Year: 2021

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो । प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो रु १० सम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार आज प्रतिकिलो रु ६० देखि ६५ सम्ममा कारोबार भइरहेको छ । यसअघि पुस १५ गते प्रतिकिलो रु ६० देखि…
Read More
नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुन्छ : प्रधानमन्त्री ओली

नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम रुकुमको सोतीमा भएकाे ६ जनाको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुने बताएका छन् । प्रधानमन्त्री निवास बलुवाटारमा पीडितहरूसँग भएकाे भेटमा प्रधानमन्त्रीले देषीलाई कारबाही गर्ने कुरामा सरकारले कसैसँग मोलाइजा नगर्ने बताए । भेटमा मृतक छ जनाकै अभिभावक उपस्थित थिए । गत १० जेठमा अन्तरजातीय बिहेको नाउँमा भएको उक्त घटनामा नवराज विक र उनका पाँच जना साथीको हत्या भएको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन रहेको छ । हत्यामा संलग्न पक्राउ परेका ३४ जनामध्ये ६ जनालाई अदालतले थुनामुक्त गरेको छ । अन्य छ जनालाई छोड्ने विषयमा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सर्वोच्चसम्म आइपुगेको छ ।
Read More
प्रचण्ड-नेपाल समूहले गुरुङ र पाेखरेललाई प्रदेश इन्चार्जबाट हटायो

प्रचण्ड-नेपाल समूहले गुरुङ र पाेखरेललाई प्रदेश इन्चार्जबाट हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले गण्डकी र लुम्बिनी प्रदेशको इन्चार्जलाई हटाउने निर्णय गरेको छ। सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई हटाउने निर्णय गरेको हाे  । पोखरल र गुरुङको ठाउँमा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी पनि दिइएको नेकपा प्रचण्ड-नेपाल समूहका एक स्थायी कमिटी सदस्यले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । यस्तै प्रदेश कमिटी गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।
Read More
प्रचण्डले झुक्याएर मेराे हस्ताक्षर लिएर दुरूपयाेग गरे : मन्त्री साह

प्रचण्डले झुक्याएर मेराे हस्ताक्षर लिएर दुरूपयाेग गरे : मन्त्री साह

जनकपुरधाम । शहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले आफूलाई झुक्याएर हस्ताक्षर लिएको आरोप लगाएका छन् । जनकपुरमा भएकाे एक कार्यक्रममा मन्त्री साहले प्रचण्डलाई प्रश्न गर्दै भने 'तपाईले प्रभु साहसँग कुन महिनामा के भनेर सही गराउनु भएको थियो?’ । ‘दुई चोटी प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा समेत विकास गर्न नसक्ने देशमा कसरी विकास गर्ने?’ उनले प्रश्न गरे। उनले प्रचण्ड पदको लोभी रहेकोले माओवादी मुभमेन्ट (कम्युनिस्ट) आन्दोलनलाई प्रचण्डले नै बेचेको आरोप समेत लगाए। उनले भने, ‘प्रचण्डले मधेशलाई छुट्टै प्रदेश दिने भनेका थिए तर के गरे? युद्धकालमा भनेका थिए मेचीदेखि महाकालीसम्म मधेश दिन्छु तर के गरे? तपाईँहरुलाई जुठ बोल्ने नेता चाहियो वा साँचो…
Read More
नेपाल-भारत सीमा खोल्न माग गर्दै विरोध प्रदर्शन

नेपाल-भारत सीमा खोल्न माग गर्दै विरोध प्रदर्शन

परासी । जनता समाजवादी पार्टी (जसपा) नवलपरासीले नेपाल–भारत सीमाबन्दीको विरुद्धमा विरोध प्रदर्शन गरेकाे छ । काेराेना भाइरस(कोभिड–१९) को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै जसपाले विरोध प्रदर्शन गरेको हो । कोभिड–१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सीमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको छ । महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो। जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिरीको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा १ महेशपुर चोकबाट निकालिएको विरोध र्यालीमा नाका खोल्न र कोरोनाको भ्याक्सिन उप्लब्ध गराउनुपर्ने लगायतका माग राख्दै नारावाजी गरिएको थियो।
Read More
बच्चा जन्माउन चीनमा नेपालसहित यी पाँच देशबाट युवतीकाे तस्करी

बच्चा जन्माउन चीनमा नेपालसहित यी पाँच देशबाट युवतीकाे तस्करी

काठमाडाैँ । बच्चा जन्माउन चीनमा नेपालसहित विभिन्न पाँच देशबाट युवतीहरूकाे तस्करी भइरहेकाे छ। विभिन्न प्रलाेभन देखाइ नक्कली बिहे गर्दै चीनमा नेपाली युवतीहरूकाे तस्करी भइरहेकाे एक तथ्याङले देखाएकाे छ। नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह नै सक्रिय रहेकाे प्रहरीकाे तथ्याङले देखाएकाे छ। नेपाली र चिनियाँ दलालले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका युवतीलाई पैसा दिएर विवाह गरी चीनमा तस्करी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एक युवती विवाह गरेबापत काठमाडौंमा रहेका चिनियाँ दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार रुपैयाँसम्म लिएको तथ्य फेला परेको प्रहरी अधिकारीहरूकाे भनाइ छ। रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुऱ्याइएकी एक २०…
Read More
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

विराटनगर । छोरी बलात्कारको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेकाे हाे । पक्राउ परेकाे उनकाे नाम गाेप्य राखिएकाे छ । उनकाे परिचय खुलेपछि बलात्कृत किशाेरीकाे पनि परिचय खुल्ने भएपछि प्रहरीले उनकाे परिचय गाेप्य राखेकाे हाे । बलात्कारबाट बसेको गर्भ रहेपछि त्यही गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला उनी पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए । तर छोरीको अवस्था जटिल बनेपछि शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज पुगेकाे थिए । अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि…
Read More
बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा

बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा

चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा कालो झण्डा देखाइएकाे छ । नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न सोमबार गृहजिल्ला चितवन पुगेका गृहमन्त्री थापालाई नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो । पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् ।
Read More
प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, कमेडीले देश चल्दैन : रामकुमारी झाँक्री

प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, कमेडीले देश चल्दैन : रामकुमारी झाँक्री

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताइन् । ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’ झाँक्रीले भनिन्, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको उनको भनाइ थियो…
Read More
नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएकाे छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक जारी छ । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड साेमबार भारत गएका छन्। बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने एजेण्डा छ। साथै एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा रहेको नेताहरुले बताएका छन। विशेषगरी प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठकले ८ एजेण्डामा छलफल गर्ने बताइएकाे छ। 'माधव नेपाल अध्यक्ष भएपछि पहिलोपटक औपचारिक रुपमा पार्टी कार्यालयमा सुरु भएको बैठकले संसद विघटनबारे संघर्षका कार्यक्रम, केपी ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेश सभा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.