Year: 2021

संसद् पुनर्स्थापना हुन सक्दैन : प्रधानमन्त्री ओली

संसद् पुनर्स्थापना हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएका छन् । नेकपा ओली समूहको काठमाडौंमा आयोजित विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको बताए । यस्तै सभामुख र राष्ट्रपतिले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको संवैधानिक इजलासले सोधेको कारणको जवाफ दिएका छन् । सभामुख अग्नि सापकोटाले लिखित जवाफ दिँदै प्रधानमन्त्रीलाई त्यो अधिकार नभएको बताएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस १९ गतेभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई प्रतिनिधिसभा विघटनसँग सम्बन्धित कागजात बुझाउन र कारणबारे प्रष्ट…
Read More
थप ८ जनाको कोरोनाबाट मृत्यु

थप ८ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। नेपालमा आज थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ६३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार…
Read More
थप ४२१ जनामा काेराेना संक्रमण, ६३७ जना डिस्चार्ज

थप ४२१ जनामा काेराेना संक्रमण, ६३७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ६३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा…
Read More
पाकिस्तानमा ११ मजदुरको हत्या

पाकिस्तानमा ११ मजदुरको हत्या

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए । घटनामा परी घाइते भएका मजदुरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी गराइएको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको अधिकारहिरुले जनाएका छन् ।
Read More
संसद विघटनविरुद्ध कांग्रेसले गर्याे दोस्रो चरणको आन्दोलनकाे घोषणा

संसद विघटनविरुद्ध कांग्रेसले गर्याे दोस्रो चरणको आन्दोलनकाे घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनकाे घाेषणा गरेकाे छ । आइतबार बसेकाे कांग्रेस केन्द्रीय समिति बैठकले ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेकाे हाे । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको नेपाली कांग्रेसले जनाएकाे छ। दाेस्राे चरणकाे आन्दोलन गर्ने सहमतिसँगै शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् । दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ बजेपछिमात्रै सुरु भएको छ । बैठकमा नेताहरूले आ-आफ्नाे धारण राखी रहेका छन् ।
Read More
वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान…
Read More
संसद विघटनविरुद्ध २३ दल तथा संगठन सडकमा

संसद विघटनविरुद्ध २३ दल तथा संगठन सडकमा

काठमाडौं । संसद विघटनविरुद्ध विभिन्न २३ दल तथा संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । र्‍यालीका सहभागीहरूले प्रतिनिधिसभा तत्काल पुन:स्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् । उनीहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन उन्मुख भएको आरोपसमेत लगाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने बताएका थिए । उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर भएयताका हरेक सार्वजनिक र आन्तरिक भेलामा प्रतिनिधिसभा पुनःस्थापित नहुने ठोकुवा गर्दै आएका छन् ।
Read More
प्रधानमन्त्री ओलीकाे पक्षमा अनेरास्ववियूको प्रदर्शन

प्रधानमन्त्री ओलीकाे पक्षमा अनेरास्ववियूको प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केपी शर्मा ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । संसद विघटनपछि दुई खेमामा विभक्त बनेकाे नेकपाका ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको हाे । यसैबीच प्रधानमन्‍त्री तथा पार्टी अध्यक्ष ओलीको समर्थनमा उनीहरुले र्‍यालीसहितको प्रदर्शन गरेका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली काठमाडौंको माइतीघरमा रहेको कार्की ब्यांक्‍वेटको भेलालाई सम्बोधन गर्न पुगेका छन् ।
Read More
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या (२० देशका) ३१५ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा…
Read More
‘सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

‘सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

लहान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन लहान आइपुगेका उनले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेको आरोप लगाए । संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो । रासस
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.