Year: 2021

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत जाँदै

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन । आइतबार पेरिसडाँडामा बसेको नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका थिए । प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलिपल्ट प्रचण्ड–नेपाल समूहको आइतबार स्थायी कमिटी बैठक…
Read More
निर्देशक श्रेष्ठकाे फिल्ममा दोश्रो पटक अनुबन्धित भइन् एलिजा गौतम

निर्देशक श्रेष्ठकाे फिल्ममा दोश्रो पटक अनुबन्धित भइन् एलिजा गौतम

काठमाडाैं । निर्देशक दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्ममा नायिका एलिजा गौतम धमला अनुबन्धित भएकी छिन् । एलिजाले ‘अनुराग’पछि दोश्रो पटक निर्देशक श्रेष्ठको फिल्ममा अनुबन्धित भएकी हुन् । गएको साता मात्रै निर्देशक श्रेष्ठ र नायिका गौतमबिच फिल्म खेल्ने सम्झौता भएको थियाे । सामाजिक कथा भनिएको फिल्ममा एलिजाले भिन्न भूमिका निभाउने बताएकी छिन् । एलिजाको अपोजिटमा अभिनेता बिपिन कार्की रहने भनिएपनि सम्झौता भने भएकाे छैन ।
Read More
‘ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर मुलुकलाई नै आगोमा झोसे’

‘ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर मुलुकलाई नै आगोमा झोसे’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सडक–संघर्षबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने दाबी गरेका छन् । जसपानिकट युवा संघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरधाममा सम्बोधन गर्दै यादवले लामो संघर्षबाट प्राप्त उपलब्धिको सुरक्षाका लागि जसपाले कडा आन्दोलन गर्ने चेतावनी दिए । तर पछिल्लाे क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रतिनिधिसभा पुनर्स्थापना नहुने अडान लिइरहेका छन् । प्रधानमन्त्री ओलीको सनक र सत्तास्वार्थले संविधान, संघीयता, समावेशिता, गणतन्त्र संकटमा परेको उनको दाबी छ । उनले भने, ‘हुन त उनीहरूले नरुचाएर पनि मधेस आन्दोलनको बलमा मुलुक संघीय गणतान्त्रिक व्यवस्थामा गयो, त्यसकारण यसलाई जोगाउन र संरक्षण गर्न जसपा पछाडि पर्दैन ।’ ‘प्रधानमन्त्री ओलीबाट लोकतन्त्रणको हत्या हुँदा…
Read More
मूलधारकाे राजनीतिमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह

मूलधारकाे राजनीतिमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गरेका छन् । पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आज आयोजित विस्तारित बैठकमा उनले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गरे । परराष्ट्रमन्त्री ज्ञवालीले भने “केही साथीहरु बरालिनुभएको छ, गल्ती  र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।” उनले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वाेच्च अदालतले  दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला…
Read More
घुस काण्डमा थानकाेटबाट इन्सपेक्टर पक्राउ

घुस काण्डमा थानकाेटबाट इन्सपेक्टर पक्राउ

काठमाडाैं । घुस लिएकाे अभियाेगमा एक जना इन्सपेक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत थानकाेटमा कार्यरत प्रहरी इन्सपेक्टर गायत्री शर्मा रहेका छन् । उनले सवारी दुर्घटना मुद्दामा मिलापत्र गराउने भन्दै १५ हजार रूपैयाँ घुस लिएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ । पक्राउ परेका शर्मालाई महानगरीय प्रहरी कार्यालय रानीपाेखरीले निलम्बन गरिसकेकाे छ ।
Read More
संसद विघटनबिरूद्ध वडा तहसम्मै विरोध प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

संसद विघटनबिरूद्ध वडा तहसम्मै विरोध प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठक पछि कांग्रेसले एक विज्ञप्ती जारी गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेकाे जनाएकाे छ  । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भएकाे कांग्रेसले ठहर गरेकाे छ ।
Read More
श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालिमाटीले श्रीमती हत्या आरोपमा श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कालिमाटीस्थित क्लब मार्गमा बस्ने २३ वर्षीय सुरज परियार रहेका छन् । उनलाई २२ वर्षीया श्रीमती सुन्दास परियारको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सामान्य विवादका क्रममा श्रीमातीको हत्या गरेको पाइएको बोहोराले बताए । प्रहरीका अनुसार परियार यसअघि पनि ज्यान सम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
प्रचण्ड दम्पती भाेलि भारत जाँदै

प्रचण्ड दम्पती भाेलि भारत जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जाने भएका छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका हुन् । आइतबार पेरिसडाँडामा बसेको नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका थिए । मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित हुन नसक्ने दाहालले बताएको एक स्थायी कमिटी सदस्यले बताए । प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि…
Read More
महाकाली नदी मिचेर तटबन्ध बनाउँदै भारत

महाकाली नदी मिचेर तटबन्ध बनाउँदै भारत

दार्चुला । दार्चुलामा भारतले महाकाली नदी मिचेर पक्की तटबन्ध निर्माण गरिरहेको छ। दार्चुलाकाे सदरमुकाम खलंगाको सीमाक्षेत्रमा महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो । अहिले भारतकै धौँलीगंगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन्। बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धारचुलाबाट माइकिङ गरेर रोकेको थियो। सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो। भारतको अनुरोधपछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर…
Read More
‘नेकपा फुटाउन खुमलटारमा २८० बैठक’

‘नेकपा फुटाउन खुमलटारमा २८० बैठक’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पर्टी विभाजन गर्नका लागि ३ सय १५ बैठक बसेकाे बताएका छन् । आफूनिकट विद्यार्थीको भेलामा ओलीले पार्टी विभाजनका लागि पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले ३ सय १५ बैठक गरेको बताए । साथै उनले वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म ३ सय १५ बैठक बसेकामा २ सय ८० बैठक दाहाल निवास खुमलटारमा बसेको दावी गरे । बिहान बालुवाटारमा बसेर कहाँ कति बैठक बसेका रहेछन् भनेर गणना गर्दा उक्त संख्या पत्ता लागेको ‌ओलीको भनाइ थियो । उनले एक/दुई जनाका भेटलाई त्यसमा गणना नगरेको बताए । 'वैशाख १३ देखि पुस ४ सम्म…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.