गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरू
पोखरा । गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रतिपक्षी दलहरूकाे मागअनुसार पहिलोपटक बाेलाइएकाे प्रदेश सभाकाे विशेष अधिवेशन दिउँसो १ बजे पोखरा सभागृहमा बस्नेछ । अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने छन् । सत्तारूढ दल नेकपाभित्रकाे केन्द्रिय विवाद पनि उठ्न सक्ने अनुमान गरिएकाे छ। गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् भने नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य रहेका छन् ।