बेलायतका प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित

काठमाडाैं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री जोनसनले भारतीय समकक्षी नरेन्द्र माेदीलाई फोन गरी आफू पूर्व योजनाअनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

प्रधानमन्त्री जाेनसनले बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकाले स्वास्थ्य सङ्कटका बेला आफू विदेश भ्रमणमा निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराएका समाचार संस्थाले बताएकाे छ ।

जोनसनले यसै वर्ष बेलायतमा आयोजना हुने अति विकसित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि देशका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो ।

अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू : क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका देश विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।

बेलायतले युरोपेली सङ्घ (ईयू) को एकल बजारलाई छोडेको दिन डिसेम्बर ३१ पछि पर्ने जनवरी २६ को वार्षिक गणतन्त्र दिवस समारोहमा पर्ने भनिएको यो भ्रमणलाई जोनसनले ब्रेक्जिटपछि भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.