ओलीको ‘तानाशाही प्रवृत्ति’ अब धेरै टिक्दैन : बिना मगर

कञ्चनपुर । निवर्तमान खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्ति जनताले चाडै परास्त गर्ने बताएकी छ।

नेपाल कम्युनिष्ट पार्टी बेलौरी नगरकमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद विघटन गराएको बताउँदै उनको तानाशाही प्रवृत्ति जनताले परास्त गर्ने बताइन ।

“प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन । मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ ।”

भेलालाई सम्बोधन गर्दै भनिन्, “जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराए यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन ।” उनले प्रधानमन्त्रीले जनतामाझ भ्रम छर्दै हिँडिरहेको समेत आरोप लगाएकी छिन।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.