर्ण रुपमा विद्यालय खुला गर्ने

भक्तपुर नगरपालिकाले माघ १ गतेदेखि पूर्ण रुपमा विद्यालय खुला गर्ने

काठमाडाैं । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा खुला गरिने भएकाे छ।नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको हो। जसअनुसार भक्तपुर नगरभित्रका विद्यालयहरुमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन हुने भएको छ। यसअघि नगरपालिकाले गत पुस १ गतेदेखि नगरका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८, ९ र १० सञ्चालन गर्ने अनुमति दिएको थियो। सो अनुमतिसँगै नगरभित्रका विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदै आएको छ। नगरपालिकाले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विभिन्न पेशागत सङ्घसंस्थाका प्रतिनिधिहरुसँगको छलफल र सो छलफलमा प्राप्त…
Read More
भारतीय विदेश मन्त्री जयशंकर श्रीलङ्का जाँदै

भारतीय विदेश मन्त्री जयशंकर श्रीलङ्का जाँदै

एजेन्सी । भारतका विदेश मामिला मन्त्री डा. एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जाने भएका छन् । उनी तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्ने भएका छन् । मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री जयशंकरले यही जनवरी ५-७ सातसम्म श्रीलङ्काका भ्रमण गर्नु हुनेभएको छ । भ्रमणका क्रममा उहाँले उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नुहुने छ ।” सन् २०२१ लागेपछिको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.