Year: 2021

एका बिहानै कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास

एका बिहानै कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर चोकमा एक अपरिचित पुरुषले पेस्तोल देखाएर लुटपाट प्रयास गरेका छन् । आइतबार बिहान सिन्धुलीको तीनपाटन घर भएका २५ वर्षीय युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरे । तर, युवराजको प्रतिवादपछि ३०–३२ बर्षका पेस्तोलधारी भागेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले एउटा पेस्तोल र एकराउण्ड गोली फेला परेको बताए । पेस्तोल र गोली महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । युवराजले पेस्तोलधारीले आफ्नो मोवाईल लुट्ने प्रयास गरेको प्रहरीलाई बताएका छन् । उनी भक्तपुरको राधेराधेमा बस्दै आएका थिए । ‘घट्नाबारे प्रारम्भिक अनुसन्धानको क्रममा छौँ’ डिएसपी विष्टले भने–‘शंकास्पदहरुलाई नियन्त्रणमा लिएर…
Read More
राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो । लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति…
Read More
अनेरास्ववियूको कार्यकर्ता भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

अनेरास्ववियूको कार्यकर्ता भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटीकाे भेलालाई सम्बाेधन गर्ने भएका छन् । अनेरास्ववियूले आज काठमाडाैंमा वृहत कार्यकर्ता भेलाको आयोजना गरेकाे छ । मध्यान्ह १२ बजे कार्की ब्याङकेटमा सुरु हुने भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । माइतीघर मण्डलामा भेला भई कार्की ब्याङकेट जाने उक्त भेलालाई अध्यक्ष ओलीलगायत अन्य शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता आरसि लामिछानेले जानकारी दिए ।
Read More
प्रचण्डलाई सरकार ढाल्ने बानी परेको छ : ऊर्जामन्त्री रायमाझी

प्रचण्डलाई सरकार ढाल्ने बानी परेको छ : ऊर्जामन्त्री रायमाझी

अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देशलाई अस्थिरतामा धकेलेकाे आराेप लगाएका छन् । प्रेस संगठन अर्घाखाँचीले आइतबार बिहान सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई असफल बनाउन प्रचण्ड–नेपाल सरकारबाहिर रहेका दलसँग गुहार माग्न गएको दावी गरे । नेकपामा अहिलेकाे अबस्था आउनुमा पनि प्रचण्ड र नेपाल नै मुख्य कारक रहेको बताएका छन् । उनीहरुको व्यवहारले नेकपामा ठूलो दुर्घटना भएको रायमाझीकाे भनाइ थियाे । विगतमा प्रचण्डले आफू नेतृत्वसहित आठवटा सरकार ढालेको जनाउँदै रायमाझीले अहिले ओली नेतृत्वको सरकार पनि ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए ।…
Read More
अस्पताल तोडफोड गरेकाे आराेमा १७ जना पक्राउ

अस्पताल तोडफोड गरेकाे आराेमा १७ जना पक्राउ

काठमाडौं । प्रहरीले अस्पताल ताेडफाेड गरेकाे आराेमा १७ जनालाई पक्राउ गरेकाे छ । काठमाडाैंकाे कीर्तिपुरमा रहेकाे मोडल अस्पतालमा तोडफोड गरेकाे भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे । प्रहरीले दिएकाे जानकारी अनुसार धादिङ घर भएकी एक नवजात शिशुको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार अहिले अस्पताल प्रशासन र परिवारबीच छलफल भइरहेकाे छ।
Read More
‘चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय’

‘चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय’

काठमाडौं । छिमेकी मुलुक चीनको एक टोली अनाैपचारिक रूपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलाउन काठमाडौंमा अझै सक्रिय रहेकाे भारतीय सञ्चार माध्यमले दाबी गरेकाे छ। भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने गरी टाेलीलाई परिचालित गरेका छन्। पत्रिकामा जनाएअनुसार तीन सदस्यीय टोली अझै काठमाडाैँमा रहेर नेकपा मिलाउने प्रयास गरिरहेका छन्। सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको समेत दाबी गरेको छ । उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’ नेपालको मामिला…
Read More
आन्दोलन छाडेर निर्वाचनकाे तयारीमा लाग्न मन्त्री गुरुङको आग्रह

आन्दोलन छाडेर निर्वाचनकाे तयारीमा लाग्न मन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आन्दोलन छाडेर चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् । शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले आन्दोलनरत दलहरुलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका हुन । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘सरकारले चुनावको तयारी गरिसकेको छ, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाको आशा नगरी चुनावको तयारीमा जुट्नुस ।’ सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विभिन्न दलहरुले संसद विघटन असंवैधानिक कदम भएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक स‌घर्ष गर्दै आएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.