त्रिभुवन विमानस्थलबाट ५० थान पेस्ताेलका गोलीसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर-२ का बद्रीहाङ राई पक्राउ परेका हुन्। एसएसपी राजेशनाथ बास्तोलालेका अनुसार राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन्। राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्राउ गरेकाे हाे ।