बोगटान सडकको काम पुनः शुरु हुन्छ : वनमन्त्री
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताउनुभएको छ । वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन । राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्नुहुँदै उहाँले सो नानकारी दिनुभएको हो । उहाँले भन्नुभयो,“मन्त्रालयका कारण रुख काट्न नपाउदा काम रोकिएको भन्ने खबर मैले पाएँ, म सो विषयमा मन्त्रिपरिषद्मा फाइल लैजानेछु र काम सुचारु गराउछु ।” तीन दशकदेखि अलपत्र अवस्थामा परेको उक्त सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि रुख काट्न नपाउदा तथा कोरोना सङ्क्रमणका कारण काममा ढिलाइ हुँदै आएको थियो । विसं २०७५ फागुन ७ गते उक्त…